राजनीति

वर्तमान सरकार राष्ट्रिय सहमतिको पक्षमा छ : मन्त्री श्रेष्ठ

काठमाण्डौं । उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकार सरकार राष्ट्रिय सहमतिको पक्षमा रहेको बताएका छन् । ‘पर्यटन प्रवद्र्धन तथा संस्कृति संवद्र्धन’को मूल नारासहित सर्लाहीको बागमतीमा आयोजित सातौँ राजर्षि जनककप फुटबल प्रतियोगिताको आज उद्घाटन कार्यक्रममा उनले राष्ट्रिय सहमतिका लागि बलियो वातावरण सिर्जना भएको बताए । मन्त्री श्रेष्ठले, सत्तापक्ष र प्रतिपक्ष आ–आफ्ना ठाउँमा भए पनि सबै राजनीतिक पार्टीहरू राष्ट्रिय एकता, शान्ति प्रक्रियाको काम पूरा गर्ने पक्षमा रहेको बताए । वर्तमान सरकार आम नेपाली जनताले महसुस गर्ने गरी सामाजिक… पुरा पढौ

कांग्रेस सभापति विरुद्धको रिटमा भएन अन्तरिम आदेश

काठमाण्डौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा दिने निर्णय खारेजीको माग गर्दै दायर गरिएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले आज लिखित जवाफ माग गर्ने र दुवै पक्षलाई छलफलमा बोलाएर निष्कर्षमा पुग्ने उल्लेख गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अधिवक्ता विमल पोखरेलले यही माघ २४ गते दायर गरेको रिट निवेदनमा सङ्घीय संसद् सचिवालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएको नेपाली कांग्रेसलाई… पुरा पढौ

पोखरा स्वच्छ र सफा राख्न नीतिगत पहल गरेका छौँ : मेयर आचार्य

पोखरा । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले सुन्दर र स्वच्छ पोखराको विशेषतालाई जोगाउन महानगरले नीतिगत पहल थालेको बताएका छन् । स्वच्छ ऊर्जा नेपालले पोखरामा आयोजना गरेको ‘सबैका लागि सुरक्षित र सफा हावा अभियान र पोखराको साझा अवस्था’ सम्बन्धी कार्यशालामा आचार्यले पछिल्लो समय पोखराको वायु प्रदूषण बढेकोप्रति गम्भीर रहेको जनाउँदै स्वच्छ वातावरणका लागि नीतिगतरूपमै कार्यक्रम तय गरेको जानकारी दिए । उनले भने, “हामीले पोखरालाई हरियालीयुक्त सुन्दर र समृद्ध बनाउने नीतिगतरूपमा विभिन्न कार्यक्रम समेटेको कार्यान्वयनका लागि अगाडि बढाएका छाँै ।” प्रमुख आचार्यले… पुरा पढौ

राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा एमालेका दशौदी निर्वाचित

दाङ । लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा (एमाले)का कुमार दशौदी निर्वाचित भएका छन् । सत्ता गठबन्धनका दशौदीले चार हजार २६ मत पाएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका माधव आचार्यले तीन हजार सात सय २० मत प्राप्त गरेका छन् । यस्तै नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले एक सय ९२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए । निर्वाचनमा तीन सय पाँच मतदातामध्ये तीन सय चार मत खसेको थियो । एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित… पुरा पढौ

संसोधन विधेयक : सत्तापक्ष भन्छ ठीक, विपक्षी भन्छ बेठीक

पोखरा, माघ २४ विनियोजन विधेयक–२०७९ लाई संसोधन गर्न बनेको विधेयक विधायन समितिमा पठाइएको छ । गण्डकी प्रदेश सरकारले ल्याएको विनियोजन विधेयक–२०७९ लाई संसोधन गर्न बनेको विधेयकमाथि मंगलबार सामान्य छलफलपछि दफावार छलफलका लागि विधायन समितिमा पठाइएको हो । संसोधन विधेयकमाथि संसोधन गर्नुपर्ने भएमा ७२ घण्टा भित्र संसोधन प्रस्ताव गरिसक्नुपर्नेछ । अन्यथा विधायन समितिमा दफावार छलफलपश्चात प्रदेश सभामा पेश हुनेछ । प्रदेश सरकारकी आर्थिक मामिला मन्त्री सीताकुमारी सुन्दासले चालु बजेटलाई रकमान्तर गर्न सकिने प्रावधान राखेर माघ २० गते संसोधन विधेयक दर्ता गरेकी… पुरा पढौ

सरकारी बिदामा पुनर्विचार आवश्यक छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले उक्त कुरा बताएका हुन्। प्रधानमन्त्री दाहालले भने, “हाम्रा सरकारी बिदाहरू धेरै भए । यसले जनताका काम गर्ने समय कम भएको छ, सेवा प्रवाहमा समस्या देखिएको छ । यसबारे पुनर्विचार आवश्यक छ भनेर हामीले मन्त्रिपरिषद्मा पनि छलफल गरेका छौँ । गृहकार्य गरेर यसमा पुनर्विचार गर्नुपर्छ ।” प्रधानमन्त्रीले… पुरा पढौ

गण्डकी प्रदेशसभा बैठकः शून्य समयमा सांसदहरुले उठाए यी विषय

पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठकमा सडक, स्वास्थ्यका क्षेत्रमा भइरहेका ढिलासुस्ती एवम् प्राकृतिक प्रकोपका असर लगायतमा प्रदेशसभा तथा सरकारको ध्यानाकर्षण गराइएको छ । शून्य समयमा प्रदेशसभा सदस्य दीपेन्द्रबहादुर थापाले मध्यपहाडी लोकमार्गअन्तर्गत अक्षेते घोडाघोडी खण्डमा ढिलाइ भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए । प्रदेशसभा सदस्य देवका पहारी त्रिपाठीले माघ १ गतेको जहाज दुर्घटनाले पोखराको पर्यटनमा असर पारेको बताउँदै यसले हवाई उडानमा मनोवैज्ञानिक असर परेको बताए । पर्यटक आगमनलाई बढाउन अन्तरप्रदेश पर्यटन प्रवद्र्धनात्मक कामलाई अघि बढाउनु आवश्यक देखिएको बताउँदै उनले छिमेकी मुलुक भारत,… पुरा पढौ

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछिको अवस्थामा अब कसरी अगाडि बढ्ने भन्ने विषयमाप्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच कुराकानी भएको बुझिएको छ । पुरा पढौ

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्याललाई पद तथा गोपनीयताको शपथ गराएका छन्। राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा अध्यक्ष तिमिल्सिनाले उपाध्यक्ष अर्याललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको उपस्थिति थियो । यस्तै, संवैधानिक निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता तथा सञ्चारकर्मीको पनि सहभागिता थियो । उपाध्यक्ष अर्याल सोमबार मात्रै उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन् । उनले आजै आफ्नो पदभार ग्रहण… पुरा पढौ

गण्डकी प्रदेशसभाको बैठक बस्दै

गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले जानकारी दिए । गत शुक्रबारको बैठकमा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री सीताकुमारी सुन्दासले सो विधेयकलाई सभासमक्ष प्रस्तुत गर्नुभएको थियो । आजकै बैठकबाट उक्त विधयेक पारित हुने जनाइएको छ । प्रदेश सरकारले चालु आवको विनियोजित बजेट रकामान्तर गरी खर्च गर्न विधेयक संशोधनको प्रक्रिया अगाडि बढाएको थियो । बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वनमार्फत… पुरा पढौ