राजनीति

राष्ट्रपतिबाट लोकतान्त्रिक प्रणाली नै खतरामा : नेता पौडेल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भएको बताएका छन् । पौडेलले सामाजिक संजाल मार्फत जननिर्वाचित संसदबाट अनुमोदन भएर प्रमाणीकरण गरेर संवैधानिक अधिकार प्रयोग गर्नुको साटो विद्यमान राजनीति प्रणालीलाई नै खतरामा पार्ने काम भएको बताए । उनले सामाजिक संजालमा लेख्दैँ भनेका छन्, ‘जन निर्वाचित सभाबाट अनुमोदन सहित प्रस्तावित विधेयकको संबैधानिक अधिकार प्रयोग गर्नु पर्नेमा राष्ट्रपतिबाट प्रणालीनै खतरामा पार्ने काम भएको छ । बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनुले व्यवस्था माथिको प्रहार… पुरा पढौ

जलविद्युत् र पर्यटनमा लगानी भित्र्याउन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको जलविद्युत, पर्यटन र अन्य सम्भावित क्षेत्रमा इन्डोनेशियाको लगानी भित्र्याउने काममा सहजीकरण गर्न नेपालका लागि इन्डोनेशियाका राजदूतलाई आग्रह गरेका छन । आज प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेपालका लागि इन्डोनेशियाका राजदूत हेरु हारतान्तो सुबोलोसँगको भेटमा प्रधानमन्त्री देउवाले सो आग्रह गरेका हुन । सो अवसरमा प्रधानमन्त्री देउवाले नेपालमा गणतन्त्र इन्डोनेशियाको आवासीय दूतावास स्थापनाका लागि इन्डोनेशियाको सरकारलाई आग्रह पनि गरे । प्रधानमन्त्री देउवाले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि नेपाल भ्रमणका लागि राजदूत सुबोलोमार्फत… पुरा पढौ

सकियो गण्डकी प्रदेश सभाको पहिलो कार्यकाल

गण्डकी प्रदेश सभाको ५ वर्षे कार्यकाल सकिएको छ। २०७४ मंसिर १० गते निर्वाचित सांसदहरुले माघ ७ गते सपथ लिएका थिए। माघ २२ गते पहिलो बैठक बसेको संसदले हालसम्म ५९ वटा कानून बनाएको छ। सरकारले ६२ विधेयक संसदमा पेस गरेकोमा ३ वटा विधायन समितिमै छलफलको क्रममा छ। आमसञ्चार विधेयक, गण्डकी प्रदेश कानुन संशोधन विधेयक र कृषि ब्यवसाय प्रवद्र्धन ऐन संशोधन विधेयक पास गर्ने तयारी गरिएपनि हतारमा संसद अन्त्य गरेका कारण छलफल हुन पाएन। गण्डकी प्रदेशमा ३६ प्रत्यक्ष र २४ सामानुपातिकसहित ६०… पुरा पढौ

समानुपातिकतर्फको बन्द सूची बुझाउँदै कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसको टोली समानुपातिक तर्फको बन्द सूची बुझाउन निर्वाचन आयोग पुगेको छ । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको टोली सूची बुझाउन अहिले निर्वाचन आयोग पुगेको छ । महामन्त्री शर्मासहित कांग्रेसका सहमहामन्त्रीहरू भीष्मराज आङदेम्बे, महालक्ष्मी उपाध्याय ‘डिना’, जीवन परियारलगायत नेताहरू बन्द सूची बुझाउन आयोग पुगेका कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए । साथै बन्द सूचीकै बारेमा छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको पार्टी कार्यालयले जनाएको छ । आगामी मङ्सिर ४ गते… पुरा पढौ

संविधान कार्यान्वयनको चर्चा

सुदूरपश्चिम । नेपालको संवैधानिक इतिहासमा संविधानसभाबाट बनेको नेपालको संविधान २०७२, लागू भएको आज सात वर्ष पूरा भएको छ । संविधानबमोजिम सङ्घ, प्रदेश र स्थानीय तहका सरकार गठन भई शासन व्यवस्था सञ्चालन भइरहेको छ । सबै तहका सरकारले आआफ्ना अधिकारको प्रयोग गरेर शासन व्यवस्था सञ्चालन गर्दा भइरहेको संविधानको कार्यान्वयनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था संस्थागत गर्न मद्दत पु¥याएको छ । संविधानबमोजिम राज्यव्यवस्था सञ्चालनको अधिकार पहिलेको जस्तो सिंहदरबारमा सीमित नराखी स्थानीय तह र प्रदेश तहमा लैजानुलाई संविधान कार्यान्वयनको सबैभन्दा महत्वपूर्ण पक्ष मानिएको… पुरा पढौ

प्रदेशले पहिचान स्थापित गराएको छ : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सीमित स्रोत र साधनका बीच पनि प्रदेश सरकारले आफूलाई स्थापित गराउन सफल भएको बताए । संविधान दिवस २०७९ का अवसरमा मुख्यमन्त्री पोखरेलले आज जारी गर्नुभएको शुभकामना सन्देशमा मुख्यमन्त्री पोखरेलले वित्तीय स्र्रोत पर्याप्त प्राप्त नहुँदा, अधिकार हस्तान्तरण र जनशक्ति व्यवस्थापनमा ढिलाइका कारण प्रदेश तहले चाहेजस्तो काम गर्न नसकेको अनुभूति भए पनि क्षमताअनुसार काम गरेर पहिचान स्थापित गराउन सफल भएको बताए। सन्देशमा संविधानमा कतिपय अधिकार प्रदेशमा हस्तान्तरणमा ढिलाइ भइरहेको जनाउँदै उनले प्रदेश संरचना नै सङ्घीयताको खास… पुरा पढौ

पोखरामा अवैध संरचना हटाउन मेयर आचार्यको निर्देशन

पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अवैध संरचना हटाउन निर्देशन दिएका छन् । फेवाताल किनाराका अवैध संरचनाको निरीक्षण गर्न पुगेका भएका आचार्यले नगर प्रहरीलाई अवैध संरचना हटाउन निर्देशन दिएका हुन्। फेवातालदेखि ६५ मिटरभित्र कुनै पनि नयाँ संरचना बनाउन नपाईने नियम रहेको छ । पछिल्लो समय संरचना बन्न नरोकिएको सूचना पाएपछि मेयर आचार्यले निरीक्षण गरेका हुन् । महानगरको निर्देशनलाई अटेर गरी संरचना निर्माण गरे भत्काउन लाग्ने खर्च समेत सम्बन्धित व्यक्तिबाट अशुलउपर गर्ने पनि उनले बताए । महानगरले अवैध संरचना निर्माणमा… पुरा पढौ

युवालाई गुणस्तरीय शिक्षाको अवसर दियौँ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानमा उल्लेख गरिएका शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमशीलता तथा सामाजिक सुरक्षालाई व्यवहारमा सफल बनाउन अघि बढेको बताए । संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले संविधानमार्फत शिक्षा, स्वास्थ्य रोजगारी र उद्यमशीलता तथा सामाजिक सुरक्षालाई मौलिक हकका रूपमा उल्लेख गरेको बताए । उनले मौलिक हकलाई व्यवहारमा सफल बनाउन अघि बढेको बताए । अध्यक्ष ओलीले संविधान दिवसकै अवसरमा असोज १ गते पदयात्रा गरेर युवाको भविष्य सुनिश्चित गर्नका लागि कमाइ, औषधि र पढाइको अवधारणा ल्याएको बताए ।… पुरा पढौ

संविधान दिवस : टुँडिखेलमा विशेष समारोह, सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि

संविधान दिवसका अवसरमा काठमाण्डौको टुँडिखेलमा विशेष समारोह भएको छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायत मन्त्री, सांसद, कर्मचारी, सुरक्षा अङ्गका प्रमुखलगायत सहभागी भएका थिए । यस्तै, समारोहमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै शान्तिको प्रतीक सेतो परेवा उडाइएको छ । संविधान जारी भएको सात वर्ष बितेको छ । संविधान जारी भएको अवसरमा आज विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । पुरा पढौ

समानुपातिकको बन्दसूची बुझाउने क्रम सुरु

काठमाडौँ आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको बन्द सूची बुझाउने क्रम सुरु भएको छ । सो प्रणालीका लागि आयोगको बहादुरभवन, कान्तिपथमा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बन्दसूची बुझाउने क्रम सुरु भएको हो । उक्त सूची बुझाउन असोज २ र ३ गतेका लागि आयोगले समय निर्धारण गरेकाले आज पहिलो दिन ठला दलबाहेक केही दलबाट मात्रै बुझाउने क्रम सुरु भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधिसभा, प्रदेशसभाका लागि सूची बुझाउन आठ स्थल र… पुरा पढौ