राजनीति

मनोनयनपत्र दर्तामा कठिनाइ भए आयोगले सहजीकरण गर्ने

काठमाण्डौं । निर्वाचन आयोगले मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत पहिलो हुने निवचित हुने प्रणालीतर्फ मनोनयनपत्र दर्ताका लागि हालैका दिनमा अविरल वर्षा, बाढी पहिरोलगायतका विपद्जन्य घटनाका कारण कतिपय स्थानमा आवतजावतमा समेत कठिनाइ हुने हकमा आवश्यक सहजीकरण गर्ने भएको छ । त्यस्तो घटना भएका स्थानमा लागि आवश्यक कागजात असोज २३ गते बिहान १० बजेभित्रमा यस आयोगको कार्यालय, कान्तिपथ, काठमाडौँमा प्राप्त भएमा आयोगले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाइ आवश्यक सहजीकरण गर्न सकिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ… पुरा पढौ

गठबन्धनबाट कास्की-२ मा नेकपा एसका श्रीनाथ बराल उम्मेदवार

सत्तारुढ गठबन्धनबाट कास्की क्षेत्र नम्बर २ मा नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल उम्मेदवार बनेका छन् । गठबन्धनको भागवण्डामा कास्की २ पाएपछि नेकपा एसलेले बराललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । कास्कीमा नेकपा एसले एउटा प्रतिनिधि सभा क्षेत्रमात्र पाएको छ । प्रदेश सभा सदस्य भने नेकपा एसले कास्कीमा पाएको छैन । पुराना एमाले नेता बराल माधव नेपालका प्रिय पात्र मानिन्छन् । नेपालले एमाले फुटाएर नेकपा एस बनाउँदा बरालले कास्कीमा दह्रो साथ दिएका थिए । एमालेमा रहँदा ईमान्दार नेताका रुपमा चिनिएका बराल… पुरा पढौ

एमालेले कास्कीका प्रदेश सभा सदस्यका उम्मेदवारहरुपनि टुंगो लगायो

नेकपा एमालेले कास्कीका प्रदेश सभा सदस्यका उम्मेदवारहरुपनि टुंगो लगाएको छ । एमालेले कास्कीका ६ वटै प्रदेश सभा सदस्यका उम्मेदवारहरु टुंगो लगाएको हो । एमाले निकट श्रोतका अनुसार कास्की १ (क)मा एमालेले खगराज अधिकारीलाई उम्मेदवार बनाएको छ । अधिकारी निवर्तमान कास्की १ का प्रतिनिधि सभा सदस्य हुन् । अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने चाहनासहित प्रदेश सभा सदस्यका लागि उम्मेदवार बनेको चर्चा छ । कास्की १ को (ख) मा एमालेले बेदबहादुर गुरुङ (श्याम)लाई उम्मेदवार बनाएको छ । उनी मादी गाउँपालिकाका निवर्तमान प्रमुख… पुरा पढौ

यी हुन् कास्कीका प्रतिनिधि सभाका एमाले उम्मेदवारहरु

नेकपा एमालेले कास्कीमा प्रतिनिधि सभाका उम्मेदवारहरु टुंग्याएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कास्कीमा प्रतिनिधि सभाका तीन वटै क्षेत्रका उम्मेदवारको टुंगो लगाएका हुन् । एमालेले अध्यक्ष ओलीलाई उम्मेदवार चयन गर्ने जिम्मा दिएको छ । एमाले निकट श्रोतका अनुसार कास्की क्षेत्र नम्बर १ मा मनबहादुर गुरुङलाई उम्मेदवार बनाउने निर्णय भएको छ । यसअघि उक्त क्षेत्रबाट एमालेका खगराज अधिकारी निर्वाचित भएका थिए । अधिकारीले प्रदेश सभाको उम्मेदवार बन्ने चाहना राखेपछि गुरुङलाई प्रतिनिधि सभाको उम्मेदवार बनाइएको हो । गुरुङ एमाले कास्कीका… पुरा पढौ

कांग्रेसले यस वर्ष चियापान नगर्ने

काठमाडौँ । नेपाली कांग्रेसले बडादसैँ, शुभ दीपावली र छठलगायत पर्वका अवसरमा प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यसपटक नहुने भएको छ । विसं २०३३ मा जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिनमा चियापान कार्यक्रम गरी शुभकामना आदान–प्रदान गर्ने परम्परा थियो । यस वर्ष आगामी मङसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि कोजाग्रत पूर्णिमाकै दिन असोज २३ गते नै पहिलो… पुरा पढौ

समानुपातिकको बन्दसूचीबाट २९ जनाको नाम फिर्ता, फिर्ता लिनेमध्य कांग्रेसका धेरै

काठमाण्डौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पेस गरिएको बन्दसुचीबाट विभिन्न दलका २९ उम्मेदवारले नाम फिर्ता लिएका छन् । यही असोज १६ गतेसम्म संशोधन पेस गर्न दिइएको समयमा सो बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम उम्मेदवारको बन्दसुचीबाट फिर्ता लिन चाहेमा यही असोज १७ गते बिहान १० बजेदेखि १२ बजेसम्म निवेदन दिन सकिने भनिएको थियो । उक्त प्रणालीका लागि निर्वाचन आयोगद्वारा तोकिएका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार प्रतिनिधिसभातर्फ नौ र प्रदेशसभातर्फ २० उम्मेदवारले नाम फिर्ता लिएका छन्… पुरा पढौ

पाँच दलीय गठबन्धनकोे बैठक बालुवाटारमा सुरु

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँच दलीय गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र बाँडफाँट गर्ने सम्बन्धमा छलफल गर्न शीर्ष नेताको बैठक बालुवाटारमा सुरु भएको छ । बैठकले पाँच दलीय कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरी अन्तिमरुप दिने विश्वास गरिएको छ । निर्वाचन क्षेत्र बाँडफाँटका लागि केही दिनदेखि दैनिक बसिरहेको बैठकलाई निरन्तरता दिँदै आज पनि बैठक सुरु भएको जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले राससलाई जानकारी दिनुभयो । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि यही असोज २३ गते आइतबार उम्मेद्वारी दर्ता कार्यतालिका… पुरा पढौ

३२ दलले सच्याए समानुपातिकतर्फको बन्दसूची

आउँदो मङ्सिर ४ गते हुने चुनावका लागि ३२ राजनीतिक दलले समानुपातिक बन्दसूची परिमार्जन गरेका छन् । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभातर्फ समानुपातिकको बन्दसूची सच्याएर बुझाउन हिजोसम्मको समयसीमा दिएर ४८ राजनीतिक दललाई पत्राचार गरेको थियो । निर्वाचन आयोग राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता तथा समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार ती ४८ दलमध्ये प्रतिनिधि सभातर्फ ३२ वटा राजनीतिक दलले समानुपातिकको बन्दसूची सच्याएर बुझाएका हुन् । प्रदेश सभातर्फ प्रदेश एकमा ३१ दल, मधेस प्रदेशमा २१, वागमती प्रदेशमा २०… पुरा पढौ

निर्वाचन आयोगले तोक्यो उम्मेदवारले गर्ने खर्चको सीमा

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल वा उम्मेदवारले गर्ने खर्चको सीमा तोकेको छ । आयोगले निर्वाचन क्षेत्रको मतदाता सङ्ख्या, मतदान केन्द्रको संख्या र क्षेत्रफललाई आधार मानी सुत्रमा आधारित भई विद्यमान कानूनबमोजिम निर्वाचनका लागि खर्चको हद तोकेको हो । खर्चको सीमा तोकिनुपूर्व आयोगले दलहरूसँग गरेको परामर्शमा सबै निर्वाचन क्षेत्रमा एकै प्रकारको खर्चको हद नतोक्न सुझाव आएअनुसार आयोगले फरक फरक हुने गरी निर्णय गरेको छ । खर्चको हद निर्धारण गर्दा २०७९ साल भदौ ३१ गते कायम भएको मतदाताको… पुरा पढौ

गण्डकी प्रदेश प्रमुखद्वारा विजयादशमीको शुभकामना

पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले विजयादशमीले सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धि गर्ने बताएका छन् । विजयादशी–२०७९ का अवसरमा आज शुभकामना सन्देश मार्फतउनले यस पर्वले क्रोध, लोभ, अन्याय, अत्याचार, रोग व्याधि तथा भोक र शोकले व्याप्त अनेक असत्यताको अन्त्य हुने विश्वास व्यक्त गरेका छन् । घटस्थापनदेखि नवमीसम्म माता नवदुर्गाको पूजासहित विशेष अर्चना र आराधना गरिने विजयादशमीलाई असत्यमाथि सत्यको विजय हासिल भएको मान्यता र प्रतीकका रूपमा मनाई पर्व विशेष महत्वको चाड भएको शुभकामना सन्देशमा उल्लेख छ । हाम्रो… पुरा पढौ