राजनीति

पूर्ण समानुपातिक निर्वाचन प्रणाली अबलम्बन गर्न माग

काठमाडौँ । नेपाली जनता दलले आगामी सङ्घीय तथा प्रदेशको निर्वाचनमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अबलम्बन गर्न माग गरेको छ ।उक्त दलले आज रिपोर्टर्स क्लवमा पत्रकार सम्मेलन गरी हालको निर्वाचन प्रणाली बढी खर्चिलो र भड्किलो रहेको भन्दै पूर्ण समानुपातिक निर्वाचन पद्दती उपयुक्त विकल्प भएको उल्लेख गरेको छ । जनता दलले लैङ्गीक, जातीय, क्षेत्रीय, भौगोलिक जनसंख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ । पार्टी अध्यक्ष हरिचरण साहले सबै वर्ग, जाती, समूदायको समानुपातिक प्रतिनिधित्वको सुनिश्चित हुनेगरी समानुपातिक निर्वाचन… पुरा पढौ

पूर्वप्रधानमन्त्री भट्टराईको शालिक शिलान्यास

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शालिक बन्ने भएको छ ।खानेपानीमन्त्री उमाकान्त चौधरीले आज आयोजित कार्यक्रममा सो शालिकको शिलान्यास गरेका हुन । कार्यक्रममा मन्त्रालयका सचिव ई मणिराम गेलाललगायतको उपस्थिति रहेको थियो ।रासस पुरा पढौ

किसानलाई चाँडो मल उपलब्ध गराउन सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभाको आज बसेको बैठकमा शून्य समयमा बोल्ने सांसदहरुले असार सकिन लाग्दा पनि किसानले रासायनिक मल नपाएको भन्दै चाँडो उपलब्ध गराउन सरकारसमक्ष माग गरेका छन् । सांसद विमला विश्वकर्माले किसानले मल बीउ नपाएर सधैँ आन्दोलन गर्नुपर्ने अवस्था रहेको बताए । सांसद विष्णु शर्माले सरकारले मङ्सिर पुसमा ठेक्का गर्नुपर्नेमा असारमा गर्दा सधैँ किसानले मल नपाएको बताए । सांसद सत्यनारायण शर्मा खनालले अहिले पुरानो बीउ सकिएको र नयाँ बीउ देशभर पु¥याउन नसकिएको तथा मनसुन सुरु भएपछि खेत रोप्न मल नभएको बताए… पुरा पढौ

नागरिकता विधेयकबारे गृहमन्त्रीद्वारा अध्यक्ष दाहालसँग छलफल

काठमाडौ । संसद्मा पेश भएको ‘नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ बारे गृहमन्त्री बालकृष्ण खाणले सत्तारुढ दल नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गरेका छन् । ललितपुरको खुमलटारस्थित अध्यक्ष दाहाल निवासमा आज बिहान भेटवार्ता भएको र छलफल सकारात्मक रुपमा टुङ्गिएको गृहमन्त्री खाणको सचिवालयले जनाएको छ । यसअघि सरकारले नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ साल साउन २२ गते प्रतिनिधिसभामा दर्ता गरेको थियो । राज्य व्यवस्था समितिले २०७७ असार ९ गते प्रतिवेदनसहित… पुरा पढौ

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको आज (सोमबार) बैठक बस्दैछ। बैठक आज दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ। केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि आइतबार काँग्रेस पदाधिकारी बैठक बसेको थियो। बैठकले भ्रातृ एवं शुभेच्छुक संस्थाको विधानलाई अन्तिम रुप दिई स्वीकृत गरेर आजदेखि सुरू हुने केन्द्रीय समिति बैठकमा पेस गर्ने निर्णय गरेको छ। बैठकले आदिवासी जनजाति महासंघ, थारू संघलाई भ्रातृ संस्थाको मान्यता दिँदै विधानलाई अन्तिम रूप दिई स्वीकृत गरेको छ। यसैगरी, शुभेच्छुक संस्थाका रुपमा नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ, नेपाल लोकतान्त्रिक… पुरा पढौ

विरोधपछि मातापिताको नाममा विनियोजित बजेट नलिने मन्त्री श्रेष्ठको घोषणा, मुख्यमन्त्रीले लिने

पोखरा । जनस्तरमा विरोध भएपछि मातापिताको नाममा विनियोजित बजेट नलिने घोषणा हुन थालेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा नेताहरुको दिवंगत मातापिताको नाममा करोडौं बजेट विनियोजन भएको सञ्चारमाध्यममा सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक विरोध भएको थियो । जनस्तरबाट विरोध भएपछि गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ र कांग्रेस नेता अर्जुनप्रसाद जोशीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफ्नो मातापिताको नाममा विनियोजित बजेट नलिने घोषणा गरेका हुन् । मन्त्री श्रेष्ठले आईतबार विहान सामाजिक सञ्जालमा लामो स्टाटस… पुरा पढौ

मधेस प्रदेशसभाबाट कर तथा गैरकर सम्बन्धी विधेयक पारित

मधेस प्रदेशसभाको बैठकले कर तथा गैरकर राजस्व लगाउने तथा उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । आजको बैठकमा मधेस प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले प्रस्तुत गर्नुभएको सो विधेयक सर्वसम्मतिले पारित गरेको सभामुख सरोजकुमार यादवले घोषणा गरे । बैठकमामा अर्थमन्त्री साहले आर्थिक विधेयक २०७९ प्रस्तुत गर्नुभएको थियो । यसअघि हिजो शनिबार बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारको विनियोजन विधेयक २०७९ र प्रदेशसभा सचिवालय सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि पारित गरेको थियो । विधेक पारित भएसँगै प्रदेशसभाको बैठक… पुरा पढौ

बाजुराको बूढीगङ्गामा एमाले विजयी

बाजुरा । बूढीगङ्गा नगरपालिकामा नेकपा ९एमाले०का उम्मेदवार विजयी भएका छन् । नगर प्रमुखमा एमालेका रामबहादुर बानियाँ र उपप्रमुखमा माया खड्का९कुँवर० निर्वाचित भएका हुन । बानियाँले चार हजार ७७७ मत तथा कुवँरले चार हजार ७२७ मत प्राप्त गरेका निर्वाचन अधिकृत लक्ष्मण कठायतले जानकारी दिए । प्रमुखमा नेपाली कांग्रेसका रङ्गबहादुर खाती तीन हजार ७७४ मत ल्याएर पराजित भए । उपप्रमुखमा कांग्रेसकै रिता शाही तीन हजार ७५५ मत ल्याएर पराजित हुनुभएको कठायतले बताए । विजयी नगरप्रमुख बानियाँ र उपप्रमुख कुँवर २०७४ सालको स्थानीय… पुरा पढौ

बाजुराको बूढीगङ्गामा एमाले विजयी

बूढीगङ्गा नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । नगर प्रमुखमा एमालेका रामबहादुर बानियाँ र उपप्रमुखमा माया खड्का(कुँवर) निर्वाचित भएका हुन् । बानियाँले चार हजार ७७७ मत तथा कुवँरले चार हजार ७२७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत लक्ष्मण कठायतले जानकारी दिनुभयो । प्रमुखमा नेपाली कांग्रेसका रङ्गबहादुर खाती तीन हजार ७७४ मत ल्याएर पराजित भए । उपप्रमुखमा कांग्रेसकै रिता शाही तीन हजार ७५५ मत ल्याएर पराजित हुनुभएको कठायतले बताए । विजयी नगरप्रमुख बानियाँ र उपप्रमुख कुँवर २०७४ सालको स्थानीय चुनावमा सोही… पुरा पढौ

सञ्चारमन्त्री कार्कीद्वारा बकर इदको शुभकामना

इनरुवा । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बकर इद पर्वका अवसरमा सबैमा शुभकामना व्यक्त गरेका छन् । सुनसरी सदरमुकाम इनरुवा पुगेका मन्त्री कार्कीले मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) का अवसरमा सबैमा शुभकामना व्यक्त गरेका छन् । मन्त्री कार्कीले यस पर्वले सबैलाई सुखशान्ति र समृद्धि प्रदान गर्नुका साथै पर्वले समाजलाई एकताको सूत्रमा बाँध्नका लागि प्रेरणा प्रदान गरोस भनी कामना गरेका छन् । त्यसैगरी बकर इदका अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा १ नम्बर… पुरा पढौ