राजनीति

नेपाली कांग्रेसका भ्रातृ सङ्गठन चलायमान बनाउन लाग्छु: महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका भ्रातृ सङ्गठन तथा शुभेच्छुुक संस्था चलायमान बनाउन आफू लाग्ने बताएका छन । इलाममा जिल्ला कार्य समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै आज उनले पार्टीको सबैभन्दा पहिलो जग नै भ्रातृ तथा शुभेच्छुक संस्था भएकाले यसलाई चलायमान बनाउनुपर्नेमा जोड दिए । केही शुभेच्छुक संस्थाको जिल्ला तथा केन्द्रीय महाधिवेशन भइसके पनि भ्रातृ सङ्गठनहरुको महाधिवेशन गराउन पार्टीले पहल गर्नुपर्ने उनको भनाइ छ । यसमा आफ्ना तर्फबाट आफू लाग्ने र आफ्नो ठाउँबाट सबै लाग्न जरुरी रहेको उनको… पुरा पढौ

कोशी प्रदेशका मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासको मत लिने

भदौ ४ मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले यही भदौ ४ गते सोमबार दिनको १ बजे विश्वासको मत लिने भएका छन् । प्रदेशसभाका उपसभामुख सिर्जना दनुवारले मुख्यमन्त्री थापालाई भदौ ४ गते दिनको १ बजे प्रदेशसभाबाट विश्वासको मत लिन सयम दिएको कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । मुख्यमन्त्री थापाले आज दिउँसो प्रदेशसभा सचिवालयमा नेपालको संविधानको धारा, १६८ को उपधारा (४) बमोजिम कोशी प्रदेशसभाबाट विश्वासको मत लिन भदौ ३ गते गतेको कार्य सूचीमा समावेश गर्ने गरी प्रदेशसभा नियमावली २०७४… पुरा पढौ

संसद्लाई बन्धक बनाउन मिल्दैन :रास्वपा सभापति लामिछाने

भदौ १ झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्लाई बन्धक बनाउन नमिल्ने बताएका छन् । झापाको बिर्तामोडमा आज आयोजित सभालाई सम्बोधन गर्दै उहाँले राजनीतिक खिचातानीका कारण सांसद अवरुद्ध गर्न नहुने बताए । “जनताका धेरै कुरा उठाउनुछ”, उनले भने, “चाँडोभन्दा चाँडो सदन खुलाउनुस् । सुन तस्करी प्रकरणको अनुसन्धानमा उच्चस्तरीय छानबिन आयोगको माग राखेर एमालेले लगातार संसद् अवरुद्ध गरिरहेको छ । अवरोधकै कारण सभामुख देवराज घिमिरेले साउन १० मा अघि सारेको कार्यसूचीमा संसद् प्रवेश गर्नै पाएको छैन ।” पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत… पुरा पढौ

मुलुकी संहिता प्रभावकारी कार्यान्वयन गरेर जानुपर्छ : प्रधानमन्त्री प्रचण्ड

भदौ १ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकी संहिताको प्रभावकारी कार्यान्वयन गरेर अघि बढनुपर्ने बताएका छन् । संहिता दिवस–२०८० का अवसरमा कानून, न्याय तथा संसदीय मामिलामन्त्रालयले प्रधानमन्त्री कार्यालयमा आज आयोजना गरेको कार्यक्रममा उनले मुलुकी संहितालगायत अन्य कानूनको प्रभावकारी कार्यान्वयन गरेर जानुपर्ने बताए । “देशमा सुशासन कायम गर्न कानूनको कार्यान्वयन जरुरी छ, कानूनको कार्यान्वयन सुशासनबाटै सम्भव छ”, प्रधानमन्त्री प्रचण्डले भने, “संहितालगायत सबै कानून कार्यान्वयन गरेर मुलुकमा सुशासन कायम गर्ने कार्यमा सहयोग गर्न आग्रह गर्दछु ।”उनले कतिपय कानून समयानुकूल संशोधन गर्दै… पुरा पढौ

प्राधिकरणको संलग्नतामा रणनीतिक महत्वका ठूला आयोजना अगाडि बढाउँछौँः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले योग्य र सक्षम जनशक्ति भएको नेपाल विद्युत् प्राधिकरणको संलग्नतामा केही रणनीतिक महत्वका ठूला आयोजना अगाडि बढाउने दृढता व्यक्त गरेका छन । उनले भने, “आगामी दिनमा एक हजार दुई सय मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त परियोजना तथा १० हजार आठ सय मेगावाट क्षमताको बहुआयमिक कर्णाली चिसापानीजस्ता ठूला जलविद्युत् आयोजनाको निर्माण अघि बढाउने सोच र योजना साथ सरकार अघि बढिरहेको अवस्था तपाईहरू सामु उजागर गर्न पाउँदा मलाई विशेष हर्ष र गर्वको अनुभूति भएको छ ।” नेपाल विद्युत् प्राधिकरणको… पुरा पढौ

गठबन्धन सरकार पूरा समय रहन्छ : अर्थमन्त्री महत

साउन ३२ सिरहा । अर्थमन्त्री डा प्रकाशशरण महतले अहिलेको कांग्रेस–माओवादीसहितको गठबन्धन सरकार पूरा समय रहने बताएका छन् ।आज सिरहाको गोलबजारमा नेपाली कांग्रसको जिल्लास्तरीय कार्यकर्ता भेलाको समापन समारोहमा उहाँले निर्वाचनमा पनि गठबन्धन बनाएर लडेकाले पूरा समय गठबन्धन सरकार चल्ने विश्वास व्यक्त गरे । “निर्वाचन अगाडि हामी एउटै गठबन्धन बनाएर लडेका थियौँ । बीचमा केही गडबड भयो । फेरि सँगसँगै आएका छाँै र सरकारले जनतामा उत्साह ल्याउने गरी राम्रो काम गरिरहेको छ”, मन्त्री महतले भन्नुभयो, “मलाई पूरा विश्वास छ, यो सरकारले पूरा… पुरा पढौ

‘जनतालाई सरकार विहीन छु भन्ने अवस्था आउन दिने छैन’ : मुख्यमन्त्री पाण्डे

साउन ३२ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनतालाई सरकारविहीन छु भन्ने अवस्था आउन नदिने प्रतिबद्धता जनाएका छन् । गण्डकी प्रदेश सभामा ‘बाढीपहिरोले पु¥याएको क्षेती सम्बन्धि जरुरी सार्वजनिक महत्वको प्रस्ताव’माथिको छलफलमा प्रदेश सभा सदस्यहरुले उठाएका प्रश्नहरुको विहीबार जवाफ दिने क्रममा मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशका जनतलाई सरकारविहीन छु भन्ने अवस्था आउन नदिने प्रतिबद्धता जनाएका हुन् । प्रदेशबासीको हर समस्याको समाधानका लागि सरकार लागिरहेको भन्दै उनले भने,‘सरकार छैन, म एक्लो छु । वा जनतालाई सरकार विहीन छु भन्ने अवस्था आउन दिने… पुरा पढौ

‘हेलिकोप्टर चढेर जाने खर्चले बाढी पीडितलाई आवश्यक सामान किनेर पठाएँ’

पोखरा, साउन ३२ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनतालाई सरकारविहीन छु भन्ने अवस्था आउन नदिने प्रतिबद्धता जनाएका छन् । गण्डकी प्रदेश सभामा ‘बाढीपहिरोले पु¥याएको क्षेती सम्बन्धि जरुरी सार्वजनिक महत्वको प्रस्ताव’माथिको छलफलमा प्रदेश सभा सदस्यहरुले उठाएका प्रश्नहरुको विहीबार जवाफ दिने क्रममा मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशका जनतलाई सरकारविहीन छु भन्ने अवस्था आउन नदिने प्रतिबद्धता जनाएका हुन् । प्रदेशबासीको हर समस्याको समाधानका लागि सरकार लागिरहेको भन्दै उनले भने,‘सरकार छैन, म एक्लो छु । वा जनतालाई सरकार विहीन छु भन्ने अवस्था आउन दिने छैन… पुरा पढौ

गण्डकी प्रदेशसभा बैठक: बाढीपहिरो पीडितलाई राहत उपलब्घ गराउन माग

गण्डकी प्रदेशसभाको आजको बैठकको शून्य समयमा सदस्यले बाढीपहिरोका प्रकोप एवम् विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन । बैठकमा प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले कुश्मीसेरादेखि बरेङसम्मको सडकखण्डमा पहिरोका कारण निर्माण सम्पन्न भइसकेका ठाउँमा पनि थप भत्कने गरेको जनाउँदै ती स्थान संरक्षण गर्नुपर्ने देखिएको बताए। ती स्थानको संरक्षणका लागि सम्बन्धित कार्यालयमा सम्पर्क गर्दा अहिले अख्तियारी आइनसेका कारण तत्काल मर्मत गर्न नसकिने जानकारी आएको र तत्काल बाधा अड्काउ फुकाउ गरी गरी उचित प्रबन्ध आवश्यक भएको उनले बताए । सदस्य दमयन्ती रुचालले बैंक, वित्तीय… पुरा पढौ

राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता गरेका हुन । भेटमा उनीहरुका बीचमा समसामयिक राजनीति र संसद्को गतिरोधबारे छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। उनका अनुसार भेटमा राष्ट्रपति पौडेलले संसद् बैठक अवरुद्धहुँदा जनतामा निराशा बढ्ने र संसद्प्रति नै जनतामा नकारात्मक प्रभाव पर्ने भएकाले गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गराएको जनाइएको छ । राष्ट्रपति पौडेलले सत्ता र प्रतिपक्षलगायत संसद्मा रहेका सबै दलबीच विश्वासको वातावरण सिर्जना गरेर अघि बढ्न सुझाव… पुरा पढौ