राजनीति

सहमतिनै समस्या समाधान हो : शिक्षामन्त्री पौडेल

काठकाडौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विभिन्न विद्यार्थी सङ्गठनले तालाबन्दी गरेर विश्वविद्यालयका समस्या समाधान नहुने बताएका छन् । पद्यकन्या क्याम्पसको ७२औँ वार्षिकत्सव समारोहको अवसरमा शनिबार क्याम्पस आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रि पौडेलले वार्ता, छलफल र संवादबाट समस्याको अन्त्य गर्न सकिने धारणा राखेका थिए । विश्वविद्यालयमा पहुँचको भरमा नियुक्ति हुनु राम्रो नभएको भन्दै पौडेलले विश्वविद्यालयमा आफ्नो क्षमता र योग्यता सिद्द गरेर प्रतिस्पर्धाबाटै, सक्षम व्यक्ति आउने कुरा स्थापित गर्नु अहिलेको आवश्यकता भएको बताए । महिलाहरूको मुलतः अध्ययन र अध्यापन गराउने… पुरा पढौ

सरकार आम नेपालीहरुको जीवन रक्षाका लागि प्रतिवद्ध छ – गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान सरकार आम नेपालीहरुको जीवन रक्षाका लागि प्रतिवद्ध रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित आत्महत्या रोकथाम तथा न्युनिकरण सम्बन्धी सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले हरेकको जन्म राम्रा कामका लागि हुने भन्दै आत्महत्याको बाटो कसैले रोज्नु नहुने बताए । उनले नेपाल प्रहरीले पनि आम नागरिकको जनधनको रक्षाका लागि र शान्ति सुरक्षाको लागि प्रतिवद्धतापूर्वक काम गर्न उल्लेख गरे । गृहमन्त्री खाँणले हरेक मानिसले सबैभन्दा पहिला आफ्नो जीवन र समाजको रक्षा गर्न… पुरा पढौ

संविधान कार्यान्वयनका लागि कांग्रेसले नै म्यान्डेट पाउछ ः नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालको संविधान कार्यान्वयनका लागि निर्वाचनबाटै कांग्रेसले नै म्यान्डेट पाउने बताए ।लौहपुरूष गणेशमान सिंहको २५औँ स्मृति दिवसका अवसरमा गणेशमान सिह फाउन्डेसनले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले मौका पाउँदा संसद् विघटन गर्नेलाई भन्दा जनताले कांग्रेसलाई नै म्यान्डेट दिने उल्लेख गरे । संविधानको सफल कार्यान्वयनका लागि आगामी मङ्सिर ४ गतेको निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनको जित निश्चित रहेको नेता सिंहको भनाइ थियो । स्थानीय तहलाई बलियो बनाएर शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा जनतामा अनुभूत हुनेगरी काम गर्नुपर्नेमा जोड… पुरा पढौ

निर्वाचन प्रकिया आजबाट सुरु, समानूपातिकतर्फको बन्दसूची आज र भोली पेश गर्ने कार्यतालिका

आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन प्रकिया आज आइतबार)बाट सुरु भएको छ । नयाँ जनप्रतिनिधि चयनका लागि राजनीतिक दलहरूले आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्दैछन् । निर्वाचन आयोगले आज र भोली समानूपातिकतर्फको बन्दसूची पेश गर्ने तालिका तय गरेको छ । उम्मेदवारको बन्दसूची छानबीन गरि आवश्यकता अनुसार सच्याउन असोज ४ देखि ९ गतेसम्मको समय दिइएको छ । यस्तै, सो बमोजिम राजनितिक दलहरुले उम्मेदवारको बन्दसूची संशोधन गरि पेश गर्नका लागि असोज १० गते देखि असोज १६ सम्मको… पुरा पढौ

लौरो अभियानको उद्घोष :पूरानाको विकल्प हामी

पोखरा । लौरो अभियानले गण्डकी प्रदेश उम्मेदवारी घोषणा कार्यक्रम सम्पन्न गरेको छ । प्रतिनिधि सभा र प्रदेश सभा गरि १० जनाले अभियानको तर्फबाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।उम्मेद्वारी घोषणा गर्दै अभियानका अभियन्ताहरुले अबको नेतृत्व पूरानो नेतृत्वको विकल्पमा आफूहरु रहेको बताएका छन् । गण्डकीबाट प्रतिनिधि सभा सदस्यका लागि मुस्ताङ बाट राप्के गुरुङ, स्याङ्जा १ बाट अधिवक्ता सोम बहादुर नेपाली, नवलपुर १ बाट तुल्सी भुसाल, तनहुँ २ बाट विष्णु पराजुलीले प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । यस्तै,… पुरा पढौ

चौर गाउँको विकास गछौंः वडा

पोखरा । पोखरा १८ स्थित चौर पाखा गाउँको विकासका लागि वडा कार्यालय सकरात्मक रहेको त्यहाँका जनप्रतिनिधिले बताउनुभएको छ । शनिवार आज गाउँमा भएको भेलाका बीच वडा सदस्य नमराज सुवेदीले हिजो चौरपाखाको विकासलाई उपेक्षा गरिएकोमा दुःख व्यक्त गर्दै अव त्यस्तो नहुने प्रतिबद्धता जनाउनुभयो । विकट गाउँको विकासका लागि संघीयता आएको उल्लेख गर्दै वडा सदस्य सुवेदीले चौरपाखालाई उज्यालो गाउँ बनाउन वडाले सडक बत्ती सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । वडा सदस्य रमेशबहादुर थापाले पोखराको मुख्य क्षेत्रबाट चौरपाखा नजिक रहेपनि विकट रहेको… पुरा पढौ

डेङ्गु नियन्त्रण गर्न सांसदको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाका सांसदले निर्धारित अवधिमा सडक ठेक्का सम्पन्न नहुँदा नागरिकले खेपेको हैरानी र निरन्तर फैलिरहेको डेङ्गु नियन्त्रण सरकारको ध्यान दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा उनीहरुले निर्माणमा ढिलाइ गर्ने निर्माण कम्पनीलाई कारबाही गर्नुपर्ने र डेङ्गु रोकथाममा लाग्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद विद्या भट्टराई निर्माणाधीन राजमार्ग जोखिम राजमार्ग बनेको भन्दै तीनलाई चाँडो सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याए । सांसद सीताराम महतोले सुनसरीको इनरुवाको बाटो ठेक्का लागेको आठ महिना भए पनि काम अघि नबढेकाले मन्त्रालयको ध्यानाकर्षण गराए ।… पुरा पढौ

प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल असोज १ गते रातिपछि सकिने

काठमाडौँ । निर्वाचन आयोगले विद्यमान प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको कार्यकाल आगामी असोज १ गते राति १२ बजेदेखि स्वतः कायम नरहने स्पष्ट गरेको छ । आयोगले राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको भदौ २८ गतेको पत्र र भदौ २९ गतेको राजनीतिक दलसँगको बैठकबाट प्राप्त सुझाव समेतका आधारमा संवत् २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि राजनीतिक दलले पेश गरी आयोगले प्रकाशन गरेको उम्मेदवारको बन्दसूची असोज १ गते राति १२ बजेदेखि स्वतः कायम नरहने गरी आयोगले निर्णय गरेको हो… पुरा पढौ

प्रतिनिधिसभा : वार्षिक प्रतिवेदन पेश

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा ‘न्यायपरिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७र७८’ पेश भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाकोतर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुुसालले सो प्रतिवेदन पेश गरेका हुन । यस्तै प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभाबाट प्राप्त सन्देशसहित विभिन्न तीन वटा विधेयक टेबल गरे । ती विधेयकमा ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९’, बीमा विधेयक, २०७९’ र ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९’ छन् । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रको… पुरा पढौ

अध्यक्ष प्रचण्डसँग अमेरिकी राजदूतको भेटवार्ता

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले बिदाइ भेटवार्ता गरेका छन । खुमलटारस्थित अध्यक्ष निवासमा आज बिहान भएको भेटवार्तामा अमेरिका र नेपालबीचको दुई पक्षीय सम्बन्धका बारेमा छलफल भएको थियो । सो क्रममा अध्यक्ष प्रचण्डले राजदूत बेरीलाई सफल कार्यकालका लागि बधाइ ज्ञापन गरेका उनको सचिवालयले जनाएको छ ।रासस पुरा पढौ