राजनीति

हरेक व्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक छ : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सामाजमा असल नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक रहेको बताएका छन् । श्रीपञ्चमी (सरस्वती पूजा)को शुभकामना सन्देश दिँदै उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरेर जनताको जीवनमा खुसी भर्न समाजलाई असल नैतिक मूल्यमा उठाउनुपर्ने बताए । अध्यक्ष ओलीले एमाले नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने नेतृत्वदायी पार्टी रहेको उल्लेख गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ हामी नेपालीको साझा राष्ट्रिय आकाङ्क्षा र पार्टीको आफ्नो गन्तव्य बनाएको बताए ।… पुरा पढौ

राष्ट्रपतिद्वारा वसन्त श्रवण

राष्ट्रपतिद्वारा वसन्त श्रवण वसन्त पञ्चमीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी आज काठमाडौँको हनुमानढोका दरबारस्थित नासलचोक पुगी वसन्त श्रवण गरेकी छिन् बिहान १०ः४७ को शुभ साइतमा हनुमानढोका दरबार हेरचाह अड्डाका पण्डित देवराज अर्यालले महाकवि जयदेव पन्तद्वारा रचित गुरु गोविन्द महाकाव्यको वसन्त राग श्रवण गराएका थिए । सो अवसरमा वाद्यवादन पनि प्रस्तुत गरिएको थियो । उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, उपप्रधानमन्त्री, मन्त्रीगण, सांसदहरु, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यहरु,… पुरा पढौ

मन्त्रिपरिषद निर्णय : आत्मदाहको प्रयास गरेका आचार्यले उठाएका विषयमा छानविन गर्ने

काठमाडौं । सरकारले आत्मदाहको प्रयास गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मंगलबार आत्मदाहको प्रयास गरी घाइते भएका र बुधबार उपचारको क्रममा मृत्यु भएका आचार्यको विषयमा छानबिन गर्न र यथाशीघ्र प्रतिवेदन तयार पार्न मन्त्रिपरिषद्ले गृह मन्त्रालयलाई जिम्मेवारी दिएको हो । मन्त्रिपरिषद्ले आचार्यले सामाजिक सञ्जाल फेसबुकमा उठाएका विषय तथा आत्मदाह प्रयासको कारणबारे पत्ता लगाउन गृह मन्त्रालयलाई जिम्मेवारी दिएको हो । एक मन्त्रीले भने, ‘आत्मदाहको प्रयास गरेका आचार्यले सामाजिक सञ्जालमा उठाएका सबै विषयमा… पुरा पढौ

गण्डकीका कानूनमन्त्री गाहामगरले गरे पदभार ग्रहण

कास्की । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन गाहामगरले पदभार ग्रहण गरेका छन् ।गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्रीमा हिजो नियुक्त भएका गाहामगरले आज (बुधाबार) पदभार ग्रहण गरेका हुन । मन्त्रीगाहामगरले पदभार ग्रहण गर्दै मन्त्रालयको कार्यक्षेत्र भित्र पर्ने शान्ति सुरक्षा, प्रहरी प्रशासन, विपद् व्यवस्थापन, कारागार व्यवस्थापन, प्रदेश अनुसन्धान ब्यूरो लगायतका कार्य जिम्मेवारसँग सम्बन्धित विषयमा आवश्यक कानून, कार्यविधि, निर्देशिका आदिको पहिचान गरि मस्यौदा तर्जुमा प्रक्रियालाई अगाडी बढाउने निर्णय गरे । मन्त्री गाहामगरले पदभार ग्रहणसँगै मन्त्रायल परिसरमा वृक्षारोपण र गण्डकी प्रदेशका… पुरा पढौ

उपनिर्वाचनका लागि आज मनोनयन दर्ता गरिँदै

दाङ । राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा आज मनोनयन दर्ता हुने भएको छ । माघ २५ गतेका लागि राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान कार्यतालिका सार्वजनिक भएको थियो । सोही अनुसार आज मनोनयन दर्ता हुँदैछ । नेकपा ९एमाले० बाट राष्ट्रियसभा सदस्य बनेका रुपन्देहीका खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न राष्ट्रियसभाबाट राजीनामा दिएका थिए । उनको पद रिक्त भएपछि उपनिर्वाचनमार्फत राष्ट्रियसभा सदस्य चयन गर्न लागिएको हो । एमालेबाट कुमार दसौदीले मनोनयन दर्ता गर्दै छन् । नेपाली कांग्रेसले भने उम्मेदवारको टुङ्गो लगाउँदै छ… पुरा पढौ

मादीका बेदबहादुर गुरुङ बने मन्त्री

कास्कीको मादी गाउँपालिकाका बेदबहादुर गुरुङ (श्याम) मन्त्री बनेका छन् । कास्की क्षेत्र नम्बर १ को (२)बाट निर्वाचित गुरुङ गण्डकी प्रदेश सरकारको मन्त्री बनेका हुन् । उनलाई मुख्यमन्त्री खगराज अधिकारीले कृषि तथा जलश्रोत मन्त्रालयको जिम्मेवारी दिएका छन् । नवनियुक्त मन्त्री गुरुङले मंगलबार साँझ सपथ लिएका छन् । उनले गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष सपथ लिएका हुन् । मुख्यमन्त्री अधिकारी निकट गुरुङ मादी गाउँपालिकाका पूर्व प्रमुख हुन् । पुरा पढौ

गण्डकी सरकारले पायो पूर्णता, को को बने मन्त्री ? हेर्नुहोस्…

पोखरा, माघ १० गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । गण्डकी प्रदेशमा सरकार गठन भएको करीब आधा महिनापछि मन्त्री परिषदले मंगलबार पूर्णता पाएको हो । प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन भएर ताजा जनमत आएपछि गत पुस २५ गते गण्डकीमा नेकपा एमालेका खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए । सोहि दिन उनले सत्ता साझेदार तीन दलका एक÷एक जना मन्त्री नियुक्त गरेका थिए । मन्त्री नियुक्त गरेपनि उनीहरुलाई जिम्मेवारी नदिई बिना विभागीय मन्त्री बनाएर राखिएको थियो । दलहरुबीच गाण्डकीमा बनाईने मन्त्रालयको… पुरा पढौ

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउन प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकले २१ सदस्यीय नियमावली मस्यौदा समिति गठन गरेको हो । बैठकमा सांसद देवेन्द्र पौडेलले प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरियोस् भनी समितिमा रहने सांसद सदस्यहरुको नामावलीसहितको प्रस्ताव प्रस्तुत गरेका थियो भने सांसद रामकृष्ण यादव र ऋषिकेश पोखरेलले समर्थन गरेको उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतिले पारित गरेको थियो । समितिको सदस्यहरुमा अनिता देवी, अमरेशकुमार सिंह, गङ्गाराम चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडू, नागिना यादव, प्रकाश ज्वाला,… पुरा पढौ

राष्ट्रियसभा: गुणस्तरहीन औषधिदेखि शीतलहरसम्मका कुरा

राष्ट्रियसभामा गुणस्तरहीन औषधि, महिला र बालबालिकामाथि भएका हिंसाका घटना, पाठ्यपुस्तक र सरकारी अस्पतालमा बिरामीका लागि शय्या अभाव र शीतलहरबाट जनतामा परको अप्ठेरोलगायत विषय उठान भएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा भाग लिने सदस्यहरुले शहीद सप्ताह र विमानस्थलमा भएको हिजोको घटनाले सुशासनका लागि दिएको चुनौतीलगायत विषयमा सदनमार्फत् सरकार लाई ध्यानाकर्षण गराएका हुन् । बैठकमा इन्दिरादेवी गौतमले बजारमा गुणस्तरहीन औषधि छ्यापछ्याप्ती रहेकाले नागरिकको स्वाथ्यमा पर्न सक्ने गम्भीर असरलाई ध्यानमा राखी अनुगमनलाई चुस्त तुल्याउँदै त्यसलाई रोक्न माग गरिन् । अर्का सदस्य… पुरा पढौ

एमालेका सबै जनसङ्गठनको सम्मेलन मिति घोषणा

नेकपा (एमाले)को सबै जनवर्गीय सङ्गठनका राष्ट्रिय अविधेशन÷सम्मेलन मिति तय गरिएको छ । नौवटा जनवर्गीय सङ्गठनको महाविधेशन÷सम्मेलन मिति घोषणा गरिएको एमाले जनसङ्गठन समन्वय संयन्त्रका सहसंयोजक तथा केन्द्रीय सदस्य रचना खड्काले जानकारी दिए । उनका अनुसार सबै जनसङ्गठनले चैत मसान्तभित्र अधिवेशन÷सम्मेलनका लागि मिति घोषणा गरेका हुन् । गत पुस २४ र २५ गते काभ्रेको धुलिखेलमा सम्पन्न जनसङ्गठनको भेलाले आगामी चैत मसान्तभित्र राष्ट्रिय अधिवेशन÷ सम्मेलन गर्ने निर्णय गरेका थिए । सदस्य खड्काले सबै जनसङ्गठनका पदाधिकारी र सचिवालय बैठकले अधिवेशन÷सम्मेलनको मिति तोकेको जानकारी दिए… पुरा पढौ