राजनीति

मधेसी दलितद्वारा संसदमा प्रतिनिधित्व माग

मधेसका अगुवा दलितहरुले अगामी प्रतिनिधि तथा प्रदेशसभाको चुनावमा मधेसी दलितलाई सहभागी गराउने विषयमा निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएका छन्। निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियालाई आइतवार भेटेर उनीहले सो ध्यानाकर्षण गराएका हुन्। प्रतिनिधिसभा दलितका लागि १३.८ प्रतिशत आरक्षित कोटा र प्रदेशमा जनसंख्याको अनुपातमा दलितको प्रतिनिधित्वका लागि निर्वाचन आयोगले विशेष पहल गरियोस् भनि आफूहरुले ध्यानाकर्षण पत्र नै बुझाएका हुन्। निर्वाचन आयोगले दलहरुलाई समानुपातिकको सूची बुझाउन निर्णय गरी पत्राचार गर्दा दलितभित्रका महिला र मधेशी दलितलाई जनसंख्याको आधारमा समान अवसर दिने कुराको ग्यारेन्टी हुनुपर्ने… पुरा पढौ

१ असोजमा भोज खाएर विदा हुँदै संघीय सांसदहरु

आगामी असोज १ गतेबाट संघीय सांसदहरु बिदा हुँदैछन्। असोज १ गते प्रतिनिधि सभाको यो कार्यकालको अन्तिम बैठक बस्ने र २०७४ मा निर्वाचित प्रतिनिधि सभा सांसदहरुलाई बिदाई गर्ने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ। ५ वर्षअघि अर्थात २०७४ मंसिर १० र २१ गते भएको निर्वाचनमा निर्वाचित भएका प्रतिनिधि सभाका सांसदहरु पहिलो पटक सोही सालको फागुन २१ संसद प्रवेश गरेका थिए। प्रतिनिधि सभाको कार्यकाल आगामी असोज १ गतेसम्म मात्रै रहने निक्र्याेल भएसँगै सोही दिन अर्थात असोज १ गते अन्तिम बैठक बसेर… पुरा पढौ

गण्डकी प्रदेशको समानुपातिक मतपत्र छाप्न थाल्यो

निर्वाचन आयोगले आजदेखि गण्डकी प्रदेशसभा सदस्यको समानुपातिकतर्फको मतपत्र छाप्न थालेको छ । चारवटा प्रदेशको प्रदेशसभा सदस्य समानुपातिकतर्फको मतपत्र छाप्न सुरु गरिएको आयोगले जनाएको हो। गण्डकी प्रदेशलगायत प्रदेश १, मधेश, बागमती प्रदेशसभाको समानुपातिकतर्फका मतपत्र छाप्न थालेको हो । चारवटा प्रदेशका लागि करिब एक करोड ३१ लाख मतपत्र छाप्ने आयोगको भनाई छ । आयोगका अनुसार प्रतिनिधि र प्रदेशसभाको समानुपातिकतर्फ करिब २० लाख नमुना मतपत्र छापिँदै छन् । आयोगले भदौ २१ गतेदेखि नमुना मतपत्र छाप्न सुरु गरेको हो । पुरा पढौ

व्यवस्था परिवर्तन माओवादीको, रजाँई अरुको: शिक्षामन्त्री पौडेल

शिक्षा तथा विज्ञान प्रविधि मन्त्री देबेन्द्र पौडेलले माओवादीले ल्याएको प्रणालीमा अरूले रजाँई गरेको बताएका छन्। उनले भने, ‘माओवादीले ल्याएको एजेण्डालाई अन्य पार्टी संस्थागत गर्न नसक्दा समस्या आएको हो।’ प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिको बैठकमा सम्वोधन गर्दै नेकपा माओवादी केन्द्रका सचिवसमेत रहेका मन्त्री पौडेलले यस्तो बताएका हुन्। माओवादीले ल्याएको एजेन्डालाई संस्थागत गर्नको लागि माओवादी निकट पत्रकारले आक्रामक ढंगले प्रचार मोर्चामा लाग्न निर्देशन समेत दिए। उनले माओवादी कमजोर बन्दा परिवर्तनका एजेन्डाहरू उल्टिन सक्ने खतरा रहेकाले माओवादी उमेदवारले आगामी चुनावमा जित्नुपर्ने बताए।… पुरा पढौ

एकीकृत समाजवादी कास्की अध्यक्षमा हमाल

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) कास्की अध्यक्षमा खड्ग हमाल चयन भएका छन् । जिल्ला कमिटीको शनिबारको बैठकबाट हमाललाई अध्यक्ष चयन गरिएकोसचिव होम नेपालीले जानकारी दिएका छन्। हमाल यसअघि जिल्ला कमिटी उपाध्यक्ष थिए। कार्यकारी राष्ट्रिय पद भएकाले पार्टीको प्रमुख पद नपाइने पार्टीको विधान अनुसार अध्यक्ष परिवर्तन गरिएको हो। जिल्ला कमिटी अध्यक्ष धनराज आचार्य गत स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिका मेयरमा निर्वाचित भएपछि हमाललाई अध्यषमा उपसचिव पूर्ण लामालाई उपाध्यक्षमा चयन गरिएको हो। पुरा पढौ

समाजवादी ट्रेड युनियन महासंघ गण्डकी प्रदेश इन्चार्जमा पौडेल

जनता समाजवादी पार्टी निकट समाजवादी ट्रेड युनियन महासंघ गण्डकी प्रदेश समितिको इन्चार्जमा झलक पौडेल चयन भएका छन्। महासंघको शनिबार पोखरामा भएको प्रथम भेलाबाट इन्जार्जमा झलक पौडेल चयन भएका हुन्। भेलाले इन्चार्ज पौडेलसहित २३ सदस्यीय प्रदेश समिति गठन गरेको हो। जसको अध्यक्षमा भिमबहादुर मगराती चयन र विराट पौडेल, हिरा मल्ल, श्याम पोखरेल, शिला परियार र मिठु परियार छन्। समितिको सचिवमा रामजुलुङ शर्मा र सह–सचिवमा विरोध पौडेल छन्। कोषाध्यक्षमा हनु कुँवर र सह–कोषाध्यक्ष शर्मिला मगराती चयन छन्। सदस्यहरुमा कुमार श्रेष्ठ, कुमार गुरुङ,… पुरा पढौ

निर्वाचनमा महिलाको अर्थपुर्ण सहभागिता सम्बन्धमा छलफल

पोखरा । निर्वाचनमा महिलाको अर्थपुर्ण सहभागिता सम्बन्धमा छलफल कार्यक्रम पोखरामा सम्पन्न भएको छ । महिला गैर सरकारी संस्था महासंघ, शान्ति,न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल संकल्प र आमा मिलन केन्द्रको सयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जील्ला समन्वय समिति कास्कीका उप प्रमुख सरिता मालले अझै पनि पार्टीको होस या कुनै सस्थाको महिला नेतृत्वलाई समाजले सहज रुपमा स्विकार नगरेको बताइन् । उनले राजनितिमा महिलाको अर्थपूर्ण सहभागिता वढाउन महिलाहरु एकजुट हुन पर्ने बताइन । महिलाहरु… पुरा पढौ

गण्डकी प्रदेशमा जडिवुटि उद्योग स्थापना गर्न व्यवसायीलाई मन्त्री बरालको आग्रह

पोखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले प्रदेशका जडिवुटिको प्रशोधन गर्ने उद्योग स्थापना गर्न व्यवसायीहरुलाई आग्रह गरेका छन् । नेपाल आयुर्वेद औषधि व्यवसायी संघ गण्डकीको शनिबार पोखरामा सम्पन्न भएको बार्षिक साधारण सभा तथा दोश्रो अधिवेसनको उद्घाटन गदैै मन्त्री बरालले गण्डकी प्रदेशमा जडिवुटिको अथाह सम्भावना भएकोले जडिवुटि प्रशोधन गर्ने उद्योग प्रदेशमा स्थापना गर्न व्यवसायीहरुलाई आग्रह गरेका हुन् । मन्त्री बरालले व्यवसायीहरुलाई उनले भने “ अब तपाईहरुले आयात गरिएको औधषिहरु मात्र बिक्रि गर्न पसल मात्र खोल्ने होइन, आफ्नो… पुरा पढौ

मन्त्री थापाद्वारा बगालेटोल सामुदायिक भवनको उद्दघाटन

पोखरा । गण्डकी प्रदेश सरकारका कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले पोखरा ८ मा निर्माण भएको बगालेटोल सामुदायिक भवनको उद्दघाटन गरेका छन् । सुन्दर मार्ग टोल विकास संस्थाले निर्माण गरेको सामुदायिक भवनको शनिबार एक कार्यक्रमका बीच उनले उदघाटन गरेका हुन् । मन्त्री थापाले सामुदायिक भवनको स्थापनाले सुन्दरमार्ग टोलमा बसोबास गर्नुहुने स्थानीयलाई सहजता मिल्ने विश्वास लिएका छन् । ‘सामुदायिक भवनको स्थापनाले बगालेटोल बासी स्थानीयलाई सामाजिक तथा धार्मिक कार्यक्रम गर्न सहजता मिल्ने विश्वास लिएको छु । गण्डकी प्रदेश सरकार,… पुरा पढौ

एमालेका कान्छो जिल्ला सदस्यको संसदीय सपना

पोखरा । गतवर्ष भएको नेकपा एमाले कास्कीको १० औँ अधिवेशनमा देशकै कान्छो जिल्ला सदस्यमा निर्वाचित भएका थिए विवेक त्रिपाठी । एमाले कास्कीका सयौ जनालाई पछि पादै लोकप्रिय मत ल्याएका उनै त्रिपाठी कास्की जिल्ला क्षेत्र नम्वर ३ मा अहिले संघीय संसद प्रतिनिधि सभा सदस्यका लागि उमेदवार सिफारिस भएका छन् । उमेरले २७ काट्दै गरेका त्रिपाठी उमेदवार बन्ने आकांक्षीमध्यकै कान्छा हुन् । १० औँ अधिवेशनमा विद्यार्थी राजनीतिमा उमेर हद लागु गर्नु पर्ने भन्दै राजीनामा दिएर शक्रिय राजनीतिमा लागेका थिए । जिल्ला निवार्चनमा… पुरा पढौ