सन्देश श्रेष्ठ
पोखरा, भदौ ६
पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा उम्मेदवारी दिनका लागि ४ जनाले मनोनयन पत्र बुझेका छन् । संघको यहि भदौ २० र २१ गते हुने ३६ औं महाधिवेशन अन्तर्गत विहीबार उम्मेदवारी दिनका लागि मनोनयन पत्र बुझ्ने तोकिएको समय अपराह्न ५ बजेसम्ममा अध्यक्षका लागि ४ जनाले मनोनयन पत्र लिएका हुन् । मनोनयन पत्र लिनेमा उत्तममान बुद्धाचार्य, बलराम आचार्य, शोभा गौतम र अर्जुन पोखरेल रहेका छन् ।
अध्यक्षमा उम्मेदवारी दिनका लागि निस्सा लिने बुद्धाचार्य वर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष, आचार्य वर्तमान वाणिज्यतर्फका उपाध्यक्ष, गौतम वर्तमान महासचिव र पोखरेल यसअघि अध्यक्ष पदमा दुईपटक पराजित उम्मेदवार तथा पूर्व महासचिव हुन् ।
संघको बरिष्ठ उपाध्यक्षका लागि टीकाराम सुवेदी र दीनेशचन्द्र बास्तोलाले मनोनयन पत्र बुझेका छन् । सुवेदी वर्तमान कार्यसमिति सदस्य हुन् भने बास्तोला उद्योगतर्फका उपाध्यक्ष हुन् । उद्योगतर्फको उपाध्यक्षका लागि सौगात थापा र ललितबहादुर कुवँरले मनोनयन पत्र लगेका छन् । थापा र कुँवर दुबै वर्तमान कार्य समिति सदस्यहरु हुन् । वाणिज्यतर्फको उपाध्यक्षका लागि भीम गौतम र मनोजकुमार श्रेष्ठले मनोनयन पत्र बुझेका छन् । गौतम वर्तमान कार्य समिति सदस्य हुन् भने श्रेष्ठ कोषाध्यक्ष हुन् ।
महासचिवमा तारानाथ ढुंगाना र सुदीप प्रधानाङ्गले मनोनयन पत्र लगेको संघको सचिवालयले जनाएको छ । महासचिवका आकांक्षी ढुंगाना यसअघि पनि महासचिवमा पराजित उम्मेदवार हुन् भने प्रधानाङ्ग वर्तमान उप–महासचिव हुन् । यसैगरी, कोषाध्यक्षमा देवेन्द्र प्रजु र जीवनप्रकाश श्रेष्ठले उम्मेदवारी दिनका लागि मनोनयन पत्र बुझेका छन् । प्रजु र श्रेष्ठ दुबै वर्तमान कार्य समिति सदस्य हुन् । उप–महासचिवमा यादवप्रसाद पोखरेल, रामचन्द्र तिमिल्सिना र प्रदीप राजभण्डारीले मनोनयन पत्र लगेका छन् । उप–महासचिवका उम्मेदवार तीनैजना वर्तमान कार्यसमिति सदस्यहरु हुन् ।
खुल्ला सदस्यमा गोविन्दबहादुर केसी, मनोहरी पौडेल, नवीन नापित, एकनारायण गौतम, रामप्रसाद कँडेल, दुर्गा बराल, सूर्यराज घिमिरे (सुरेश), कमलबहादुर सुनार, अमृत पोखरेल, भानुभक्त अधिकारी, रामेश्वर अधिकारी, निर्मला चापागाईं, दिलिपकुमार श्रेष्ठ र हरिप्रसाद अधिकारीले मनोनयन पत्र लिएका छन् । यसैगरी, वस्तुगत चार सदस्यका लागि ४ जनाले मनोनयन पत्र लगेका छन् । जसमा लक्ष्मीप्रसाद अधिकारी, केशव ढकाल, लालप्रसाद ढकाल र मुक्तिप्रसाद पनेरुले मनोनयन पत्र लगेका छन् । उद्योगतर्फको एक सदस्यका लागि पिताम्बर अधिकारीले मात्र मनोनयन पत्र लगेको सचिवालयले जनाएको छ ।
शुक्रबार लिएको मनोनयन पत्र आईतबार दाखिला गर्ने समय तोकिएको छ । २०११ सालमा अमृतप्रसाद शेरचनको अध्यक्षतामा स्थापना भएको पोखराको जेठो सामाजिक संस्था संघमा हाल २ हजार ७ सय ३१ सदस्य आबद्ध छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ ६ पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा उम्मेदवारी दिनका लागि…





