राजनीति

गण्डकी प्रदेशद्वारा ५० लाख बढिको विपद् सामाग्री हस्तान्तरण

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद हुने जनधनको क्षती न्यूनिकरण गर्न, उद्धार, उपचार, राहतका सबालमा विषेश ध्यान दिन निर्देशन दिएका छन् । बिहीबार आयोजित प्रदेश विपद् ब्यवस्थापन परिषद्को बैठकमा बोल्दै उनले भने ‘हामीले सर्वसाधारण नागरिकको सेवा सँधै गर्नु नै पर्छ, दुःख परेका बेला सहयोगको आशा अझै धेरै हुन्छ, जनतासँग प्रदेश सरकार छ भन्ने महशुस हुने गरी हामीले काम गर्नुपर्छ ।’ प्रदेश सरकारसँग भएको साधन स्रोतको अधिकतम उपयोग गरेर सुरक्षा निकायको परिचालन र स्थानीय तहसँगको सहकार्यमा काम गर्न उनले… पुरा पढौ

फेवातालको अवैध संरचना महानगरले नहटाए आफैले डोजर चलाउने वाईसिएलको चेतावनी

पोखरा, जेठ ७ योङ कम्युनिष्ट लिग (वाईसिएल) कास्कीले प्रमुख पर्यटकीय स्थल पोखराको फेवाताल अतिक्रमण गरेर बनाईएका अवैध संरचना हटाउन पोखरा महानगरपालिकालाई दुई महिनाको अल्टिमेटम दिएको छ । वाईसिएल कास्की संयोजक एंगेल्स कार्की र सचिव रामचन्द्र पौडेलले विहीबार संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै सर्वोच्च अदालतले फेवाताल संरक्षण गर्न दिएको आदेशको स्वागत गर्दै सो आदेश कार्यान्वयन गर्न दुई महिनाको अल्टिमेटम दिएका हुन् । सर्वोच्च अदालतले फेवातालको मापदण्ड घटाउने पोखरा महानगरपालिकाको निर्णय खारेज गर्नुका साथै फेवातालको जलाधार क्षेत्रमा रहेका अवैध संरचना हटाउन गत… पुरा पढौ

फेवाताल संरक्षणमा सर्वोच्चको आदेश पोखरा महानगरको लागि चुनौति कि अवसर ?

पोखरा, असार ६ सर्वोच्च अदालतको यसअघिको आदेश कार्यान्वयन भएको भए अहिले फेवाताल संरक्षण भइसकेको हुन्थ्यो । फेवाताल जलाधार क्षेत्रको संरक्षणसँगै त्यहाँ रहेका अवैध संरचना भत्किसकेको हुन्थ्यो । किनकी सर्वोच्च अदालतले २०७५ साल बैशाख १६ गते फेवातालको सिमाङ्कन, नक्साङ्न र सौन्दर्यकरण गर्न संघ, प्रदेश र स्थानिय तहलाई निर्देशनात्मक आदेश गरेको थियो । विश्वप्रकाश लामिछाने नेतृत्वको तत्कालीन फेवातालको मापदण्ड निर्धारण तथा संरक्षण सुझाव समितिको प्रतिवेदनलाई आधार मानेर सर्वोच्च अदालतले ६ महिना भित्र फेवातालको सिमाङ्कन गरी चार किल्ला निर्धारण गरी नक्साङ्कन गर्न र… पुरा पढौ

माओवादीले बोलायो केन्द्रीय समिति बैठक, के छन् एजेण्डा र ?

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । यही असार २३ गतेदेखि राजधानीको प्रज्ञा–प्रतिष्ठानमा बस्ने गरी बैठक बोलाइएको छ । बैठकमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, आयोगका सदस्य र प्रदेशका पदाधिकारी गरी करिब सात सय सहभागी हुने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । केन्द्रीय सदस्य तीन सय ८६ र वैकल्पिक केन्द्रीय सदस्य दुई सय दुई गरी माओवादीको केन्द्रीय समिति पाँच सय ८८ सदस्यीय रहेको छ । माओवादीमा तीन आयोग, सात भौगोलिक र तीन गैरभौगोलिक… पुरा पढौ

खोजी र उद्धार गर्न प्रभावकारी संयन्त्र तयार छ- गृहमन्त्री श्रेष्ठ

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढीपहिरोलगायत विपद्का घटनापछिको खोजी, उद्धार र राहतकार्य तत्काल प्रभावकारी हुने गरी संयन्त्र तयार गरिएको बताएका छन् । राष्ट्रियसभाको दीगो विकास तथा सुशासन समितिको आजको बैठकमा उनले आवश्यक पूर्वतयारी गरेका कारण विपद्पछि उद्धार, खोजी र राहत कार्यलाई व्यवस्थितरुपमा सम्बोधन गर्न सकिएको जानकारी दिए । गृहमन्त्री श्रेष्ठले भने, “विपद्का घटनामा तत्काल उद्धारकार्यका लागि तालिम प्राप्त जनशक्ति तयारी अवस्थामा रहनुका साथै कमाण्ड पोष्टसमेत गठन गरिएको छ, त्यससम्बन्धी राष्ट्रिय कार्ययोजना पनि निर्माण गरिएको छ ।” थुप्रै सम्भावनाका बीचमा पनि… पुरा पढौ

‘शून्य समयमा राखिएका कुरा पूरा भएन’: गण्डकी प्रदेशसभा वैठक

गण्डकी प्रदेशसभाको आजको वैठकको शून्य समयमा सदस्यले समसामयिक विषयमा सरकार तथा प्रदेशसभाको ध्यानाकर्षण गराएका छन् । बैठकमा सदस्यले बाढीलगायतका विपत्ति, मलबीउको अभाव लगायतमा प्रदेश सरकारको ध्यानार्षण गराउनुभएको हो । बैठकमा प्रदेशसभा सदस्य श्यामराजा महतले तनहुँको शुक्लागण्डकीको दुलेगौँडाबाट साँखेसम्मको बाटो बाढीपहिरोका कारण चारपाँच ठाउँमा भत्केपनि सफा नगर्दा आवतजावतमा समस्या भएको बताए । प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले यसअघि शून्य समयमा पटक–पटक म्याग्दी जिल्ला अस्पताल अलपत्र, बेनी जोमसोम सडक निर्माणमा ढिलाइ, मल बीउको अभाव लगायतका कुरा उठाउने गरेपनि त्यसको आजसम्म कुनै जवाफ नआएको… पुरा पढौ

‘उज्यालो गण्डकी प्रदेश’ घोषणा हुने

गण्डकी प्रदेशलाई आर्थिक वर्ष २०८०/८१ मा ‘उज्यालो गण्डकी प्रदेश’ घोषणा गरिने भएको छ । सरकारको आव २०८०/८१ को बजेटमा गण्डकी प्रदेशभर विद्युतीकरण र वैकल्पिक कर्जाको विस्तार गरी यसै वर्ष ‘उज्यालो गण्डकी प्रदेश’ घोषणा गरिने उल्लेख छ । बिजुलीबाट वञ्चित प्रदेशभित्रका बाँकी घरधुरीमा सौर्य उर्जा जडान गर्न आवश्यक बजेट विनियोजन गरिएको अर्थमन्त्री जीतप्रकाश आलेले बताए । क्षतिग्रस्त लघु जलविद्युत् आयोजनाको मर्मतसम्भार तथा निर्माण गरी लघु जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा आबद्ध गर्न रु. एक करोड ७५ लाख विनियोजन… पुरा पढौ

प्रधानमन्त्री दाहाल र विप्लवबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका महासचिव नेत्रविक्रम चन्दबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा समाजवादी मोर्चा नेपाल घोषणापछिको अवस्था र मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्रीका स्वकीय सचिव गङ्गा दाहालका अनुसार समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने र माओवादी आन्दोलनको उपलब्धिको रक्षा तथा पार्टी एकताबारे दुई शीर्ष नेताबीच गम्भीर छलफल भएको हो । रासस पुरा पढौ

पूर्व बैंकर अनिल केशरी शाह रास्वपामा

पूर्व बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । रास्वपाको आज बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा पार्टी सभापति रवि लामिछानेले शाहलाई पार्टीको लोगो लगाइदिँदै पार्टीमा स्वागत गरेका हुन् । पुरा पढौ

रास्वपाको संयुक्त बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बसेको छ । पार्टीको स्थापना दिवसको सन्दर्भमा आज बालाजुस्थित केन्द्रीय कार्यालयमा संयुक्त बैठक बसिरहेको पार्टीको केन्द्रीय सदस्य प्रतिभा रावलले जानकारी दिए । संयुक्त बैठकपछि पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ । दिवसका अवसरमा आज विभिन्न राजनीतिक दल तथा पदाधिकारीसँगको छलफलको कार्यक्रमसमेत रहेको उनले बताए । रासस पुरा पढौ