निजि भ्रमणका लागि काठमाण्डौबाट निस्किएका प्रधानमन्त्री वालेन्द्र शाह आज अपरान्ह पोखरा आईपुगेका छन् ।
शुक्रबार बिहान सरकारी गाडीमार्फत उनी काठमाडौंबाट पोखराका लागि प्रस्थान गरेका थिए । पोखरा हुँदै मुस्ताङ जाने र मुक्तिनाथको दर्शन गर्ने कार्यक्रम रहेको स्रोतले बताइएको छ । उनी आज पोखरा नजिकै रहेको माछापुच्छ्रे गाउँपालिका अस्तामस्थित अन्नपुर्ण इको भिलेजमा बास बस्नेछन् । पोखराबाट करिब १५ किलोमिटरको दूरीमा रहेको उक्त भिलेजका ३ वटा ब्लकका १२ कोठा बुकिङ गरिएको छ। प्रधानमन्त्री र उनको भ्रमण टोली एक दिन त्यहाँ रहने छ। प्रधानमन्त्रीको आगमनलाई ध्यानमा राख्दै रिसोर्ट र त्यस आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मुस्ताङ भ्रमणको प्रयोजन र प्रधानमन्त्री कहाँ–कहाँ पुग्ने भन्ने विस्तृत विवरण सार्वजनिक भएको छैन। यद्यपि उनी दामोदर कुण्डसम्म पुग्ने कार्यक्रम रहेको जानकारी स्रोतले दिएको छ। दामोदर कुण्ड मुस्ताङको लो–घेकर दामोदर कुण्ड गाउँपालिकाको वडा नम्बर पर्छ। प्रधानमन्त्रीसहितको टोली शनिबार त्यसतर्फ प्रस्थान गर्ने बताईएको छ ।
काठमाडौँबाट पोखरा गाडीमा आएका प्रधानमन्त्री शाह पोखराबाट मुस्ताङ भने हेलिकप्टरमा जाने सुरक्षा स्रोतले बताएको छ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ ६ पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा उम्मेदवारी दिनका लागि…





