राजनीति

प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरसबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा जारी संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली २०२३ सम्मेलनका क्रममा उनीहरूबीच भेटवार्ता भएको हो । सो सम्मेलनमा सम्बोधनपछि प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा स्थानीय समयअनुसार आज दिउँसो साढे १ बजे महासचिव गुटेरसको भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा पर्यावरण, खाद्य सुरक्षा र नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको सम्बन्धलाई अझ मजबुत बनाउनेबारे छलफल भएको बताइएको… पुरा पढौ

धार्मिक पर्यटनबाट विकास सम्भव : मुख्यमन्त्री पाण्डे

साउन ८ तनहुँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले धार्मिकस्थललाई पर्यटनसँग जोडेर विकास गर्नुपर्ने बताएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ स्थित मुक्तिनाथ च्यवनधाममा आजदेखि सुरु भएको बोलबम धार्मिक महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले धार्मिकस्थललाई पर्यटनसँग जोड्न सकिए विकास सम्भव रहेको उल्लेख गरे । गण्डकी प्रदेश धार्मिक पर्यटनमा धनी रहेकाले धार्मिक पर्यटनको विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने उनको भनाइ छ । मुक्तिनाथ च्वयनधाम पछिल्लो समय धार्मिक पर्यटकीयस्थलका रूपमा विकास भइरहेकाले यसको आवश्यक पूर्वाधार विकासका लागि सरकार सकारात्मक रहेको मुख्यमन्त्री पाण्डेले… पुरा पढौ

आत्मनिर्भरता बढाउन आयातमा बढी कर : अर्थमन्त्री महत

काठमाण्डौं । अर्थमन्त्री डा प्रकाशशरण महतले आत्मनिर्भरता बढाउन आलु प्याजलगायतमा कर बढाएको बताएका छन् । नेपाली कांग्रेस रूपन्देही क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिले भैरहवामा आयोजना गरेको कार्यक्रममा उनले अत्यावश्यक वस्तुहरूमा आत्मनिर्भरता बढाउनका लागि यस्ता वस्तुको आयातमा कर बढाइने बताए । कृषिमा आधारित देश भए पनि कृषि उत्पादन नभएको बताउँदै उनले देशको उत्पादन बढाउने उद्देश्यसहित मूल्य अभिवृद्धि कर लागु गरिएको जानकारी दिए । “कृषिलाई उत्पादनमुखी बनाउने र कृषि उत्पादन बढाउने उद्देश्य राखी देशमा आयात हुने वस्तुमा मूल्य अभिवृद्धि कर लगाएका… पुरा पढौ

कांग्रेसले गरेका राम्रा काम जनतालाई बुझाउनुपर्छ : महामन्त्री शर्मा

काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले गरेका राम्रा काम जनतालाई बुझाएर अघि बढ्नुपर्ने बताएका छन् । यही साउन २ गतेदेखि जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आज उनले बैठकमा उठेका प्रश्नको जवाफ दिँदै कांग्रेसले लिएका नीतिका कारण मुलुकमा बृहत् परिवर्तन सम्भव भएको उल्लेख गरे । कांग्रेसले बैठक लाइभ गरेपछि यसको आकर्षण अन्य दलमा पनि पर्ने बताउँदै महामन्त्री शर्माले कांग्रेस बैठकमा सात दिनसम्म संसद्मा भएको जस्तै छलफल भएको बताए । बैठकमा अन्य दलको बारेमा नबोल्नु भनी आएको प्रश्नका सम्बन्धमा उहाँले… पुरा पढौ

एमाले गण्डकी प्रदेश कमिटीको अन्तरक्रीया बैठक

पोखरा । ने क पा (एमाले ) गण्डकी प्रदेश कमिटीले कास्की जिल्ला बाट प्रतिनिधित्व गर्ने प्रदेश सचिबालय सदस्य तथा सदस्यहरू संग अन्तरक्रीया बैठक सम्पन्न गरेको छ। बैठकमा ने.क.पा.(एमाले) का सचिब एबम गण्डकी प्रदेश कमिटीका इन्चार्ज गोकर्ण बिष्टले नयाँ चुनौती र जिम्मेवारीलाई सामना गर्न यथार्थमा मैदानमा उत्रनु पर्ने भन्दै परिणाम निस्कने गरि पार्टी काममा लाग्न सबै प्रदेश कमिटीका सदस्यहरूलाइ आग्रह गरे। पूर्ब मन्त्री समेत रहेका सचिब बिष्टले एमाले सरकारका योजना र प्रदेश तथा स्थानिय तहका जनप्रतिनिधिहरूले गरेका कामको प्रभाबकारी प्रचार र… पुरा पढौ

नेकपा एसका अध्यक्ष नेपाल इन्डोनेसिया प्रस्थान

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवाद) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल त्रिदेशीय भ्रमणका क्रममा आइतबार राति करिब १२ बजे इन्डोनेसिया प्रस्थान गरेका हुन । अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीको बैठकमा सहभागी हुन गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी त्यसतर्फ प्रस्थान गरेका हुन । कम्युनिष्ट पार्टीहरुको बैठकमा सहभागी मुलुकका नेताले आ-आफ्नो मुलुकमा कम्युनिष्ट सिद्धान्तको अवस्था, देश विकासमा त्यसको प्रभाव र योगदानबारे छलफल गर्ने छन् । बैठकमा सहभागी भएर अध्यक्ष नेपाल सिङ्गापुर र मलेसिया जाने कार्यक्रम छ । पाँच दिने भ्रमणमा उनले तीनवटै मुलुकका शीर्ष… पुरा पढौ

गण्डकी प्रदेश दोस्रो पञ्चवर्षीय योजना: रोजगार वृद्धिलाई प्राथमिकता

गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजना निर्माणका लागि गण्डकी प्रदेश नीति तथा योजना आयोगले तयारी सुरु गरेको छ । आवधिक योजनाको अवधारणापत्र तर्जुमाका लागि सुझाव सङ्कलनको काम भइरहेको आयोगले जनाएको छ । “पहिलो पञ्चवर्षीय योजनाको समीक्षा गर्दै दोस्रो योजना निर्माणको तयारीमा जुटेका छौँ”, आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले भने, “पहिलो चरणमा केही स्थानीय तहका प्रमुखसँग छलफल गरिएको छ, प्रदेशका ११ वटै जिल्लामा पुगेर योजनाबारे सुझाव लिन्छौँ ।” आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, प्रदेश सरकारका मन्त्री, सचिव, विषय विज्ञलगायत सरोकार भएका… पुरा पढौ

राष्ट्रपतिसँग चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेताको शिष्टाचार भेट

काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका राजनीतिक ब्यूरो सदस्य युआन च्या च्युनले शिष्टाचार भेटवार्ता गरेका छन् । तीन दिने नेपाल भ्रमणमा आएका युआनले राष्ट्रपति पौडेलसँग आइतबार राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । सो अवसरमा दुईपक्षीय हित तथा पारस्परिक सम्बन्ध मजबुत बनाउने विषयमा छलफल भएको राष्ट्रपतिका परराष्ट्र विज्ञ डा सुरेश चालिसे जानकारी दिए । भेटवार्तामा राष्ट्रपति पौडेलले एतिहासिक कालदेखि नै नेपाल र चीन असल छिमेकी रहेको र यस प्रकारका उच्च तहको भ्रमणले… पुरा पढौ

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ नेता युआनबीच संवाद

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ नेता युआन च्या च्युनबीच भर्चुअल संवाद भएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ नेता च्या च्युनसँग इटलीको भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले आज भर्चुअल संवाद गरेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार च्या च्युन र प्रधानमन्त्री प्रचण्डबीच आज दिउँसो ४ बजे भर्चुअल माध्यमद्वारा छलफल भएको हो । संवाद क्रममा प्रधानमन्त्रीले चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलको नेतृत्व गरेर नेपाल भ्रमणमा रहेका च्या च्युनलाई न्यानो स्वागत गरे । भेटमा दुई देशको आपसी हितका विषयमा छलफल भएको थियो… पुरा पढौ

देशको आर्थिक समृद्धिका लागि बाह्य सहयोग महत्त्वपूर्ण : उपराष्ट्रपति यादव

काठमाण्डौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले आर्थिक समृद्धिको यात्रामा अग्रसर रहेको नेपालका लागि बाह्य सहयोग महत्त्वपूर्ण हुने बताका छन् । अवैतनिक वाणिज्य दूतहरूको सङ्गठन अनररी कन्सुलर कप्र्स नेपालको १६औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले देशको आर्थिक विकासमा बाह्य सहायता जुटाउन सङ्घका पदाधिकारीहरूलाई आह्वान गरे । मैत्री सम्बन्ध स्थापित भएका सबै राष्ट्रसँग सुमधुर र शान्तिपूर्ण सम्बन्ध बनाइराख्नु आजको आवश्यकता रहेको उनको भनाइ थियो । चार्टर डे २०२३ को समेत उद्घाटन गर्दै उपराष्ट्रपति यादवले कन्सुलरले नेपालको दौत्य सम्बन्ध रहेका तर आवासीय दूतावास नभएका… पुरा पढौ