राजनीति

फेवातालमा फुटट्रयाक बनाउनु पर्छ : मन्त्री बराल

पोखरा ७, मंसिर गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पोखरामा पर्यटकको बसाई लम्बाउन फेवाताल किनारमा फुटट्याक आवश्यक भएको बताएका छन् । पोखरा २२ स्थित तालपारी अनदु गुरुङ समाजको सोमबार अनदुमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री बरालले पोखरामा आउने पर्यटकको बसाई अवधि लम्बाउन फेवातालको किनार क्षेत्रमा फुटट्याक निर्माण गर्न आवश्यक भएको बताएका हुन् । फेवातालबाट नजिक भएर पनि पोखरा २२ माथिल्लो तथा तल्लो अनदु क्षेत्र सहितका स्थानियहरु अझै विकासको पूर्वाधारको हिसावले पछि परेकोले ताल वरीपरीको क्षेत्रको विकाससंगै… पुरा पढौ

देशभर कांग्रेसको प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन

काठमाण्डौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा पार्टीको अधिवेशन प्रारम्भ भएको छ । तोकिएको मितिमा आज १२५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन प्रारम्भ भएको पार्टी कार्यालयले जनाएको छ । मुलुकका कूल १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये यसअघि १६ निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भइसकेको छ । बाँकी १४९ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सोमबार अधिवेशन निर्धारण गरिएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । अधिवेशन प्रारम्भ भएका जिल्लामा मतदान भई परिणाम प्राप्त भएको, मनोनयन गरी मतदान तोकिएको, सर्वसम्मतिको प्रयास भइरहेकोलगायतका देशभरबाट जानकारी… पुरा पढौ

प्रधानमन्त्री देउवा महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन

डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधिका लागि सर्वसम्मत चयन भएका छन् । उनको गृह जिल्ला डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले जानकारी दिए । सभापति देउवाले मञ्जुरीनामा मार्फत उम्मेदवारी दिएका थिए । यस्तै कांग्रेस नेतृ एवम प्रधानमन्त्री देउवा पत्नी डा. आरजु राणा पनि महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएकी छन् । कांग्रेस पार्टीको विधानको धारा १५ को उपधारा १ (ग) मा केन्द्रीय समितिका पदाधिकारी र सदस्य स्वतः एक अवधिका लागि महाधिवेशन प्रतिनिधि… पुरा पढौ

नेकपा कास्कीद्वारा पोखरामा बृहत मोटरसाइकल र्‍याली

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आठौँ पार्टी पुनर्गठन दिवसका अवसरमा सोमबार पोखरामा बृहत मोटरसाईकल र्‍याली निकालेको छ । पोखराको पृथ्वीचोकबाट शुरु भएको र्‍याली सभागृहचोक, चिप्लेढुङ्गा, सिद्धार्थचोक, जिरो किलो,हल्लनचोक बैदाम, मिलनचोक, एयरपोर्ट परीक्रमा गर्दै पृथ्वी हाईवे अन्तर्गत अमरसिंह चोक, बिजयपुल, बुढिबजार, अर्घौ, तालचोक हुँदै शिशुवा चोकमा पुगी कोण सभामा परीणत भएको थियो । पार्टी पुनर्गठन दिवसको उत्सवमा निकालिएको सो र्‍यालीमा नेकपा जिन्दावाद , एकीकृत जनक्रान्ति जिन्दावाद , महान सहिद अमर रहुन् , वेपत्ताको खोजी गर , बैज्ञानिक समाजवाद जिन्दावाद ,… पुरा पढौ

रोकिएको वृत्तिविकास एक हप्ता भित्र नखुलाए आन्दोलन गर्ने महानगरका कर्मचारीको चेतावनी

लामो समयदेखी वृतीविकास र स्थायीत्व नभएको भन्दै पोखरा महानगरपालिकाका स्थानीय तहतर्फका कर्मचारीहरुले कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङ्ग र प्रमुख प्रशासकिय अधिकृत महेश बराललाई ज्ञापन पत्र वुझाएका हुन ।विभिन्न पाँच बुँदे माग राख्दै उनिहरुले एकहप्ता भित्र आफुहरुका मागका सम्वन्धमा सुनुवाई नभए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।स्थानीय सरकारको रुपमा रहेको महानगरले आफैले कानून बनाएर कार्यान्वयन गर्न सक्ने भएपनि कर्मचारीहरुको समस्याका सम्वन्धमा उदासिन बनेको भन्दै कर्मचारीहरु आन्दोलित बनेका हुन ।महानगरपालिका संयुक्त कर्मचारी समितिका अध्यक्ष इञ्जिनियर झपट बहादुर थापाको नेतृत्वमा विभिन्न कर्मचारी संघ संगठनका… पुरा पढौ

काँग्रेसको आज ६० जिल्लाका निर्वाचन क्षेत्रमा अधिवेशन

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत आज (सोमबार) ६० जिल्लामा प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन सुरु हुँदैछ । काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार निर्धारित कार्यतालिकाअनुसार ६० जिल्लाका १ सय ४८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा अधिवेशन सोमबार सुरु हुन लागेको हो। १४ वटा जिल्लाको अधिवेशन सम्पन्न हुँदा सोमबार ६० जिल्लाका १ सय ४८ वटा निर्वाचन क्षेत्रमा अधिवेशन हुन लागेको हो। काँग्रेसको बाँकी १३ जिल्लाको प्रतिनिधि सभा क्षेत्रस्तरीय अधिवेशन सम्पन्न भइसकेको छ । त्यसमा गोरखा र म्याग्दीको सम्पन्न भइसकेको छ। सोलुखुम्बुको अधिवेशन… पुरा पढौ

माओवादी केन्द्रको मादी–७ मा दुर्गाबहादुर गुरुङ

पोखरा । नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्र मादी गाउँपालिका –७ को वडा अधिवेशनले दुर्गाबहादुर गुरुङको अध्यक्षतामा नयाँ वडा कमिटी चयन गरेको छ । पार्टीको शनिबार सम्पन्न वडा अधिवेशनले गुरुङको अध्यक्षतामा नयाँ वडा कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा योगराज रेग्मी, सचिव सन्तोष तामाङ, सह–सचिवमा द्रोण गुरुङ, कोषाध्यक्षमा मिरु परियार चयन भएका छन् ।यस्तै सदस्यहरुतर्फ बिष्णुकुमारी गुरुङ, प्रेम कुमारी खड्का लगायत चयन भएको जनाइएको छ । पुरा पढौ

माओवादी केन्द्र पोखरा–१९ मा बास्तोला

नेपाल कम्युनिस्ट पर्टी माओबादी केन्द्र पोखरा माहानगरपालिका–१९ को अध्यक्षमा बास्तोला निर्वाचित भएका छन्। पार्टीको शनिबार सम्पन्न वडा अधिबेशनबाट बास्तोलाको अध्यक्षतामा ४१ सदस्यीय वडा कमिटी गरेको हो। जसको उपाध्यक्षमा दर्शन पौडेल, सचिवमा निलकण्ठ आचार्य, सह–सचिवमा नरेशकुमार श्रेष्ठ र कोषाध्यÞमा अम्बिका ढुंगाना निर्वाचित गरेको छ। पुरा पढौ

माओवादी केन्द्र पोखरा–२५ मा अधिकारी

नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र पोखरा महानगरपालिका–२५ महादेब अधिकारी निर्वाचित भएका छन्। पार्टीको पोखरा महानगर २५ को शनिबार सम्पन्न अधिवेशनले अधिकारीको अध्यक्षतामा ४२ सदस्यीय समिति र महानगर प्रतिनिधि सर्वसम्मत चयन गरेको हो। पुरा पढौ

माओवादी केन्द्र पोखरा–२८ मा तिवारी

नेकपा माओवादी केन्द्र पोखरा महानगरपालिका वडा नं २८ को अध्यक्षमा यज्ञप्रसाद तिवारी निर्वाचित भएका छन्। पार्टीको शनिबार सम्पन्न वडा अधिवेशनले त्रिपाठीको अध्यक्षतामा ४५ सदस्यीय वडा कमिटी गरेको हो। जसको उपाध्यक्षमा पुष्प त्रिपाठी, सचिवमा दुधराज तिवारी, सह–सचिव हरि भण्डारी र कोषाध्यक्षमा गंगा भुर्तेल निर्वाचित भएका छन्।गण्डकी प्रदेश सभा सदस्य माननीय गायत्री गुरुङ (कुसुम) अधिवेसनमा प्रमुख अतिथि थिइन्। पुरा पढौ