राजनीति

प्रहरीको मनोबल बढाउन सरकारले सहयोग गर्छः गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँणले प्रहरीहरुको मनोबल वृद्धि गर्नका लागि सरकारले भरपूर सहयोग गर्ने बताएका छन । नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणका प्रहरी कर्मचारीसँग सामूहिक भोजनपछि आयोजित समारोहमा बोल्दै उनले प्रहरी अधिकृतहरुलाई पनि प्रहरीको मनोबल बढाउनका लागि आवश्यक कार्य गर्न निर्देशन दिए । भर्खरै सम्पन्न आम चुनावका सन्दर्भ होस् वा नियमित शान्ति, सुरक्षा तथा अपराध नियन्त्रणमा प्रहरीले आफ्नो जिम्मेवारी पूर्णरुपमारुपमा निर्वाह गरेको भन्दै उनले प्रशंसा समेत गरे । मुलुकको शान्ति सुरक्षा तथा सुव्यावस्था कायम गर्न प्रहरीको भूमिका अब्बल रहेको उनको भनाइ थियो… पुरा पढौ

दोलखाको प्रतिनिधिसभामा एमालेका सिवाकोटीकै अग्रता

दोलखा जिल्लाको प्रतिनिधिसभा सदस्यमा नेकपा एमाले उम्मेदवार बालकृष्ण सिवाकोटीले अग्रता कायम राखेका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा (माओेवादी केन्द्र) का उम्मेदवार गंगा कार्कीभन्दा सिवकोटी १ हजार ८२० को मतान्तरले अघि छन्। मत गणनाको पछिल्लो नतिजाअनुसार सिवाकोटीले १७ हजार ६९५ मत ल्याउँदा कार्कीले १५ हजार ७९५ मत ल्याएका छन्। पुरा पढौ

स्याङ्जा–२ को (२) मा काँग्रेसका महेश भट्टराई निर्वाचित

स्याङ्जा जिल्लाको निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (२) बाट नेपाली काँग्रेस उम्मेदवार महेश भट्टराई निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार बुद्धिमान श्रेष्ठलाई १ हजार ७८६ मतान्तरले हराउँदै वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार भट्टराई निर्वाचित भएका हुन्। मत गणनाको पछिल्लो नतिजाअनुसार भट्टराईले १८ हजार ७८८ मत प्राप्त गरे। त्यस्तै, निकटतम प्रतिद्वन्द्वी एमालेका श्रेष्ठले १७ हजार ००२ मत प्राप्त गरे। पुरा पढौ

बाजुराको प्रदेशसभा (२) मा काँग्रेस उम्मेदवार पदमबहादुर शाही निर्वाचित

बाजुरा जिल्लाको प्रदेशसभा (२) मा नेपाली काँग्रेसका पदमबहादुर शाही निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार लालबहादुर थापालाई २ हजार ५९८ मतान्तरले हराउँदै शाही निर्वाचित भएका हुन्। पछिल्लो मत परिणामअनुसार शाहीले २० हजार ११९ मत ल्याउँदा थापाले १७ हजार ५२१ मत ल्याए। पुरा पढौ

बाजुराको प्रदेशसभा (१) मा एकीकृत समाजवादीका नरेशकुमार शाही विजयी

बाजुरा जिल्लाको प्रदेशसभा (१) मा नेकपा (एकीकृत समाजवादी) ले विजय हासिल गरेको छ सो क्षेत्रमा एकीकृत समाजवादीका उम्मेदवार नरेशकुमार शाहीले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बलदेव रेग्मीलाई २ हजार ३४१ मतान्तरले हराउँदै जित निकालेका हुन्। मत गणनाको पछिल्लो नतिजाअनुसार शाहीले १० हजार ९७३ मत ल्याउँदै विजयी बने भने रेग्मीले ८ हजार ६३२ मत ल्याएका छन्। पुरा पढौ

बाजुरामा काँग्रेसका बद्री पाण्डेकै अग्रता

बाजुराको प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका बद्रीप्रसाद पाण्डेले अग्रता लिएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाभन्दा पाण्डेले ३ हजार ७७८ मतान्तरले अग्रता कायम राखेका छन्। मत गणनाको पछिल्लो नतिजाअनुसार पाण्डेले २६ हजार ९८६ मत ल्याएका छन् भने थापाले २३ हजार २०८ मत प्राप्त गरेका छन्। पुरा पढौ

दोलखाको प्रदेशसभा (२) मा एमाले अगाडि

दोलखा जिल्लाको प्रदेशसभा (२) मा नेकपा एमाले उम्मेदवार भरतबहादुर केसीले अग्रता बढाएका छन्। निकटतम प्रतिद्वनद्वी नेपाली काँग्रेसका उम्मेदवार वर्मा लामाभन्दा केसी १ हजार १६३ मतान्तरले अगाडि छन्। मत गणनाको पछिल्लो नतिजाअनुसार केसीले १५ हजार २६३ मत ल्याउँदा लामाले १४ हजार ०९८ मत ल्याएका छन्। पुरा पढौ

दोलखाको प्रदेशसभा (१) मा काँग्रेसका कुन्दनराज अगाडि

दोलखा जिल्लाको प्रदेशसभा (१) मा नेपाली काँग्रेस उम्मेदवार कुन्दनराज काफ्लेले अग्रता बढाएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार नरबहादुर श्रेष्ठभन्दा काफ्लेले ३ हजार २४२ मतान्तरले अघि छन्। मत गणनाको पछिल्लो नतिजाअनुसार वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका काफ्लेले १४ हजार ७५९ मत ल्याएका छन् भने श्रेष्ठले ११ हजार ५१७ मत ल्याएका छन्। पुरा पढौ

दोलखाको प्रतिनिधिसभामा एमालेका सिवाकोटीको अग्रता

दोलखा जिल्लाको प्रतिनिधिसभा सदस्यमा नेकपा एमाले उम्मेदवार बालकृष्ण सिवाकोटीले अग्रता लिएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा (माओेवादी केन्द्र) का उम्मेदवार गंगा कार्कीभन्दा सिवकोटी १ हजार १६५ को मतान्तरले अघि छन्। मत गणनाको पछिल्लो नतिजाअनुसार सिवाकोटीले १५ हजार २६३ मत ल्याउँदा कार्कीले १४ हजार ०९८ मत ल्याएका छन्। पुरा पढौ

स्याङ्जा–२ मा नेपाली कांग्रेसका गुरुङ निर्वाचित

स्याङ्जा । नेकपा (एमाले)की केन्द्रीय सचिव पद्मा अर्याललाई पराजित गर्दै स्याङ्जा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ विजयी भएका छन् । शनिबार राति सकिएको मतगणनामा गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका उम्मेद्वार धनराजले निकटम प्रतिस्पर्धी नेकपा एमालेकी पद्मा अर्याललाई ५ हजार ६२७  मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । गुरुङले ३१ हजार ४६६ मत पाए भने नेकपा एमालेकी सचिव पदमा अर्यालले २५ हजार ८३९ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज… पुरा पढौ