राजनीति

महिला अधिकारकर्मीले भने–‘समानुपातिक समावेशी अधिकारको दुरुपयोग गर्न पाइँदैन’

महिला अधिकारकर्मीले संविधानको भावनाअनुरुप समानुपातिक समावेशी अधिकार सुनिश्चित हुनुपर्ने माग गरेका छन् । महिला अधिकारका लागि दबाब अभियानले आज माइतिघर मण्डलामा दबाबका लागि र्‍यालीसहित अधिकारको माग गरिएको हो । त्यस क्रममा माइतिघर मण्डलाबाट सुरु भएको र्‍याली बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । र्‍यालीमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था धनि र सम्पन्नशाली व्यक्तिका लागि नभइ सीमान्तकृत, महिला, दलित, जनजाति र पछाडि पारिएका समुदायको अधिकारका लागि रहेको भन्दै विरोध जनाइएको थियो । सहभागी महिलाहरूले संविधानप्रदत्त समानुपातिक समावेशी अधिकारको पालना, दण्डहीनताको अन्त्य, नेतृत्वमा महिला… पुरा पढौ

तत्कालीन गृहमन्त्री रमेश लेखकको भ्रमण फुकुवा

गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको भ्रमण फुकुवा गरेको छ । आयोगको आजको बैठकले पूर्वगृहमन्त्री लेखकको विदेश भ्रमणमा रोक्का लगाउने र स्वीकृति बेगर काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था फुकुवा गरेको शाखा अधिकृत रेशम बुढा क्षेत्रीले जानकारी दिए । आयोगले आज गृह मन्त्रालयलाई पत्र लेखी लेखकको भ्रमण फुकुवाको जानकारी गराएको छ । आयोगले सो पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन, परराष्ट्र मन्त्रालय, प्रहरी प्रधान कार्यालय र निज लेखकलाई दिइएको… पुरा पढौ

जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित विषयमा जाँचबुझ गर्न गठित आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्राचार गर्नेभएको छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आज सञ्चारकर्मीको प्रश्नको जवाफमा तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिने काम सम्पन्न भएसँगै अब तत्कालीन प्रधानमन्त्री ओलीलाई बयानमा बोलाउन पत्राचार गर्न लागेको स्पष्ट गरे । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री ओलीले सो आयोगको कानुनी हैसियत र स्वच्छतामा प्रश्न उठाउँदै बयान दिन आयोगमा नजाने पक्षमा आफ्नो भनाइ सार्वजनिक गरिरहेको… पुरा पढौ

वर्तमान सरकारले निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्नेछः गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार विधिको शासन, भ्रष्टाचारमुक्त प्रशासनको प्रत्याभूति गर्दै सुशासन कायम गरी निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यसहित निर्वाचनको तयारीमा लागिसकेको बताएका छन् । अध्यागमन विभागद्वारा आज काठमाडौँमा आयोजित ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ ९एफएनएमआइएस० कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री अर्यालले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न यथास्थानबाट सरोकार भएका सबैको यथोचित भूमिकाको अपेक्षा पनि सरकारले गरेको बताए । उनले नेपाल भ्रमण गर्ने विदेशी नागरिकको भ्रमण सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग… पुरा पढौ

हतारमा गल्ती भएको महशुष भएको छ, त्यसमा रिभ्यू हुन्छ : रवि

सन्देश श्रेष्ठपोखरा, पुस १६ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विधि मिचिएको अवस्था भए रास्वपामा राईट टु रिकल हुने बताएका छन् । सूर्य दर्शन सहकारी ठगी मुद्दामा तारिख बुझ्न पोखरा आएका उनले बुधबार पोखराका पत्रकारहरुसँग कुरा गर्दै सोमबार बुझाइएको समानुपातिक उम्मेदवारको नामावलीमा विधि मिचिएको पाईए राईट टु रिकल गरिने बताएका हुन् । रास्वपाले बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा नेताका आफ्ना आफन्त रहेको पाइएको छ । जसका कारण अहिले सामाजिक सञ्जालमा नयाले नै विधि मिचेको भन्दै आलोचना भइरहेको छ । सो… पुरा पढौ

कानुनबमोजिम खर्च विवरण पेस गर्ने उम्मेदवार कालोसूचीमा नरहने आयोगद्वारा स्पष्ट

निर्वाचन आयोगले विगतका निर्वाचनमा उम्मेदवार रही कानुनबमोजिम खर्च विवरण पेस र सार्वजनिक गर्ने उम्मेदवार कालोसूचीमा नरहने स्पष्ट गरेको छ । खर्चको विवरण बुझाउने उम्मेवारको पनि कालोसूचीमा नाम कायम रहेको भनी प्रकाशित समाचारबारे आज आयोगले स्पष्ट गरेको हो । विसं २०७९ को प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार भई प्रचलित निर्वचन कानुनअनुसार निर्वचन खर्चको विवरण सार्वजनिक नगर्नेका हकमा जरिवानाको कारबाही गरी पुनः त्यस्तो निर्वचन खर्चको विवरण सार्वजनिक गर्न आदेश दिइएको आयोगले जनाएको छ । आयोगले हाल कतिपय सञ्चारमाध्यममा आएकोजस्तो कतिपय… पुरा पढौ

महामन्त्री थापा भन्छन् :‘पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्नेगरी अगाडि बढिरहेका छौँ’

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यही पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्नेगरी अगाडि बढिरहेको बताएका छन् । आज राष्ट्रिय एकता र मेलमिलाप दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले सम्पूर्ण साथीहरूलाई दृढतापूर्वक यो मार्गमा हातेमालो गर्दै एकताबद्ध हुन आह्वान गरे । “कांग्रेसले उत्तरदायित्व बोधका साथमा राष्ट्रिय भूमिका निर्वाह गर्न आत्मविश्वासको विन्दु खोजिरहेको छ”, महामन्त्री थापाले भने, “यो आत्मविश्वास हाम्रो एकता र समन्वयबाट आउँछ । एकता निषेधबाट वा फरक विचारलाई बेवास्ता गरेर नभई भिन्न मतहरू व्यक्त गर्ने साझा मञ्चको प्रयोगबाट उद्भव हुन्छ… पुरा पढौ

पोखरामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

राष्ट्रियसभा सदस्य पदका लागि पोखरामा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी माघ ११ गते हुने निर्वाचनलाई लक्षित गरी प्रदेश निर्वाचन कार्यालय पोखराको परिसरमा प्रदेश स्तरीय निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । कार्यालयको उद्घाटन कास्कीका जिल्ला न्यायाधीश हिमलाल बेलबासेले गरे । आयोगले जिल्ला न्यायाधीश बेलबासेलाई निर्वाचन अधिकृत तोकेको छ ।कार्यालयको उद्घाटन गर्दै उनले निर्वाचनमा सघाउन सबैसँग अपिल गरेका छन् ।निर्वाचन अधिकृत समेत रहेका बेलबासेले घोषित निर्वाचन स्वच्छ र भय रहित वातावरणमा सम्पन्न गर्ने प्रतिबद्धता जनाए । सो… पुरा पढौ

मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पायो

मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको करिब एक महिनापछि प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्रीको नेतृत्वमा गठित सरकारले आज थप छ जना मन्त्री समेटेसँगै मन्त्रिपरिषद् पूर्ण बनेको हो । आज छ जना नवनियुक्त मन्त्रीले प्रदेशका प्रदेश प्रमुख डा सुरेन्द्रलाभ कर्णसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मनिषकुमार सुमनलाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ भने राजकुमार गुप्ताले भौतिक पूर्वाधार विकास मन्त्रालयले जिम्मेवारी पाएका छन् । शङ्करप्रसाद चौधरीलाई वन तथा वातावरण, श्यामप्रसाद… पुरा पढौ

निर्वाचन लोकतन्त्रको असल अभ्यास: गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा हराएका, लुटिएका हतियार र बन्दीगृहबाट फरार कैदीलाई आगामी फागुन २१ गते अगावै नियन्त्रणमा ल्याइसक्ने दावी गरेका छन् । विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय सुरक्षा समितिको बैठकमा उनले फरार अधिकांश कैदीबन्दी सम्पर्कमा आइसकेको र बाँकीलाई समेत विशेष अभियान सञ्चालन गरी यथाशीघ्र नियन्त्रणमा ल्याइने बताए । गृहमन्त्री अर्यालले भने, “राजनीतिक दलहरुले लुटिएका हतियार र फरार कैदीबन्दीलाई प्रमुख सुरक्षा चुनौतीको रुपमा औँल्याएको विषयप्रति सरकार संवेदनशील भएर काम गरिरहेको छ । दलसँगको वार्ता… पुरा पढौ