राजनीति

राष्ट्रपतिबाट तीन देशका लागि राजदूत नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा विभिन्न तीन देशका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी छिन । राष्ट्रपति भण्डारीले ओमन, साउदी अरेबिया र श्रीलङ्काका लागि आवासीय राजदूत नियुक्त गरेकी हुन् । उनले डोरनाथ अर्याललाई ओमन, नवराज सुवेदीलाई साउदी अरेबिया र वासुदेव मिश्रलाई श्रीलङ्काका लागि आज राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । नेपालको संविधानबमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राजदूत नियुक्त गरिएको हो । पुरा पढौ

नागरिक विधेयक फिर्ता लिने प्रस्तावमाथि छलफल जारी

प्रतिनिधिसभाको आजको बैठकमा नेपाल नागरिक विधेयक, २०७५ (पहिलो संशोधन) विधेयक फिर्ता लिने प्रस्तावमाथि छलफल जारी रहेको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले सो विधेयक फिर्ताको प्रस्ताव पेस गर्नुभएको थियो भने सो प्रस्तावमा प्रतिपक्षी दलका सांसदहरुले फिर्ता नलिन आग्रह गर्दै छलफलमा भाग लिएक छ । दुई वर्षअघि प्रतिनिधिसभामा उत्पत्ति भई विचाराधीन रहेको विधेयक फिर्ताको प्रस्तावको विरोधमा सूचना प्रस्तुत गर्दै नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले कुनै पनि नेपाली नागरिकलाई नागरिकताबाट वञ्चित नगरिने संवैधानिक व्यवस्थालाई पालना गर्न छिटो विधेयक पारित गर्नुपर्नेमा संसदीय समितिमा… पुरा पढौ

माओवादी केन्द्रमा पदाधिकारी चयनको जिम्मा स्थायी समितिलाई

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले पार्टी पदाधिकारी टुंग्याउने जिम्मा स्थायी समितिलाई दिएको छ। बिहीबार सम्पन्न बैठकले एक साताभित्र पदाधिकारी चयनको जिम्मा स्थायी समितिलाई दिएको हो। बैठकले १२५ सदस्यीय पोलिटब्युरो र ४१ सदस्यीय स्थायी समिति गठन गरेको अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् । बैठकले नयाँ केन्द्रीय समिति सदस्यको शपथ ग्रहण, नयाँ संरचनात्मक आधारमा केन्द्रीय सदस्यको कार्यविभाजन गरेको छ। बैठकले स्थानीय निर्वाचनको समीक्षा तथा आगामी निर्वाचनसम्बन्धी कार्ययोजना निर्माण गरेको उनले बताए। बैठकले पार्टीलाई नयाँ उचाइमा एकताबद्ध… पुरा पढौ

माओवादीको स्थायी समिति ४१ सदस्यीय

काठमाण्डौं । नेकपा (माओवादी केन्द्र) ले वैकल्पिकसहित १५६ सदस्यीय पोलिटब्यूरो गठन गर्ने भएको छ । राजधानीमा जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोलिटब्यूरोमा रहने सदस्यको नाम प्रस्ताव गरेका हुन् । माओवादी केन्द्रीय सदस्य एवं पोलिटब्यूरोमा प्रस्तावित रामप्रसाद सापकोटाका अनुसार अध्यक्ष दाहालले ४१ सदस्यीय स्थायी समिति गठन गर्ने प्रस्ताव गरेका हुन्। उनका अनुसार नाम वाचनका क्रममा केही प्राविधिक त्रुटि देखिए पनि बैठक नियमित रुपमा चलिरहेको जानकारी दिए । माओवादीले पुराना र वरिष्ठ नेतालाई स्थायी समिति, दोस्रो तहका नेतालाई… पुरा पढौ

प्रतिनिधिसभाबाट तीन विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाबाट तीन विधेयक पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकले ‘सामाजिक सुरक्षा पहिलो संशोधन विधेयक, २०७९’, ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७७’ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९’ सर्वसम्मतिले पारित गरेको हो । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘सामाजिक सुरक्षा पहिलो संशोधन विधेयक, २०७९’, खानेपानीमन्त्री उमाकान्त चौधरीले ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७७’ र कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा कोइरालाले ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९’ लाई पारित… पुरा पढौ

मन्त्रीलाई कामको विवरण उपलब्ध गराउन अध्यक्ष दाहालको निर्देशन

काठानडौँ । नेकपा माओवादी केन्द्रले गठबन्धन सरकारका सहभागी मन्त्रीलाई आफ्नो मन्त्रालयमा भए÷गरेका सकारात्मक कामको विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।पार्टी केन्द्रीय समितिको कमलादीमा जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा रहेर देश र जनताको पक्षमा भए÷गरेका सकारात्मक कामको विवरण केन्द्रीय कार्यालयमा उपलब्ध गराउन निर्देशन दिए । विसं २०७८ असार २९ गते गठन भएको वर्तमान गठबन्धन सरकारमा माओवादीका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ, अर्थ, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, युवा तथा खेलकुद मन्त्रालय… पुरा पढौ

महिलामाथि बढ्दै गएको हिंसा रोक्न कानुन बनाउनु परेको हो : गृहमन्त्री खाण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरेका हुन । उक्त विधेयकका विषयमा गृहमन्त्री खाणले महिला र बालबालिकामाथि हिंसा बढ्दै गएकाले कारबाही र नियमन गर्नका लागि यो बनाउनुपरेको बताए ।उनले भण्डारण गर्न, किन्न र बेच्न… पुरा पढौ

पाठ्यपुस्तक उपलब्ध गराउन सांसदको माग

सुर्खेत । कर्णाली प्रदेशका बालबालिकालाई तत्काल पाठ्यपुस्तक उपलब्ध गराउन माग गरिएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद दुर्गा गुरुङले कर्णालीमा अझै पनि बालबालिकाले पाठ्यक्रपुस्तक नपाएकाले पाठ्यपुस्तक माग गरे । यस्तै उनले सुर्खेत नगरपालिकाका १६ वटै वडामा पक्की सडक बन्न नसकेको, पटक–पटक बिजुली जाने समस्या रहेको भन्दै यी विषयहरुप्रति सरकारको ध्यानाकर्षण गराए । सांसद गुरुङले कर्णाली प्रदेशलाई प्राथमिकतामा राखेर मल वितरण गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद मोहम्मद खालिनले किसानलाई दू्रतमार्गमार्फत मलको व्यवस्था गर्नुपर्ने धारणा राखे। सांसद उदयबहादुर… पुरा पढौ

युनियन अध्यक्षमा अनिता बिन्दुको उम्मेदवारी घोषणा नेपाल प्रेस युनियनको ९औ आसन्न महाधिवेशनको लागि अध्यक्ष पदमा अनिता बिन्दुले उम्मेदवार घोषणा गरेकी छन्  । पोखरामा बुधबार आयोजित युनियन कास्कीको भेलामा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित युनियन कास्की एवं केन्द्रीय तहका नेताहरुलाई साथमा राखेर उनले उम्मेदवारी घोषणा गरेकी हुन् । युनियनकी पूर्व उपाध्यक्ष समेत भएकोले अब अध्यक्षको लागि मैदानमा होमिएको बताइन् । उनले कुनै समूह मिले समूहबाट नभए स्वतन्त्र रुपमा आफ्नो उम्मेदवारी रहने बताइन् । दुई दशकदेखि नेपाल टेलिभिजनमा कार्यरत् अनिता बिन्दुको स्थायी घर गण्डकी प्रदेशकै स्याङ्जा हो । यसैगरी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सिना पगेनीले पदाधिकारीमा उम्मेदवारी दिने घोषणा गरेकी छन् हालका केन्द्रीय सदस्य ऋषिकान्त पौडेल र राजबहादुर गुरुङले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरे । पत्रकार महासंघ कास्की अध्यक्ष समेत रहेकी बिमला भण्डारीले पनि पदाधिकारीमै उम्मेदवारी दिने घोषणा गरेकी छन् । केन्द्रीय सदस्यका लागि रेम बिक, परशुराम शर्मा लगायतले चाहना व्यक्त गरेका छन् । युनियनको महाधिवेशन आगामी साउन ६ र ७ गते हेटौडामा हुँदैछ । पुरा पढौ

आमसंचार विधेयक प्रेसमैत्री हुनेछ : मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आमसंचार विधेयक यो वा त्यो बहानामा प्रेसमाथि नियन्त्रण गर्न नहुने भन्दै त्यसबारे आफूले निर्देशन दिएको बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले महाधिवेशन लक्षित भेलालाई बुधबार सम्बोधन गर्दै उनले लोकतन्त्रका लागि लडेका संचारमाध्यममाथि अंकुश लगाउने गरी आमसंचार विधेयक नआउने विश्वास दिलाए । आमसंचार विधेयक संसदमा छलफलका क्रममा रहेकाले पत्रकारको सल्लाह सुझाव अनुसार नै प्रक्रिया अघि बढाउन निर्देशन दिएको बताए । ‘रजिष्ट्रारको विषयमा मात्रै कुरा मिलेको छैन । कुन श्रेणीमा राख्ने भन्नेमा मात्रै… पुरा पढौ