राजनीति

राष्ट्रपति चुनावमा राष्ट्रिय सहमति हुनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

बीरेन्द्रनगर । उपप्रधान तथा भौतिकमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रपतिको चुनावमा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्रीमा भएको राष्ट्रिय सहमति जस्तै राष्ट्रपतिमा पदमा पनि सबै दलको सहमति आवश्यक रहेको उनले प्रष्ट्याए । उनका अनुसार अहिलेको समीकरण बदल्न खोजिएको छैन बरु यही फागुन २७ गते हुने राष्ट्रपति लागि सहमति चाहिएको छ । उपप्रधानमन्त्री श्रेष्ठले भने, “हाम्रो कारणले त्यस्तो परिस्थिति सिर्जना गर्नु हुँदैन भन्ने कुरामा हामी प्रष्टै छौँ । वर्तमान सरकारलाई प्रतिनिधिसभामा सहभागी ९९… पुरा पढौ

शासनपद्धति जीवन पद्धतिसँग जोडिनुपर्दछ : प्रदेश प्रमुख गुरुङ

पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शासन पद्धति जीवन पद्धतिसँग जोडिनुपर्ने बताएका छन् । गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा आज पोखरामा आयोजित विशेष समारोहको उद्घाटन गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्थासँगै स्थापित प्रदेश केवल शासन प्रणालीका रुपमा मात्र नभइ नागरिकको जीवन पद्धति र शैलीका रुपमा स्थापित हुनुपर्ने बताए । “सङ्घर्षका बेला जनताका सामु तपाईँहामीले गरेका प्रतिबद्धता पूरा गर्ने गरी शासन पद्धतिलाई अघि बढाउनसक्ने हो भने मात्र आम नागरिकले लोकतन्त्रको सुखद अनुभूति गर्न पाउने छन्”, उनले भने । आम… पुरा पढौ

नेता भण्डारीलाई एयर एम्बुलेन्समार्फत उपचारका लागि भारत लगिँदै

बुधबार राति एलपीजी ग्यास सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली काङ्ग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारत लगिँदै छ । श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत भारतको मुम्बईस्थित नेशनल स्किन बर्न अस्पतालमा उपचारका लागि केहीबेरमै लैजाने तयारी गरिएको कांग्रेसका युवा नेता मोती भण्डारीले जानकारी दिए । उनको नेपालमा यथोचित उपचार सम्भव नभएपछि त्यसतर्फ लैजान लागिएको हो । हिजो राति घाइते हुनुभएका नेता डा भण्डारीको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ । अस्पतालले आज विज्ञप्ति जारी गरी उपलब्ध… पुरा पढौ

‘पोखरा अन्र्तराष्ट्रिय विमानस्थलबाट पृथ्वीचोकसम्म विमानस्थलकै गाडी चलाउने कुरा भइरहेको छ’

पोखरा, फागुन ५ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पोखरालाई अन्र्तराष्ट्रिय हवाई सञ्जालसँग जोड्नका लागि प्रयास भइरहेको बताएका छन् । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशले विहीबार पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले पोखरालाई अन्र्तराष्ट्रिय सञ्जालसँग जोड्नका लागि विभिन्न देशहरुसँग कुरा भईरहेको बताएका हुन् । पोखरा अन्र्तराष्ट्रिय विमानस्थलको सम्भावना राम्रो छ, उनले भने,‘चीन र भारतका महामहिमहरुसँग मैले कुरा गरेको छु । पोखराको भगिनी सम्बन्ध रहेको चीनको शहर, राजधानी बेईजिङ, तिब्बतका सहरहरुसँग हवाई सम्बन्ध जोड्ने प्रयास… पुरा पढौ

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

पोखरा । गण्डकी प्रदेशले आज सार्वजनिक बिदा दिएको छ । गण्डकी प्रदेश सरकार स्थापनाको दिवसमा प्रदेश भरका सार्वजनिक निकायमा लागु हुने गरी सार्वजनिक बिदा दिएको हो । गएको १८ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना भएको दिन बिदा दिने निर्णय गरे अनुसार आज सार्वजनिक बिदा भएको हो ।प्रदेश सरकार गठन भएपछि २०७४ साल फागुन ४ गते गण्डकीको मुख्यमन्त्रीका रुपमा पृथ्वीसुब्बा गुरूङले पद तथा गोपनीयताको शपथ लिएका थिए । गण्डकी प्रदेशमा कास्की, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, गोरखा, बाग्लुङ, पर्वत, स्याङ्जा, तनहुँ… पुरा पढौ

प्रधानमन्त्री प्रचण्ड र एमाले ओलीबीच भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । भेटमा दुई नेताहरुबीच राष्ट्रपति चुनाव तथा सरकारका काम कारबाहीका बारेमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपति चयनमा राष्ट्रिय सहमति हुनुपर्ने अडान लिदैँ आएको छ। पुरा पढौ

नेता भण्डारीलाई देश बाहिर लगेर उपचार गर्न अस्पतालको सुझाव

गए राति खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा घाइते हुनुभएका नेपाली कांग्रेसका नेता डा चन्द्रकान्त भण्डारीको कीर्तिपुरस्थित बर्न अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा उपचार भइरहेको छ । नेता भण्डारीसँगै उनका आमा ८६ वर्षीया हरिकलाको पनि आइसियुमै उपचार भइरहेको अस्पतालका मेडिकल डाइरेक्टर डा निजिना ताम्राकारले जानकारी दिए । गए राति आफ्नै घर बुद्धनगरमा ग्यास सिलिण्डर पड्किएर दुवैजना घाइते भएका हुन्। अस्पतालका जलन उपचार विभागका प्रमुख डा किरण नकर्मीका अनुसार नेता डा भण्डारीको अनुहार, दुवै हात र गोडामा २५–३० प्रतिशत तथा आमा… पुरा पढौ

बालेन शाहलाई जरिवाना लिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाण्डौं । सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहसँग जरिवाना लिने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउनको संवैधानिक इजलास आयोगको उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो । आयोगले जरिवाना गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिँदै अदालतले आयोगसमक्ष लिखित जवाफसमेत माग गरेको छ । गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा समयमै खर्च विवरण नबुझाएको उल्लेख… पुरा पढौ

लघुवित्तले बढी असुलेको रकम एक हप्ताभित्र फिर्ता गर्नुपर्ने

काठमाण्डौं । लघुवित्त कम्पनीले ग्राहकबाट सेवा शुल्कबापत अतिरिक्तरुपमा लिएको रु एक अर्ब ६० करोड बराबर रकम एक हप्ताभित्र सम्बन्धित ग्राहकलाई फिर्ता दिने सहमति भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, नेपाल लघुवित्त बैंकर्स सङ्घ, लघुवित्त सङ्घ नेपाललगायतको बैठकबाट लघुवित्त कम्पनीले वार्षिक एक दशमलव पाँच प्रतिशतभन्दा बढी सेवा शुल्क नलिने सहमतिसमेत भएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयले आज जारी गरेको प्रेस नोटअनुसार एउटा ग्राहकले एकभन्दा बढी लघुवित्त संस्थाबाट ऋण लिन नपाउने व्यवस्थाको प्रभावकारी… पुरा पढौ

गण्डकी प्रदेशसभा : विधेयक पारित

पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठकले केही गण्डकी प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक पारित गरेको छ । बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहा थापाले विधेयकलाई पारित गरियोस् भन्दै गरेको प्रस्तावलाई सभाले सर्वसम्मत पारित गरेको हो त्यसअघि विधेयकमाथिको दफावार छलफलमा सदस्य भीमबहादुर कार्की, अशोककुमार श्रेष्ठ, सुशीला सिंखडा, विन्दु अधिकारी पहाडी र जीतबहादुर शेरचनले भाग लिएका थिए । छलफलमा उठेका प्रश्नको जवाफ दिँदै आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहा थापाले ऐनहरू संशोधन गर्नुपर्ने आवश्यकता रहेकाले विधेयक ल्याइएको बताउँदै प्राप्त सुझावलाई… पुरा पढौ