राजनीति

रास्वपा सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता भएको छ । राप्रपाद्वारा यही पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा आयोजित चियापानको निम्तो दिन अध्यक्ष लिङ्देन हात्तीगौडास्थित लामिछाने निवास पुगेका हुन् । सभापति लामिछानेले कार्यक्रममा सहभागिता जनाउने प्रतिबद्धता व्यक्त जनाएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । सो अवसरमा दुई पार्टीका अध्यक्षबीच आसन्न चुनाव तथा निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउने विषयमा छलफल भएको उनले जानकारी दिए । मुलुकको राजनीतिक स्थिरता, समसामयिक राजनीतिक परिस्थिति,… पुरा पढौ

आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । नेपाली सेनाका सहायक रथी एवम् प्रवक्ता राजाराम बस्नेतले निर्वाचनका सन्दर्भमा एकीकृत सुरक्षा योजना २०८२ अनुमोदन भई राष्ट्रपतिबाटसमेत स्वीकृत भइसकेकाले सोहीअनुसार फौज परिचालन हुने जानकारी दिए । उनले भने, “निर्वाचनका लागि एकीकृत सुुरक्षा योजनाले मार्ग निर्देशन गरेअनुरुप निर्वाचनको एक महिना अघिबाट फिल्डमा सेना परिचालन हुनेछ ।” एकीकृत सुरक्षा योजना सरकारबाट अनुमोदन र सेनाको परिचालनका सम्बन्धमा राष्ट्रिय सुरक्षा परिषद्बाट पनि स्वीकृत भइसकेको… पुरा पढौ

गण्डकीमा कांग्रेस एमालेको गठबन्धनको जित सुनिश्चित

सन्देश श्रेष्ठपोखरा, पुस २३ राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा ६ जनाले उम्मेदवारी दर्ता गरेका छन् । गण्डकी प्रदेशमा दुई सदस्यका लागि हुन लागेको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेको तर्फबाट २ जना, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट २जना र राष्ट्रिय जनमोर्चाबाट २ जनाले उम्मेदवारी दर्ता गरेका हुन् । गण्डकी प्रदेशमा पुरुष र महिलातर्फ एक÷एक जनाको सिट खाली छ । दुबैतर्फ तीन÷तीन जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालय गण्डकीले जनाएको छ । देशैभर कांग्रेस र एमालेबीच गठबन्धन भए अनुसार गण्डकीमा… पुरा पढौ

चर्को विवादबीच कांग्रेसको विशेष महाधिवेशन पुस २७ र २८ मा आह्वान (विज्ञप्ती सहित)

चर्को विवादका बीच नेपाली कांग्रेसमा विशेष महाधिवेशन आह्वान गरिएको छ । विशेष महाधिवेशन सञ्चार तथा प्रचार प्रसार समितिले काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै यही पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने निर्णय सार्वजनिक गरेको हो ।काठमाण्डौंमा हुने विशेष महाधिवेशनका लागि भृकुटीमण्डप ‘बुकिङ’ गरिसकेको जनाईएको छ । सचिवालयले विशेष महाधिवेशनका लागि विभिन्न १८ वटा उपसमिति गठन गरि संयोजकहरू पनि तोकिएको समितिले जानकारी गराएको छ । व्यवस्थापन, जनपरिचालन, मञ्च व्यवस्थापन लगायतका विभिन्न उपसमिति गठन गरिएको हो ।पूर्वजिल्ला सभापति, पूर्व के।स। समन्वय… पुरा पढौ

एमालेको गण्डकी प्रदेश संयोजकमा सचिव खगराज अधिकारी

नेकपा एमालेले गण्डकी प्रदेश संयोजकमा सचिव खगराज अधिकारीलाई तोकेको छ । पार्टीको आज बसेको सचिवालय बैठकले प्रदेश र निर्वाचनको संयोजन गर्नेगरी अधिकारीलाई संयोजक तोकेको हो ।उपमहासचिव लेखराज भट्टका अनुसार कोशीमा शेरधन राई,मधेश प्रदेशमा लीलानाथ श्रेष्ठ,बागमतीमा महेश बस्नेत,राजधानीमा डा। राजन भट्टराई,कर्णालीमा यामलाल कँडेल,सुदूरपश्चिममा गणेश ठगुन्ना र संगठन विभागमा भानुभक्त ढकाललाई तोकिएको छ । एमालेले राष्ट्रियसभा निर्वाचनमा चुनावी तालमेल गर्दा ७ सीट दाबी गरेको छ।अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँग छलफल गर्ने र उम्मेदवारको टुंगो लगाउने जिम्मा पनि बैठकले दिएको बताए । बैठकले… पुरा पढौ

कांग्रेस नेता डा शेखर कोइराला भन्छन्–सहमतिका आधारमा केन्द्रीय समितिले विशेष महाधिवेशन आह्वान गर्नुपर्छ

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले विशेष महाधिवेशन सहमतिका आधारमा केन्द्रीय समितिले नै आह्वान गर्नुपर्नेमा जोड दिएका छन् । आज पार्टीका नेताहरूसँग भएको भेटमा उनले विशेष महाधिवेशन पक्षधरहरुसँग छलफल गरेर आगामी माघ ६ गतेपछि विशेष महाधिवेशन बोलाउँदा उचित हुने बताएको भेटमा सहभागी केन्द्रीय सदस्य पुष्पा भुषालले बताईन् । नेता कोइरालाले सबैको भावना सम्बोधन हुनेगरी केन्द्रीय समितिले विशेष महाधिवेशन डाक्दा सबैलाई मान्य हुने र आफू त्यसका लागि क्रियाशील रहेको बताएका थिए । नेपाली कांग्रेसले प्रतिनिधिसभाको निर्वाचनमा गठबन्धन गर्न नहुनेमा पनि उनले… पुरा पढौ

पूर्वप्रधानमन्त्री ओलीमाथि लगाइएको विदेश भ्रमण र स्थान हद फुकुवा

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको स्थान हद फुकुवा गरिएको छ । गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी छानविन गर्न गठित जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री ओलीमाथि लगाइएको विदेश भ्रमणमा रोक लगाउने र स्वीकृतबेगर काठमाडौँ उपत्यका छाडन नपाउने व्यवस्था हटाएको हो । आयोगको आज बसेको बैठकले सो निर्णय गरेको हो । आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले उक्त घटनाका सम्बन्धमा प्रधानमन्त्रीको हैसियतले उनले गरेका काम कारबाही सम्बन्धमा सोधपुछ गर्ने काम सम्पन्न भएकाले स्थान हद फुकुवा गरिएको जानकारी दिए… पुरा पढौ

सद्भाव खलबल्याउने गतिविधि नियन्त्रण गर्न सरकार र नागरिक समाजबीच हातेमालो जरुरी छ: गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले समाजमा शान्ति, सद्भाव र अमनचयन खलबल्याउने गतिविधि नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । गृह मन्त्रालयमा आज नागरिक समाजका अगुवाहरूसँग भएको छलफलमा गृहमन्त्री अर्यालले सामाजिक सञ्जालमार्फत फैलाइने धार्मिक विद्वेष र भ्रामक खबर तथा सूचनाहरूप्रति सचेत रही समाजमा सामाजिक र धार्मिक सहिष्णुता कायम राख्न अनुरोध गरे । भेटमा गृहमन्त्री अर्यालले नागरिक समाजका अगुवाहरूबाट समाजमा अहिले सामाजिक सञ्जालको माध्यमबाट फैलाउन खोजिएका विभिन्न खाले धार्मिक अतिवादी र सोचहरूलाई चिर्न तथा समाजमा शान्ति, सद्भाव र अमनचयन कायम राख्न नागरिक समाजको… पुरा पढौ

रास्वपाद्वारा दुई उपसमिति गठन,७ जना केन्द्रीय सदस्य मनोनीत

राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी समायोजन तथा निर्वाचन केन्द्रित दुई वटा उपसमिति गठन गरेको छ । रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि योग्य उम्मेदवार छनोट गर्नका लागि पार्टी उपसभापति डा स्वर्णिम वाग्लेको संयोजकत्वमा उम्मेदवार सिफारिस उपसमिति गठन गर्ने निर्णय गरेको हो । पार्टीका प्रवक्ता मनिष झाले उपसमितिलाई योग्य उम्मेदवार छनोट र उक्त प्रक्रियाको सिफारिस गर्ने जिम्मेवारी दिइएको बताए । उपसमितिका सदस्यहरू पार्टी सचिवालयले मनोनयन गर्नेछ । यस्तै, पार्टी एकता तथा समायोजन प्रक्रियालाई… पुरा पढौ

एमाले उपमहासचिव भट्टराई भन्छन्:‘सरकारसँगको छलफलपछि एमाले निर्वाचनमा जाने निर्णयमा पुगेको छ’

नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले सरकारसँगको छलफलपछि एमाले निर्वाचनमा जाने निर्णयमा पुगेको बताएका छन् । प्रेस चौतारी ताप्लेजुङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव भट्टराईले यसअघि निर्वाचन हुने र नहुने र पार्टी सहभागी हुने र नहुने अन्योल रहेकामा सरकारसँगको छलफलपछि निर्वाचनमा जाने निर्णय गरिएको जानकारी दिए । निर्वाचन प्रक्रिया सुरु भइसकेको जनाउँदै उनले राजनीतिक दलहरूले समानुपातिक बन्दसूची पनि बुझाइसकेकाले निष्पक्ष, भयरहित वातावरणमा निर्वाचन गराउनेतर्फ सरकार केन्द्रित हुनुपर्नेमा जोड दिए । गत भदौ २३ र २४ गतेका घटनापछि सुरक्षा निकायको मनोबल… पुरा पढौ