राजनीति

कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधन भएको छ । उच्च रक्तचाप, सुगरलगायत स्वास्थ्यमा समस्या देखिएपछि विगत एक महिनादेखि काठमाडौँको सीनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार गराइरहेका आलमको आज बिहान २ः०० बजे निधन भएको हो । आलमलाई दसैँअघिदेखि अस्पतालमा भर्ना गरेर राखिएको थियो । पछिल्लो एक सातादेखि स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । आलमको उपचारका क्रममा आज निधन भएको अस्पतालका सञ्चालक एवं कांग्रेसका निवर्तमान सांसद डा सुनिल शर्माले जानकारी दिए । आलम विसं २०५१ को… पुरा पढौ

कांग्रेस महाधिवेशन बारे कास्की सभापती बराल भन्छन् : महाधिवेशन कहिले भन्दा पनि कांग्रेसले के नया दिनसक्छ ? मन्थन गरौं

सन्देश श्रेष्ठपोखरा, कात्तिक २१ नेपाली कांग्रेस कास्कीका सभापती किशोरदत्त बरालले महाधिवेशनको गलफत्ती भन्दा नीति तथा कार्यक्रममा केन्द्रीत हुन नेतृत्वलाई सुझाव दिएका छन् । कांग्रेसमा संस्थापन पक्ष नियमित महाधिवेशन हुनुपर्ने र त्यो महाधिवेशन चुनाव पछि गनुपर्नेमा उभिएको छ भने ईतर पक्ष चुनाव अघि नै विशेष महाधिवेशन गर्नुपर्ने आवाज उठाईरहेको छ । संस्थापन र ईतर पक्ष आ–आफ्नै अडानमा रहिरहेका बेला देशभरका कार्यकर्ता पनि विभाजित छन् । यसैबीच कांग्रेस कास्कीका सभापती बरालले पनि मुख खोलेका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै… पुरा पढौ

विप्लव समूहको काठमाण्डौंमा प्रदर्शन,जेन–जीका कारण निरंकुश सत्ता खरानी भयोः महासचिव विप्लव

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिष्ट पार्टी नेपालले जनप्रदर्शन सहितको जनसभा गरेको छ। सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै नेकपाले र्‍यालीसहित प्रदर्शन गरेको हो ।सभालाई सम्बोधन गर्दै महासचिव नेत्रविक्रम चन्द विप्लवले निरंकुश बन्दै गएको सत्तालाई जेन–जीको बलिदानले खरानी बनाइदिएको बताएका छन्। उनले जेन–जी पुस्ताले आफ्नो रगत दिएर निरंकुश सत्तालाई खरानी बनाएको बताएका हुन्। विप्लवले काठमाडौंको सडकबाट नवयुवाको रगत अझै आलै रहेको र जलाइएका संरचनाहरू जीर्ण बनेर उभिएको जिकिर गरे।प्रवक्ता खड्गबहादुर विश्वकर्मा ुप्रकाण्डले सामाजिक सञ्जालमाथि केपी ओली सरकारले प्रतिबन्ध लगाएर मूर्खतापूर्ण काम गरेको… पुरा पढौ

नर्सको सेवा सुविधा तोक्न गठित कार्यदललाई थप एक महिना समय

नर्सलाई सरकारी सेवा सरह सुविधा तोक्नका लागि गठित कार्यदललाई थप एक महिना समयावधि थप गरिएको छ । सरकार र आन्दोलनरत समूहबीच भएको सहमतिअनुसार सो कार्यदललाई थप एक महिना समय दिइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए ।सहमतिअनुसार कार्यदलले नर्ससहित अन्य विषयको विस्तृत अध्ययन गरी समाधानका लागि ठोस कार्ययोजना तयार गर्न केही समय लाग्ने भएकाले मङ्सिर १५ गतेसम्म म्याद थप्ने निर्णय भएको उनले बताए । “अहिले कार्यदलले सहमतिअनुसार नर्सको सेवा सुविधा दिनका लागि आफ्नो काम अगाडि बढाएको छ,” उनले… पुरा पढौ

गृहमन्त्री ओमप्रकाश अर्याललाई राजिनामा दिन सुधन गुरुङको सुझाव

जेनजी आन्दोलनका अगुवा सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याललाई गम्भीर चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै राजीनामा नदिए दुई दिनभित्र भविष्य निर्धारण हुने बताएका हुन् ।उनले काम गर्न नसके पद छाड्ने बाचा यसअघि नै गरेको भए पनि अहिलेसम्म काम गर्न पनि नसकेको र कुर्सीमा टाँसिएर बसेको हुनाले चुनावमात्रै भनेर बस्ने अवस्था नभएको बताएका छन् । उनले यही अवस्थामा चुनाव हुन पनि नदिइने बताएका छन् । “०८४ को चुनाव ०८२ मा सार्नलाई गरिएका आन्दोलन होइन यो,” उनले लेखेका छन्,… पुरा पढौ

संयोजक बने प्रचण्ड, सहसंयोजकमा माधव कुमार नेपाल

नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन्। भृकुटीमण्डपमा आयोजित एकता सभाबाट प्रचण्ड संयोजक चयन भएका हुन्।त्यस्तै सहसंयोजकमा माधव कुमार नेपाल चयन भएका छन्। नेता महेन्द्र राय यादवले संयोजकमा प्रचण्ड र सहसंयोजकमा माधवकुमार नेपाल चयन भएको घोषणा गरेका थिए। यसअघि प्रचण्ड नेकपा माओवादी केन्द्रका संयोजक थिए भने नेपाल नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष थिए। दुई पार्टी एकता गर्ने सहमति भएसँगै बुधबार एकता सभा आयोजना गरिएको हो। पुरा पढौ

माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित विभिन्न दश वामपन्थी पार्टीबीच एकता घोषणा भएको छ । भृकुटीमण्डपमा आज आयोजित समारोहमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा माओवादी समाजवादी र नेकपा साम्यवादी लगायत वाम पार्टीबीच एकता घोषणा गरिएको हो । एकता घोषणापछि एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ राखिएको छ । एकता घोषणासभामा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका वरिष्ठ नेता… पुरा पढौ

राजदूत फिर्ता बोलाउने सरकारको निर्णयप्रति बारको ध्यानाकर्षण

नेपाल बार एसोसिएसनले राजदूत फिर्ता बोलाउने निर्णयका सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेकाले उक्त निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बारका महासचिव केदारप्रसाद कोइरालाद्वारा आज जारी प्रेस विज्ञप्तिमा हालै राजदूत फिर्ता बोलाउने नेपाल सरकारको निर्णयका सन्दर्भमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन भई अन्तरिम आदेश जारी भइरहेको अवस्थामा सम्बन्धित राजदूतलाई सरकारले परराष्ट्र मन्त्रालयमा काम, काज गर्नेगरी फिर्ता बोलाइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । “अदालतको फैसला वा आदेशको परोक्ष रूपले पालना नगर्ने कार्यले स्वेच्छाचारिताको प्रवर्द्धन गर्दछ”, विज्ञप्तिमा भनिएको छ, “अदालतको… पुरा पढौ

बयान दिन रवि लामिछाने सिंहदरबारमा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग जेनजी आन्दोलन छानबिन आयोगले बयान लिने तयारी गरेको छ । आयोगलाई बयान दिनका लागि नख्खु कारागारमा रहेका सभापति लामिछानेलाई सिंहदरबारस्थित आयोगकै कार्यालयमा लगिएको छ ।ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी होविन्द्र बोगटीले लामिछानेलाई सिंहदरबार पुर्‍याइसकिएको जानकारी दिए। गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा ललितपुरको नख्खु कारागारबाट बाहिर आएको विषयमा बयान लिन लागिएको हो। जेनजी आन्दोलनको घटना छानबिनका लागि सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको छ। पुरा पढौ

विश्राम लिनुपर्ने नेताहरूका कारण कम्युनिस्टहरु विभाजित भए ः महासचिव भुसाल

नेकपा एकीकृत समाजवादी पार्टी महासचिव घनश्याम भुसालले शिर्ष नेताहरुकै कारण कम्युनिस्ट पार्टीहरू विभाजित हुन पुगेको बताएका छन् । बुधबार पत्रकार सम्मेलन गरेर उनले अहिलेको अवस्थामा राजनीतिबाट बिदा लिएर विश्राम गर्नुपर्ने शीर्ष नेताहरू, नेतृत्वको हानथापमै लागेकाले यो स्थिती आएको बताए ।समाज नयाँ हिसाबले पुनर्गठित भए पनि पुराना पार्टीको नेतृत्व बदलिन नसकेको बताउँदै, महासचिव भुसालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी ओली अहिले पनि पार्टीको बहुमतमा रहेको दावी गरे। उनले पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा लागेपछि पार्टीमा आफ्नो हैसियत पुनर्विचार… पुरा पढौ