राजनीति

जसपाको विधान अधिवेशन आगामी चैतमा

जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नोे विधान अधिवेशन आगामी चैतमा गर्ने भएको छ । बालकुमारीस्थित पार्टी कार्यालयमा आइतबारदेखि सुरु भएको कार्यकारिणी समितिको बैठकले विधान अधिवेशन चैतको २७, २८ र २९ गते गर्ने निर्णय गरेको हो । पछिल्लो राजनीतिक अवस्था, राष्ट्रपति, उपराष्ट्रपतिको चुनाव, विधान अधिवेशन, विभिन्न पार्टीसँग भइरहेको एकीकरणलगायतको विषयमा छलफल गर्नका लागि जसपाले आफ्नो कार्यकारिणी समितिको बैठक बसेको हो । उक्त बैठकमा पार्टीका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा गठन भएको विधान संशोधन मस्यौदा समितिले आफ्नो काम गरिरहेको र उक्त समितिले अधिवेशनअघि… पुरा पढौ

राष्ट्रपतिका विषयमा सहमति भएको छैन : उपाध्यक्ष सापकोटा

काठमाण्डौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमतिका आधारमा निर्माण गर्नुपर्ने बताएका छन् । प्रेस सेन्टर सिन्धुलीले आज दिउँसो सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले राष्ट्रिय सहमति विना राष्ट्रपति चयन हुन नसक्ने बताए । राष्ट्रपति कुन दल वा व्यक्तिलाई हो भनी हालसम्म कहीँ कसैसँग सहमति नभएको र राष्ट्रिय सहमतिबाटै राष्ट्रपति चयन हुनुपर्ने पार्टीको आधिकारिक धारणा रहेको जानकारी दिए । परिस्थिति जटिल, पेचिलो बन्दै गएको र सहमतिबाटै राष्ट्रपति चयन गर्न अध्यक्ष एवं… पुरा पढौ

अबको राष्ट्रपति कांग्रेसबाट बन्नुहुन्छ : महामन्त्री शर्मा

सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले अबको राष्ट्रपति कांग्रेसबाट बन्ने बताएका छन् । नेपाली कांग्रेस सुर्खेतले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री शर्माले कांग्रेस उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुने दाबी गरे । उनले भने, “राष्ट्रपति कांग्रेसले उमेदवार बनाएको व्यक्ति बन्नुहुन्छ, त्यसमा कुनै शङ्का छैन ।”महामन्त्री शर्माले संविधानको संरक्षक र कार्यान्वयनको जिम्मेवारीका रुपमा रहेको राष्ट्रपति पद ठूलो पार्टीको हैसियतले कांग्रेसले पाउनु स्वभाविक रहेको बताए । पहिलो दल कांग्रेसले सरकार गठन गर्नुपर्ने भए पनि केही त्रुटीका कारण बाहिर बस्नुपरेको उल्लेख… पुरा पढौ

राष्ट्रपतिको चुनावपछि अग्रगमन पक्षधरको ध्रुविकरण हुन्छ : अध्यक्ष नेपाल

काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिको चुनावपछि अग्रगमन पक्षधरको ध्रुविकरण हुने बताएका छन् । पार्टी निकट अनेरास्ववियुको स्थायी कमिटीको दोस्रो बैठकको आज उद्घाटन गर्दै अध्यक्ष नेपालले विगतमा संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि एकताबद्ध भएका शक्तिबीच छलफल गरी राष्ट्रपतिको साझा उम्मेदवार प्रस्ताव गरिने हुँदा मुलुकमा नयाँ धु्रविकरणको वातावरण बन्ने बताए । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले अबका केही साताभित्र सत्तारुढ गठबन्धनको भविष्य टुङ्गो लाग्ने बताउँदै गठबन्धन भत्किएपछि उत्पन्न हुने नयाँ राजनीतिक परिस्थितिले अग्रगमन पक्षलाई पुनः… पुरा पढौ

गणतन्त्र र संविधान आत्मसाथ नगर्ने पूर्व राजा ज्ञानेन्द्र शाहको स्टेटमेन्टको कुनै औचित्य छैन : गुरुङ

पोखरा, फागुन ७ नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले पूर्व राजा ज्ञानेन्द्र शाहको स्टेटमेन्टको कुनै अर्थ र औचित्य नभएको टिप्पणी गरेका छन् । प्रेस सेन्टर नेपाल कास्कीले आईतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले गणतन्त्र र संविधानलाई आत्मसाथ नगरेका पूर्व राजा ज्ञानेन्द्रको स्टेटमेन्टको कुनै अर्थ र औचित्य नभएको बताएका हुन् । प्रजातन्त्र दिवसको अघिल्लो दिन साँझ पूर्व राजा ज्ञानेन्द्रले राष्ट्रियता र स्वाधिनताको रक्षाका लागि दलहरु र राजसंस्थाबीच सहकार्य आवश्यक रहेको बताएका थिए । सोहि विषयमा पत्रकारहरुले राखेको जिज्ञासामा उनले… पुरा पढौ

सबैलाई स्वीकार्य व्यक्ति नै राष्ट्रपति : गुरुङ

पोखरा, फागुन ७ नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सबैलाई स्वीकार्य व्यक्ति नै राष्ट्रपति हुने बताएका छन् । प्रेस सेन्टर नेपाल कास्कीले आईतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सबै दललाई स्वीकार्य व्यक्ति नै राष्ट्रपति हुने बताएका हुन् । तर त्यस्तो व्यक्ति पछिल्लो परिवर्तन, गणतन्त्र, धर्मनिरपेक्षता र संविधानप्रति प्रतिबद्ध हुनुपर्ने उनको भनाई थियो । महासचिव गुरुङले मुलुकको अस्मितामाथि गम्भीर संकट सिर्जना हुनसक्ने खतरा रहेकाले त्यसबाट जोगिनपनि साझा राष्ट्रपति आवश्यक रहेकोमा जोड दिए । दलको कार्यकर्ता राष्ट्रपति हुँदा हिजोका… पुरा पढौ

उपनिर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौ । आगामी वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले सूचना जारी गर्दै फागुन १० देखि फागुन १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो । सूचनामा २०७९ फागुन ५ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दललाई दर्ता गर्न भनिएको छ । नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम २०७९ फागुन १ देखि फागुन १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दलसम्बन्धी नियमावली,… पुरा पढौ

फागुन ७ गते ऐतिहासिक महत्वको दिन हो :प्रधानमन्त्री

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन ७ गते नेपाल र नेपाली जनताका निम्ति ऐतिहासिक महत्वको दिन भएको बताए । राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ का अवसरमा आज यहाँ आयोजित विशेष समारोहमा प्रधानमन्त्री दाहालले आजभन्दा ७३ वर्ष अगाडि हाम्रा पुर्खाले प्रजातान्त्रिक अधिकारका निम्ति जीवनमरणको सङ्घर्षमार्फत जहानियाँ निरङ्कुश व्यवस्थामाथि विजय हासिल गरेको उल्लेख गरे । प्रधानमन्त्री दाहालले यस ऐतिहासिक अवसरमा ती सबै आन्दोलनप्रति उच्च सम्मान व्यक्त गर्दै समाजवादोन्मुख राज्यको आधार तयार पार्ने राष्ट्रिय कार्यभारमा एकजुट भएर लाग्न सम्पूर्ण जनसमुदायमा अपिल गरे ।… पुरा पढौ

राष्ट्रपतिद्वारा पशुपतिनाथ मन्दिरमा पूजा आराधना

काठमाण्डौं । महाशिवरात्रिको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गरेकी छन् । पूजा आराधनापछि पशुपतिनाथ मन्दिरका मूल भट्ट गणेश भट्टबाट राष्ट्रपति भण्डारीले प्रसाद ग्रहण गरेकी हुन् । यसअघि राष्ट्रपति भण्डारी पशुपतिनाथ मन्दिर प्राङ्गणमा आउँदा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, कोषका सदस्यसचिव डा मिलनकुमार थापा, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, परिषद्का सदस्यहरू, कार्यकारी निर्देशकलगायतका कर्मचारीले स्वागत गरेका थिए । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने परम्परा… पुरा पढौ

भनसुन गर्न आउने कर्मचारीको जागिर नै धरापमा पारिदिने उप–प्रधानमन्त्री श्रेष्ठको चेतावनी

पोखरा, फागुन ५ उप–प्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले समृद्धिको गति बढाउन निर्देशन दिएका छन् । शुक्रबार पोखरा आएका मन्त्री श्रेष्ठले समृद्धिको गति धिमा भएको भन्दै यसको गति बढाउन सडक कार्यालयका कर्मचारीलाई निर्देशन दिएका हुन् । राज्य र समाजले विकास र समृद्धि खोजेको भन्दै उनले भने,‘ तर समृद्धिको गति धिमा छ । यहि तरिकाले जनताको समृद्धिको आकांक्षा पूरा हुँदैन । त्यसले फड्को मार्नेगरी काम गर्नुस् ।’ उनले समृद्धिको आकांक्षा पूरा गर्नका लागि गुणात्मक हस्तक्षेप गर्न आवश्यक रहेको बताए ।… पुरा पढौ