राजनीति

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मङ्सिर २० गतेदेखि

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम यही मङ्सिर २० गतेदेखि सञ्चालन हुँदैछ । आयोगले आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन अधिकृतको कार्यालय आयोगको कान्तिपथस्थित कार्यालयमा स्थापना गरेसँगै सो कार्यक्रमका लागि तयारी सुरू गरिएको हो । निर्वाचन आयोगद्वारा स्वीकृत निर्वाचन कार्यक्रम अनुसार मङ्सिर २१ गते बिहान १० बजे २३ गते दिउँसो ४ बजेसम्म सो प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले निवेदन पेस गर्नेछन् । मङ्सिर २४ गते बिहान १० देखि दिउँसो ४ बजेसम्म निवेदन पेस गर्ने राजनीतिक दलको… पुरा पढौ

निर्वाचन हुँदैन कि भन्ने आशंका नगर्न गृहमन्त्री अर्यालको आग्रह

गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निर्वाचन हुने दाबी गर्दै, आशंका नगर्न आग्रह गरेका छन् । धनगढीमा मंगलबार सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्दघाटन समारोहमा मन्तव्य राख्दै उनले फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचन हुन्न कि भन्ने शंका र भ्रम नछर्न सबै पक्षलाई आग्रह गरेका हुन्। गृहमन्त्री अर्यालले बाहिरै रहेका केही थान हतियार र फरार कैदीबन्दीलाई नियन्त्रणमा लिन सरकारले बिशेष अप्रेशन चलाएको स्पष्ट पार्दै घोषित मितिमै भयरहित, स्वच्छ र स्वन्तन्त्र वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार सक्षम रहेको दाबी गरे… पुरा पढौ

कांग्रेसको १५औं महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने

नेपाली कांग्रेसको १५औं महाधिवेशन पुस २६ देखि २८ सम्म गर्ने निर्णय भएको छ । डेढ महिना लामो रस्साकस्सी र विवादपछि सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो । प्रवक्ता डा। प्रकाशशरण महतले महाधिवेशन मिति केन्द्रीय समितिको बैठकले सर्वसम्मत निर्णय गरेको जानकारी गराए । यो निर्णयसँगै लामो समय चलिरहेको कांग्रेस केन्द्रीय समिति बैठक आज समापन भयो ।कांग्रेसले पारित गरेको कार्यतालिका अनुसार क्रियाशील सदस्यता नवीकरणको लागि केन्द्रीय कार्यसमितिको बैठकले २०८२ असोज मसान्तसम्म अन्तिम समय सीमा तोकेकोमा नवीकरण नभएका, छुटेका, विवरण… पुरा पढौ

बाक्लियो कुलमान र बालेनको भेटवार्ता, सहकार्यको संभावना जिवितै

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन र ऊर्जा मन्त्री कुलमान घिसिङबीचको भेटवार्ता निकै बाक्लिएको छ । दुई जनाबीच आगामी फागुन २१ गतेको निर्वाचनमा एकै पार्टी वा मोर्चा बनाएर अगाडि बढ्नेबारे छलफल भइरहेको छ । कुलमान अहिले मन्त्रालयको काम र पार्टी संगठन निर्माणको कामलाई एकसाथ अघि बढाइरहेका छन् । त्यहीअनुसार उनी देश दौडाहार भेटघाटमा व्यस्त छन् ।उनले विभिन्न वैकल्पिक पार्टी र नेताहरूलाई एक ठाउँमा आउनुपर्ने आवश्यकता सुनाइरहेका छन् । उनले शनिबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग चार घण्टा लामो वार्ता गरे… पुरा पढौ

एमाले कास्की ३ मा महाधिवेशन प्रतिनिधी छनोटमा मनपरी, आकांक्षीहरुले दिए उजुरी

पोखरा १४ मंसिर नेपाल कम्युनिष्ट पार्टि एमाले राष्ट्रिय महाधिवेशनका लागी कास्की क्षेत्र नं ३ वाट सिफारीस गरीएका नामहरु प्रति अन्य दावेवारहरुले असन्तुषट जनाउदै ज्ञापन पत्र वुझाएका छन् । जिल्ला पाटी कार्याल कास्कीका अध्क्षयलाई ज्ञापन पत्र वुझाउदै प्रतिनिधिका आकांक्षीहरुले निर्वाचन प्रक्रियालाई अविलम्ब सुचारु गर्न माग गरेको छ । आकांक्षीहरुले पाटीको महाधिवेशन प्रतिनिधी छनोट हुन पाउने अधिकारलाई कुण्ठीत गर्दै गुटगत रुपमा आफ्ना प्रतिनिधि छनोट गरेको आरोप लगाउदै आफुहरु सगँ कुनै सल्लाहा नगरी एकलौटी तरिकारले प्रतिनिधिहरुको नाम सिफारीस गरेको आरोप लगाएका हुन् ।… पुरा पढौ

ओलीलाई प्रचण्डको प्रहार : दुई तिहाईले के लछार्यो ?

सन्देश श्रेष्ठपोखरा, मंसिर १४ नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले चुनाव हुन्छ कि हुँदैन भनेर द्विविधामा बसिरहन जरुरी नभएको बताएका छन् । नेपाली कम्युनिष्ट पार्टी गण्डकी प्रदेश स्तरीय एकता सन्देश सभालाई आज पोखरामा सम्बोधन गर्दै उनले चुनाव हुने भएको हुन्छ कि हुँदैन भनेर द्विविधामा बसिरहन नपर्ने बताए । उनले भने,‘धेरै साथीहरु अहिले पनि चुनाव हुन्छ कि हुँदैन भनेर द्विविधामा बसिरहनु भएको छ, तर यसरी चुनाव हुन्छ कि हुँदैन भनेर द्विविधामा बसिरहनु पर्दैन, चुनाव हुन्छ र हुनै… पुरा पढौ

रास्वपा र विवेकशील साझाबीच पार्टी एकता,विभिन्न पाँच वटा बुँदामा सहमति

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र विवेकशील साझा पार्टीबीच एकता भएको छ । आज औपचारिक रुपमा काठमाडौँस्थित राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममार्फत दुवै दलका शीर्ष नेताले एकता घोषणापत्रमा हस्ताक्षर गरे । रास्वपातर्फबाट कार्यबाहक पार्टी सभापति डोलप्रसाद अर्याल र उपसभापति एवम् उच्च संवाद समितिका संयोजक डा स्वर्णिम वाग्ले तथा विवेकशील साझाका अध्यक्ष समीक्षा बास्कोटा र सो पार्टीका उपाध्यक्ष एवम् राजनीतिक संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारले एकतापत्रमा हस्ताक्षर गरेका हुन् । वैकल्पिक राजनीति, पारदर्शिता र सुशासनको अभियानलाई थप मजबुत बनाउन एकता महत्वपूर्ण हुने उनीहरुको… पुरा पढौ

नेपाली कम्युनिष्ट पार्टी जेनजीको आकर्षणको केन्द्र बनेको छ : नेपाल

पोखरा, नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) जेनजीहरुको आकर्षणको केन्द्र बनेको बताएका छन् । नेपाली कम्युनिष्ट पार्टी गण्डकी प्रदेश स्तरीय एकता सन्देश सभालाई आज पोखरामा सम्बोधन गर्दै उनले जेनजीको आकर्षणको केन्द्र नेकपा बनेको र उनीहरुको भावना सम्बोेधन गर्न जरुरी रहेको बताएका हुन् । एसिड पीडित मुस्कान खातुनलगायतका जेनजीहरु एकपछि अर्को गर्दै नेकपामा प्रवेश गरिरहेको छन्,उनले भने,‘हामीले जेनजीको भावनाको सम्मान गर्नै पर्छ । तर जेनजीको नाममा भएको कुकर्मको दोषीलाई त्यसै छाडिनु भने हुन्न, कारवाही… पुरा पढौ

कम्युनिष्ट क्रान्तिकारीहरु एक नभए देश समाप्त हुने खतरा छ : खनाल

पोखरा नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले कम्युनिष्ट क्रान्तिकारीहरु एकताबद्द नभए देश समाप्त हुने खतरा रहेको औंल्याएका छन् । नेपाली कम्युनिष्ट पार्टी गण्डकी प्रदेश स्तरीय एकता सन्देश सभालाई आज पोखरामा सम्बोधन गर्दै उनले देश जोगाउनका लागि कम्युनिष्ट क्रान्तिकारीहरु एकताबद्द हुनुपर्ने बताएका हुन् । कार्यक्रममा बोल्दै उनले भने,‘कम्युनिष्ट क्रान्तिकारीहरु एकता हुनुको विकल्प छैन । नभए देश समाप्त हुनसक्ने खतरा छ ।’ पूर्व प्रधानमन्त्री खनालले लामो समयसम्म शासन गर्दा पनि विगतका सरकारहरुले जनआकांक्षा पूरा नगरेकाले जेनजी आन्दोलन भएको बताए… पुरा पढौ

तुलसी दाहाल एमाले छाडेर नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

पोखरा लेकसाईडका तुलसी दाहाल नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । पुराना यातायात व्यवसायी दाहाल नेकपा एमाले छाडेर नेकपा प्रवेश गरेका हुन् । डेढ दर्जन कार्यकर्तासहित नेकपामा प्रवेश गरेकाहरुलाई नेकपाका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपाका सहसंयोजक माधवकुमार नेपाललगायतले अवीर र माला लगाएर स्वागत गरेका थिए । पुरा पढौ