राजनीति

नगर उपप्रमुखको तलबभत्ता सामाजिक कार्यमा

बागलुङ । बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले उपप्रमुखका लागि प्राप्त सेवा सुविधावापतको रकम सामाजिक काममा लगाउन थालेका छन् । जनप्रतिनिधिलाई प्राप्त सेवा सुविधा सामाजिक क्षेत्रमा खर्चने गरी घोषणापत्र सार्वजनिक गर्दै स्थानीय निर्वाचनमा होमिएका खड्काले निर्वाचनको आठ महिनामै घोषणापत्र कार्यान्वयनमा ल्याउन थालेका छन् । खड्काले उपप्रमुखको निर्वाचनमा होमिँदा आफूलाई प्राप्त सेवा सुविधा सामाजिककार्यमा लगाउने घोषणा गरेका थिए । खड्काले गत दशैँमा सहिद, बेपत्ता र घाइतेका परिवारलाई लत्ताकपडा र खाद्यान्न वितरण गर्नुभएको थियो भने हालै एक विद्यालयमा रु एक लाखको अक्षयकोष… पुरा पढौ

रास्वपा बैठक जारी, सरकारबारे निर्णय लिने

माघ २१ काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समिति र संसदीय दलको आकस्मीक बैठक जारी रहेको छ । पार्टीले गत बिहीबार गृहमन्त्रालयबारे निर्णय लिन दिएको २ दिनको समय सकिएसँगै आकस्मीक बैठक बोलाएको हो । केहीबेर अगाडीबाट शुरु भएको बैठकले सरकारमा सहभागी हुने वा नहुने भन्नेबारे निर्णय गर्न सक्ने पार्टीका एक नेताले जानकारी दिए । बिहीबार बसेको पार्टीको संसदीय दल र केन्द्रीय कमिटीको संयुक्त बैठकपछि रास्वपाले गृह मन्त्रालयबारे निर्णय लिन २ दिनको समय दिएको थियो । पुरा पढौ

लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छ : महामन्त्री थापा

बारा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रेस स्वतन्त्रता नभए सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत नहुने बताएका छन् । बाराको कलैयामा आज आयोजित नेपाल प्रेस युनियन मधेस प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै महामन्त्री थापाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत हुन नदिने खेल भइरहेको बताए । संविधान मान्ने र नमान्ने दुई पक्ष मुलुकमा देखिएका उल्लेख गर्दै उनले संविधान पक्षधर सम्पूर्ण लोकतन्त्रवादी एकजुट हुनुको विकल्प नरहेको बताए । “प्रेसलाई सङ्कुचन पारेर सङ्घीयतालाई समाप्त पार्ने खेल भइरहेको छ”, महामन्त्री थापाले भने– “सबैले सजग र सचेत… पुरा पढौ

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक स्थगित

काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी) को पाँचौँ केन्द्रीय कमिटीको पूर्ण बैठक भोलि पुनःसञ्चालन हुने गरी स्थगित भएको छ । विकसित राजनीतिक परिस्थिति एवं अन्तर्राष्ट्रिय घटनाक्रमका सन्दर्भमा बैठकमा नेताहरूबाट धारणा राख्ने क्रम बाँकी रहेकाले भोलिसम्म बैठक स्थगित गरिएको पार्टी उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा १० समूह बनाइ छलफल सुरु गरिएको छ । उक्त बैठकमा सहभागी केन्द्रीय नेताबाट प्रतिवेदनलाई गहन रुपमा अध्ययन तथा छलफल गरेपछि प्राप्त हुने सुझावका आधारमा… पुरा पढौ

स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्छौँ : मुख्यमन्त्री अधिकारी

बाग्लुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । आज बागलुङस्थित धवलागिरि अस्पतालले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले स्वास्थ्य संस्थासँगै सेवालाई गुणस्तरीय बनाउनुपर्नेमा जोड दिए। दूरदराजका नागरिकलाई पनि स्वास्थ्यको सहज पहुँचसँग जोड्न गण्डकी प्रदेश सरकारले गाउँ–गाउँमा स्वास्थ्य संस्था स्थापना गर्ने तथा आवश्यक उपकरण, औषधिको व्यवस्थापन गर्ने बताए । स्वास्थ्यकर्मीले सेवा प्रवाहमा कुनै ढिलासुस्ती नगर्न उनले निर्देशन दिए । मुख्यमन्त्री अधिकारीले भने, “समयको सही प्रयोग गरी बिरामीलाई कत्ति पनि… पुरा पढौ

गण्डकीमा विनियोजन ऐन संशोधन गरिँदै

गण्डकी प्रदेशसभाको शुक्रबारको बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ प्रस्तुत भएको छ । प्रदेश सरकारका आर्थिक मामिलामन्त्री सीताकुमारी सुन्दासले सो विधेयकलाई सभासमक्ष प्रस्तुत गरेका हुन्। प्रदेश सरकारले चालु आवको विनियोजित बजेट रकमान्तर गरी खर्च गर्न विधेयक संशाधनको प्रक्रिया अगाडि बढाएको हो । बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमार्फत पुँजीगत खर्च वृद्धि गर्ने सरकारको लक्ष्य छ । विनियोजन ऐन संशोधन विधेयकमाथि आउँदो मङ्गलबार बस्ने प्रदेशसभा बैठकमा छलफल हुने जनाइएको छ । शुक्रबारको बैठकको शून्य र विशेष समयमा प्रदेशसभा सदस्यले… पुरा पढौ

प्रतिपक्षी दलले उपाध्यक्षको टुङगो आइतबार लगाउने

सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षीसहितका दलले राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारी आइतबारसम्ममा टुङ्गो लगाउने भएका छन् । सिहदरबास्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा आज बिहान बसेको कांग्रेस, नेकपा(एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेतासम्मिलित बैठकले उम्मेदवारी आइतबार टुङ्गो लगाउने निर्णय गरेको हो । कांग्रेसका मुख्य सचेतक रमेश लेखकले सङ्घीय संसद्मा भएका विपक्षी दलका नेताको बैठकमा राष्ट्रियसभाको उपाध्यक्षको उम्मेवारीका सम्बन्धमा केन्द्रित रही सल्लाह र छलफल भएको बताए । उनले भने, “उम्मेवारीका सम्बन्धमा एकसरो कुराकानी र विश्लेषण आज भएको छ, आइतबार बिहानसम्ममा… पुरा पढौ

किसानका माग सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उचित मूल्य नपाएको भन्दै चितवनका किसानले सडकमा तरकारी फालेको समाचारप्रति कृषि तथा पशुपक्षी मन्त्रालयको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री दाहालले किसानका माग सम्बोधनको आवश्यक पहल लिन निर्देशन दिएको उनका प्रेसविज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए। चितवनका किसानले तरकारी र अन्य कृषिजन्य उत्पादनको उचित मूल्य नपाएको भन्दै शुक्रबार सडकमा तरकारी फालेपछि प्रधानमन्त्रीले कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहको ध्यानाकर्षण गराए । चिवतनमै रहेकी मन्त्री साहलाई प्रधानमन्त्री दाहालले सरोकारवाला किसानसँग छलफल गरी त्यसको जानकारी आफूलाई गराउन निर्देशन दिए ।… पुरा पढौ

पोखरा १५ मा निस्सा वितरण

माघ २० पोखरा । पोखरा महानगरपालिका वडा नं १५ का भूमिहिन, भुमिहिन दलित र अब्यवस्थित बसोबासीहरुलाई निस्सा वितरण सुरु गरिएको छ । पोखरा १५ पटनेरीका सुकुम्बासीहरुलाई पोखरा महानरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङ, भुमि आयोग कास्कीका अध्यक्ष गंगा पोखरेल, वडाअध्यक्ष तोरणबाहदुर बानियाँले निस्सा वितरणको सुरुवात गरे । उपप्रमुख गुरुङले सिमा गिरी पुरीलाई पहिलो निस्सा हस्तान्तरण गरिन् । निस्सा वितरण गदै उपप्रमुख गुरुङले निर्वाचनले रोक्किएको निस्सा वितरण कार्य फेरी सुरु भएको बताउँदै कुनैपनि नागरिक जग्गा विहिन नहोस भन्ने उद्देश्यले काम अगाडी बढेको बताइन्… पुरा पढौ

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी कारागार चलान

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी जेल चलान भएका छन् । बिहीवार बेलुका कैलाली जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका चौधरीलाई आज १० बजे कैलाली जिल्ला अदालतमा उपस्थित गराइ कैद पुर्जी लिएर धनगढी कारागारमा चलान गरिएको हो । १३ वर्ष पुरानो आगजनीको घटनामा छ महिना कैद सजाय सुनाइएका कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित चौधरी आज शुक्रवार जेल चलान भएका हुन् । फरार सूचीमा रहेका चौधरीलाई हिजो बिहीवार बाँकेबाट पक्राउ गरिएको थियो । चौधरीलाई प्रहरीले पक्राउ गरेर नेपालगञ्जबाट जहाजमा काठमाण्डौ लगेको… पुरा पढौ