राजनीति

पूर्व नगरप्रमुख अमानसिंह एमालेमा

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिन्धुपाल्चोकको चौतारा—साँगाचोकगढी नगरपालिकाका पूर्व प्रमुख अमानसिंह तामाङसहित विभिन्न नेता कार्यकर्तालाई आज आफ्नो पार्टीमा प्रवेश गराएका छन । एमालेको केन्द्रीय कार्यालय च्यासलमा आयोजित प्रवेश कार्यक्रमा अध्यक्ष ओलीले उनीहरुलाई स्वागत गरेका हुन । कार्यक्रममा एमालेका नेताहरुको सहभागिता थियो । यसअघि आइतबार अध्यक्ष ओलीबाट लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवं प्रदेश सांसद प्रल्हाद गिरी एमालेमा प्रवेश गरेका थिए ।रासस पुरा पढौ

अध्यक्ष दाहाल र नेपालबीच छलफल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा छलफल भएको छ । ललितपुर हात्तीवनमा आज भएको छलफलमा दुई पार्टीबीचका सम्बन्ध एवं सत्तारुढ गठबन्धनलाई थप मजबुत बनाउनेलगायतका विषयमा कुराकानी भएको थियो । यस्तै, आगामी मङ्सिर ४ गते हुने सङ्घीय एवं प्रदेशसभाको निर्वाचनका तयारीका बारेमासमेत त्यसअवसरमा छलफल भएको थियो । माओवादी अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले समसामयिक राजनीतिक विषयमा दुई शीर्ष नेताबीच कुराकानी भएको जानकारी दिए… पुरा पढौ

नेकपा (एकीकृत समाजवादी) ले पार्टी पुनर्गठन दिवस मनाउँदै

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले यही भदौ ९ गते पार्टी पुनर्गठन दिवस मनाउँदैछ । गत वर्षको भदौ ९ गते नेकपा एमालेबाट नेकपा (एकीकृत समाजवादी) पार्टी पुनर्गठन भएको स्मृतिमा नेकपा एसले उक्त दिन पार्टी पुनर्गठन दिवसको आयोजना गर्ने भएको हो । पार्टी निर्वाचन आयोगमा दर्ता भएको एक वर्ष पुगेको अवसरमा त्यस दिन पार्टी केन्द्रले विशेष कार्यक्रम गरी दिवसका रुपमा मनाउन लागेको हो । पार्टीका जनवर्गीय संगठन तथा सबै कमिटीले पनि उक्त दिन देशैभर कार्यक्रमको आयोजना गर्नेछन् । करिब एक वर्षको… पुरा पढौ

भूमिका खोज्दै प्रदेशका योजना आयोग

पोखरा । संस्थागत क्षमता विकासका लागि साझा दस्तावेज तयार गर्नका लागि सातै प्रदेशका योजना आयोगका उपाध्यक्ष र सदस्य एवं सदस्य सचिवहरु पोखरामा भेला भएका छन् । प्रदेश नीति तथा योजना आयोग गण्डकी प्रदेशको आयोजनामा सुरु भएको कार्यक्रमको उद्घाटन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गरेका छन् । कार्यक्रम उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले लोकतान्त्रिक व्यवस्थामा आधारित समाजवाद स्थापना हामी सबैको साझा लक्ष्य हो भन्दै यसलाई संस्थागत गर्नका लागि प्रदेश सरकारहरुले थप मेहनत जरुरी रहेको बताए । संविधान र कानुनले दिएका अधिकार प्रयोग गर्न… पुरा पढौ

मुक्ति समाज गण्डकी अध्यक्षमा निर्मल दियाली

पोखरा । नेपाल उत्पीडित जातीय मुक्ति समाज गण्डकी प्रदेश संगठन कमिटीको शनिबार भएको प्रथम सम्मेलनले निर्मल दियाली सुनारको नेतृत्वमा सर्वसम्मत रुपमा ८५ सदस्यीय कार्यसमिति चुनेको छ । सम्मेलनबाट प्रदेश कमिटी उपाध्यक्षमा नवलपुरका होमबहादुर विक र तनहुँकी डिना गोतामे, सचिवमा कास्कीका बमबहादुर विक र कोषाध्यक्षमा कास्कीकै कमला सुनार छन् । त्यस्तै उपसचिवमा पर्वतका बाबुराम सुनार र बागलुङकी रुपा विक छन् । कार्यक्रममा एमाले सचिव तथा गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्यालले सबै जाति, लिंग, क्षेत्रलाई समेटेर देशको समृद्धि एमालेको नेतृत्वमा मात्र सम्भव… पुरा पढौ

कांग्रेस नेता गिरीको शवयात्रा सातदोबाटो हुँदै आर्यघाटसम्म

नेपाली कांग्रेसका दिवङ्गत नेता प्रदीप गिरीको पार्थिव शरीर अन्त्येष्टिका लागि पार्टी कार्यालय सानेपाबाट शव यात्रासहित पशुपति लाने तयारी भएको छ । शवयात्रा सानेपा, सातदोवाटो, कोटेश्वर, एयरपोर्ट हँुदै गौशला भएर पशुपति आर्यघाट पुग्ने पार्टी कार्यालयले जनाएको छ । आर्यघाटमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, पार्टीका पदाधिकारी तथा सदस्य, अन्य दलका शीर्ष नेताहरुले श्रद्धाञ्जली दिनुहुने छ । नेपाल प्रहरीको एक टुकुडीले उहाँको सम्मानमा सलामी अर्पण गर्नेछ । प्रतिनिधिसभा सदस्य गिरीको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गर्न आज बिहान ११ः३० देखि २ बजेसम्म… पुरा पढौ

बागलुङबाट माओवादीमा तीन सचिव

बागलुङ । बागलुङका तीन नेता नेकपा (माओवादी केन्द्र) को नेतृत्वमा एकसाथ पुगेका छन् । शिक्षामन्त्रीसमेत रहनुभएका देवेन्द्र पौडेल, पूर्वशिक्षामन्त्री दीनानाथ शर्मा र नेता हितमान शाक्य सचिवमा चुनिएका हुन् । शनिबार बसेको पार्टी स्थायी समिति बैठकले उहाँहरूसहित २० पदाधिकारी चयन गरेको थियो । पौडेल र शर्मा बागलुङ नगरपालिका–१२ र शाक्य ३ का हुन् । तीनै नेता पार्टी स्थायी समिति सदस्य हुन् । शर्मा विसं २०६८ शिक्षामन्त्री भएका थिए । शाक्य अखिल (क्रान्तिकारी)का पूर्वअध्यक्षसमेत हुनुहुन्छ । माओवादी केन्द्र बागलुङका संयोजक राजीव घिमिरेले… पुरा पढौ

प्रतिनिधि सभाको बैठक भोलि १ बजे बस्ने

आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित हुने भएको छ। संसद सचिवायका स्रोतका अनुसार आज बिहान ११ बजे बस्ने तय भएको बैठक सूचना टाँस गरेर स्थगित गर्ने र सोमबार दिउँसो १ बजे बस्ने भएको हो। संसद सचिवालयका अनुसार काँग्रेस नेता प्रदीप गिरिको निधनका कारण श्रद्धाञ्जली, अन्त्येष्टि लगायतका कार्यक्रममा सांसदहरू व्यस्त हुनुपर्ने भएकाले बैठक स्थगित गरिएको हो। गए राति साढे ९ बजे काँग्रेस नेता गिरिको निधन भएको थियो।भोलि बस्ने बैठकमा शोक प्रस्ताव पास हुने सचिवालयले जनाएको छ। पुरा पढौ

प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ । आजको बैठकमा ‘न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७÷०७८’ पेस हुने कार्यसूची रहेको छ । त्यसैगरी ‘बेपत्ता पारिएका व्यक्तिको छानविन सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत हुने संसद् सचिवालयले जारी गरेको संभावित कार्यसूचीमा उल्लेख छ । पुरा पढौ

काँग्रेसले ‘जनताको साथमा काँग्रेस’ अभियान सञ्चालन गर्दै

नेपाली काँग्रेसले ‘जनताको साथमा काँग्रेस’ अभियानको घोषणा गरेको छ । शनिवार पार्टीको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा निर्वाचन लक्षित अभियानको घोषणा गरेको हो । अभियान ३ चरणमा सञ्चालन हुने जनाइएको छ । पहिलो चरण भदौ १० देखि वीपी जन्मजयन्ती भदौ २४ सम्म, दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो चरण प्रत्यक्षतर्फको उम्मेदवारी दर्तापछि सञ्चालन हुने पत्रकार सम्मेलनमा जानकारी दिएको छ । अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधिहरु खटिने भएका छन् । देशभरका ७ प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति,… पुरा पढौ