राजनीति

पाँच दलीय समन्वय समितिको बैठक स्थगित

काठमाडौं । स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल गर्न आज बस्ने भनिएको पाँच दलीय समन्वय समितिको बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे बैठक बस्ने तय भएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको हो । यसअघि गत मंगलबार बसेको समितिको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वैशाखमा संसदीय र कात्तिकमा स्थानीय तह निर्वाचन गर्ने प्रस्ताव राखेका थिए । त्यसबारे थप गृहकार्य गरेर आज बैठक बस्ने भनिएको थियो । पुरा पढौ

गण्डकीका नाकामा होल्डिङ सेन्टर बनाइने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कोभिडको तेस्रो लहर रोकथाम र नियन्त्रणका लागि जनशक्ति, अक्सिजन प्लान्टदेखि अस्पतालको व्यवस्थापनमा प्रदेश सरकारले हरसम्भव प्रयास गरिरहेको बताएका छन् । कोभिडको तेस्रो लहर नियन्त्रणका लागि नेपाल सरकारले पुस ३० गते जारी गरेको आदेश कार्यान्यनका लागि प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको भर्चुअल बैठकमा मुख्यमन्त्री पोखरेलले भने, ‘महामारी नियन्त्रणमा हामीले सक्दो प्रयास गरेका छौं, कहिँकतै जनशक्ति अभाव नहोस् भनेर त्यही अनुसार व्यवस्थापन गरेका छौं ।’ नवलपुर लगायत जिल्लामा ल्याबको जनशक्ति नहुँदा पिसिआर… पुरा पढौ

समावेशी र समानुपातिकको प्रश्नमा छलफल गर्दै संसदीय सुनुवाइ समिति

काठमाडौ । संसदीय सुनुवाइ समितिले राजदूत नियुक्तिका लागि सिफारिसमा समावेशी र समानुपातिक सिद्धान्तलाई आत्मसात् गर्ने सन्दर्भमा भइरहेका प्रगतिबारे प्रधानमन्त्रीलाई आमन्त्रण गरी छलफल गर्ने भएको छ । समितिको आजको बैठकले संविधानको मर्म र भावनाअनुसार विभिन्न नियुक्तिमा समावेशी र समानुपातिक आधारलाई किन आत्मसात् हुन सकिरहेको छैन भनी प्रधानमन्त्रीलाई उपयुक्त मितिमा आमन्त्रण गरी जानकारी माग गर्ने निर्णय भएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । समितिले बैठकबाट निर्देशन मात्र दिने होइन, त्यसका लागि नीतिगत पूर्वाधार निर्माणबारे के गर्न सकिन्छ भन्ने बारेमा बैठकमा छलफल… पुरा पढौ

कांग्रेस महामन्त्री शर्मालाई कोरोना सङ्क्रमण पुष्टि

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । महामन्त्री शर्मालाई हल्का रुघाखोकी र टाउको दुखेपछि नेपाल मेडिसिटी अस्पतालमा गरिएको परीक्षणमा आज कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । महामन्त्री शर्मालाई आठ महिनाअघि पनि कोरोना सङ्क्रमण भएको थियो । पार्टीको मङ्सिरमा सम्पन्न १४औँ महाधिवेशनमा महामन्त्री निर्वाचित भएका शर्मा पछिल्लो समय सार्वजनिक कार्यक्रममा व्यस्त थिए। महामन्त्री शर्मा हाल चिकित्सकको परामर्शअनुसार आइसोलेसनमा रहेका छन् ।रासस पुरा पढौ

मधेश प्रदेशले आज बलिदानी दिवस मनाइँदै

प्रदेश २ । मधेश प्रदेश सरकारले आज विशेष कार्यक्रम गरी मधेश बलिदानी दिवस मनाउन लागेको छ । मधेश आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोको मृत्यु भएको आजको दिनलाई मधेश बलिदानी दिवसको रुपमा प्रदेश सरकारले मनाउँदै आएको हो । मधेस प्रदेश सरकारले यसवर्ष बलिदानी दिवसको अवसर पारेर सप्तरी सदरमुकाम राजविराजमा विशेष कार्यक्रम गर्न लागेको छ । मुख्यमन्त्री लालबाबु राउतलगायत प्रदेश सरकार मन्त्री, प्रदेशसभा सदस्य र विभिन्न राजनीतिक दलका शीर्ष नेताको विशेष उपस्थितिमा दिउँसो आयोजना हुने कार्यक्रममा मधेश आन्दोलनका क्रममा शहीद भएकाको… पुरा पढौ

राजनीति सेवा हो, व्यापार होइनः लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई जनताको सेवाका रुपमा लिनुपर्ने र यसलाई पेशा व्यपार बनाउँन नहुने बताएका छन् । झापाको सुरुङ्गामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही राजनीतिक दलका नेताले राजनीतिलाई गलत ढङ्गले प्रयोग गरेको आरोप लगाए । उनले लोकतन्त्रलाई बलियो बनाउन राजनीतिक सेन्डिकेट अन्त्य गर्नुपर्ने बताए । कार्यक्रममा राप्रपाका झापा जिल्ला अध्यक्ष केशवप्रसाद ओझाले राजनीतिमा युवा वर्गलाई नेतृत्वमा पु¥याउनुपर्ने बताए । रासस पुरा पढौ

बाढीपीडितका लागि प्रदेश सरकारद्वारा १२ करोड निकासा

कर्णली । कर्णाली प्रदेश सरकारले सुर्खेतका बाढीपीडितका लागि रु १२ करोड निकासा गरेको छ । विसं २०७१ साउनमा आएको बाढीबाट पश्चिम सुर्खेतको पञ्चपुरी, भेरीगङ्गा नगरपालिका र बराहताल गाउँपालिकाका पीडितको घर निर्माणका लागि सो रकम निकासा गरिएको हो । बाढीबाट एक हजार ४५ घरमा पूर्णरूपमा क्षति पुगेको थियो । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले गत कात्तिक २९ गते मुगुको छायाँनाथ रारा नगरपालिका–१ गमगढीका आगलागी पीडितलाई जिल्ला प्रशासन कार्यालयमार्फत रु ६१ लाख ८५ हजार राहत रकम पठाएका छन् । यस्तै रु दुई करोड… पुरा पढौ

एमालेको सबै कार्यक्रम स्थगित

कोभिड–१९ को महामारी पुनः बढेको सन्दर्भमाा नेकपा (एमाले) ले पार्टी र जनसंगठनका २५ जनाभन्दा बढी सहभागी हुने सबै प्रकारका सार्वजनिक कार्यक्रम स्थगन गरेको छ। एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्मराज अधिकारीले पार्टीका प्रदेश र जिल्ला अध्यक्षलाई आज (बुधबार) पत्राचार गर्दै कोभिड–१९ को तेस्रो लहरसम्बन्धी नेपाल सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकललाई ध्यानमा राखेर मातहतका पार्टीका कार्यालय संचालन गर्न आग्रह गरेका छन्। पार्टीका आन्तरिक बैठक, भेला, छलफल जस्ता कार्यक्रम आवश्यक सतर्कता अपनाई आयोजना गर्न र स्थानीय नेता–कार्यकर्ता र जनप्रतिनिधिले महामारी विरुद्ध आवश्यक… पुरा पढौ

अबुधाबीमा भएका आतङ्कवादी हमलाको नेपालद्वारा निन्दा

काठमाण्डौं । सरकारले संयुक्त अरब इमिरेट्सको अबुधाबीका विभिन्न स्थानमा हिजो भएका आतङ्कवादी हमलाको नेपालले निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी मृतकका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । व्यावसायिक एवं पर्यटन केन्द्रको राजधानी अबुधाबी विमानस्थल नजिक सोमबार भएको आतङ्कवादी आक्रमण इन्धन ट्रकमा हुँदा तीन जनाको मृत्यु हुनाका साथै अन्य छ जना घाइते भएका थिए । रासस पुरा पढौ

सत्तारूढ दलको बैठक : समयमै स्थानीय तह निर्वाचन गर्नेबारे छलफल

काठमाण्डौं । सत्तारूढ गठबन्धन दलहरुबीच संविधान र कानूनले तोकेको समय सीमाभित्रै स्थानीय तहको निर्वाचन गर्ने विषयमा सहमति भएको छ । सरकारलाई सहयोग गर्न गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा निर्वाचनसँग जोडिएका विषयमा छलफल केन्द्रित रहेको नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले जानकारी दिए । बैठकमा नेताहरुले संविधान र कानूनले गरेको व्यवस्थाअन्तर्गत नै रहेर स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्छ भन्ने सुझाव दिए को जानकारी दिँदै उनले कोभिड–१९ को चुनौतीको कसरी सामना गर्ने भन्ने विषयमा पनि… पुरा पढौ