राजनीति

अर्थमन्त्रीद्वारा राजीनामा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुभएको छ। उनले बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न आफूले राजीनामा गरेको घोषणा गरे । आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नताको प्रश्न उठेपछि यस विषयमा छानबिन गर्न आजै संसदीय विशेष समिति गठन गरिएको छ ।रासस पुरा पढौ

११ संसदीय छानबिन समिति गठन

प्रतिनिधिसभाले आगामी आर्थिक वर्षको बजेट निर्माणका सन्दर्भमा अनधिकृत व्यक्तिको संलग्नताबारे उठेको प्रश्नको छानबीन गर्न संसदीय छानविन समिति गठन गरेको छ । उक्त संसदीय समिति ११ सदस्यीय रहेको छ । संसदीय समिति गठनसम्बन्धी जानकारी सभामुख अग्निप्रसाद सापकोटाले सदनलाई गराउनुभयो । समितिमा खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल गौतम, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो र सुरेन्द्रप्रसाद यादव सदस्य रहेका छन् । समितिले आवश्यकताका आधारमा सभापति चयन गर्नसक्ने व्यवस्था गरिएको छ । समितिलाई १०… पुरा पढौ

प्रतिनिधिसभाको बैठक २ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज ११ बजेका लागि तय भएको बैठक अपराह्न २ बजे बस्ने भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमका अनुसार विशेष कारणवश तोकिएको समयमा प्रतिनिधिसभाको बैठक बस्न नसक्ने भएकाले २ बजे बस्नेगरी तय भएको छ । प्रतिनिधिसभा नियमावली, २०७५ बमोजिम सभामुख अग्निप्रसाद सापकोटाले बैठकको समय निर्धारण गरेका हुन ।रासस पुरा पढौ

सम्झौता रद्द र दोषीलाई कारवाही गर्न माओवादी पोखराको माग

नेकपा (माओवादी केन्द्र) पोखरा महानगर कमिटीले निवर्तमान मेयर मानबहादुर जिसीले गरेको सरकारी जग्ग निजी क्षेत्रलाई दिने सम्झौता रद्द गर्न माग गरेको छ। मंगलबार विज्ञप्ति निकालेर महानगर अध्यक्ष हरिनारायण गिरी (विज्ञान)ले अपारदर्शी ढंगले सार्वजनिक जग्गा भाडामा दिनुलाई अपराधको संज्ञा दिए। त्यसको निष्पक्ष छानबिन गरी कानुनी कारवाहीका लागि समेत उनले माग गरेका छन्। विज्ञप्तिमा भनिएको छ, ‘व्यक्तिगत स्वार्थका लागि सार्वजनिक पद र सम्पत्तिको दुरुपयोग गर्ने कुरालाई कुनैपनि आधारमा न्यायोचित मान्न सकिँदैन।’ सबै राजनीतिक दल चुनाव केन्द्रीत गतिविधिमा रहेका बेला प्रक्रिया मिचेर व्यक्तिगत… पुरा पढौ

कांग्रेस क्रियाशील सदस्य लामिछानेको श्रद्धाञ्जली सभा

पोखरा । पोखरा महानगरपालिका–६ बैदाम स्कुल पाटन निवासी नेपाली काँग्रेस क्रियाशील सदस्य विष्णुबहादुर लामिछानेको श्रद्धाञ्जली सभा आज सम्पन्न भएको छ । काँग्रेस वडा इकाई समिति वडा नं ६ को आयोजनामा भएको श्रद्धाञ्जली सभामा काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले स्व लामिछानेप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरे । सो अवसरमा शर्माले लामिछानेको निधनबाट पार्टीलाई गहिरो क्षति पुगेको उल्लेख गरे । लामिछाने पार्टीका सच्चा इमानदार कार्यकर्ता र लोकतन्त्र र प्रजातन्त्रको पक्षमा सदैव आफूलाई उभ्भाउने सच्चा क्रान्तिकारी भएको शर्माले स्मरण गरे । स्व. लामिछानेका… पुरा पढौ

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता ; मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताए ।पर्यटनमन्त्री श्रेष्ठको स्वागतका लागि बोर्डले आज आयोजना गरेको कार्यक्रममा उहाँले कोभिडले गर्दा पर्यटन क्षेत्र धेरै मारमा परेकाले यसको उत्थानलाई पहिलो प्रथमिकतामा राख्नुपर्ने बताए । पर्यटन नेपालको आर्थिक विकासको महत्वपूर्ण क्षेत्र रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले बोर्डलाई नयाँ बजेट निर्माण गर्दा रोजगारी सिर्जना हुने गरी बजेट निर्माण गर्नसमेत आग्रह गरे ।पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले कोभिडले थलिएको पर्यटनलाई प्रवद्र्धन गर्ने हिसाबले बोर्ड… पुरा पढौ

संस्कृतिसम्बन्धी हक अधिकारको पूर्णरुपमा कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानमा समेटिएको भाषा तथा संस्कृतिसम्बन्धी हकअधिकारको पूर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको १२औँ प्रज्ञा सभाको आज उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले मुलुकका सबै जातजाति तथा समुदायको भाषा र संस्कृतिको विकास गरी नेपाललाई विभिन्न रङ्गीचङ्गी फूलहरुको सुन्दर फूलबारीको रुपमा विकास गर्न सरकार दृढ सङ्कल्पित रहेको बताए । सङ्गीत नाट्यजस्ता कला आफैँमा राष्ट्रका अमूल्य सिर्जना भएको र तिनले राष्ट्रको गौरव बढाउनुका साथै मानिसमा सिर्जनशीलताको सञ्चार गर्ने गरेको उनको भनाइ… पुरा पढौ

माओवादीको केन्द्रीय समिति बैठक जारी

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक जारी छ। बैठक आइतबारदेखि राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा सुरु भएको हो। सोमबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पेश गर्नुभएको १० पृष्ठको संक्षिप्त प्रतिवेदनमाथि छलफल भइरहेको छ। बैठकमा नेताहरुले अध्यक्षको प्रतिवेदनमाथि धारणा राख्ने क्रम जारी छ। बैठक आज (मंगलबार) सम्म चल्ने बताइएको छ। प्रतिवेदनमा पार्टीले आगामी दिनमा अवलम्बन गर्नुपर्ने नीति, योजना र कार्यक्रमका बारेमा उल्लेख गरिएको छ। पहिलो दिनको बैठकमा सुदूरपश्चिम प्रदेश अध्यक्ष हरिराम चौधरी, कर्णाली प्रदेश अध्यक्ष विमला केसी, मधेस प्रदेशका इञ्चार्ज गणेश साहलगायतले आफ्नो… पुरा पढौ

पोखरा उपत्यका नगरविकास समितिद्वारा आफ्नो जग्गाको संरक्षण शुरु

पोखरा । पोखरा उपत्यका नगरविकास समितिले आफ्नो जमिन संरक्षणको काम सुरु गरेको छ । १३ असारमा जिल्ला अदालत कास्कीको फैसला बमोजिम प्राप्त न्युरोडमा रहेको जमिनमा बनेका संरचना बाहेकको जमिन सम्याएर संरक्षणको कामसुरु गरेको होे । जिल्ला अदालत कास्कीले न्युरोडका कित्ता नम्बर १६६८ नम्बरको ५ रोपनी, ४ आना भन्दा बढी जमिन उपत्यका विकास समितिको हुने फैसला गरेको थियो । उपत्यका नगरविकास समितिले सोमबार उक्त जमिनमा रहेका भौतिक संरचना हटाउन ३५ दिने सूचना निकाल्नेको छ । बाँकी जमिन सम्याइएको पोखरा महानगरका प्रशासकीय… पुरा पढौ

गण्डकीका मुख्यमन्त्रीलाई एमाले सांसद गुरुङको प्रश्न , ‘अर्थमन्त्री सामु निरीह भएको ?’

पोखरा । गण्डकी प्रदेश सभा सदस्य किरण गुरुङले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई अर्थमन्त्री सामु निरीह भएको आरोप लगाएका छन् । असार १ गते बजेट आएपछि स्थगित भई सोमबारदेखि शुरु भएको प्रदेश सभा बैठकमा बजेट माथिको सामान्य छलफलमा भाग लिदै एमाले प्रदेश सभा सदस्य तथा प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले यस्तो आरोप लगाएका हुन् । उनले मुख्यमन्त्रीज्यू तपाईंलाई म मुख्यमन्त्री हुँ भन्ने विश्वास छ कि छैन ? भन्ने प्रश्न गर्दै उनले भने,‘तपाईं निरीह हुनुभयो ।’ उनले २० दिनसम्म… पुरा पढौ