राजनीति

कोभिड–१९ नियन्त्रणका लागि सबै एकजुट हुनुपर्छः प्रधामन्त्री देउवा

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ नियन्त्रणका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् । प्रमुख प्रतिपक्ष नेकपा एमालेले शनिबार कोभिड नियन्त्रणका विषयमा बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै उनले सबै मिलेर कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई परास्त गर्नुपर्ने बताएका हुन् । “कोरोना भाइरस सङ्क्रमण नियन्त्रण र रोकथामका लागि तेरो पार्टी, मेरो पार्टी नभनी हामी सबै एकजुट हुनुपर्छ”, उनले भने, “सबैको सहकार्य र एकताबाट नै कोरोना भाइरस सङ्क्रमण नियन्त्रण र रोकथाम गर्न सकिन्छ ।” प्रधानमन्त्री देउवाले अहिले देखिएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन धेरै सङ्क्रामक… पुरा पढौ

मुख्यमन्त्री पोखरेलद्वारा माघी पर्वका अवसरमा शुभकामना व्यक्त

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कोरोना भाइरसको तेस्रो लहर ओमिक्रोनको संक्रमण व्यापकरुपमा फैलिइरहेकाले स्वास्थ्य मापदण्ड अपनाएर सजग भई पर्व मनाउन आग्रह गरेका छन् । माघे संक्रान्ति अर्थात् माघी पर्व २०७८ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरुमा आरोग्य, समृद्धि, सुख शान्ति एवं उत्तरोत्तर प्रगतिको कामना समेत गरेका छन् । उनले भनेका छन्, ‘यस दिनलाई भिन्न समुदायले आआफ्नै तरिकाले मनाउने गर्नुभएको छ । थारु, मगर र छन्त्याल समुदायका लागि माघे… पुरा पढौ

गृहमन्त्री खाँणसँग अस्ट्रेलियन राजदूतको भेट

काठमाण्डौं । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कले आज भेट गरेका छन् । गृह मन्त्रालयमा भएको भेटमा अस्ट्रेलिया र नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध अझै प्रगाढ बनाउनेबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा गृहमन्त्री खाँणले नेपालको विकासमा अस्ट्रेलियाले गरिरहेको मद्दतका लागि धन्यवाद दिँदै कोभिड–१९ महामारी नियन्त्रणका लागि भ्याक्सिन सहयोग गर्न आग्रह गरेका थिए । नेपालमा रहेका शरणार्थीको व्यवस्थापन र नेपाली विद्यार्थीलाई अष्ट्रेलियामा पढ्न सहज हुने व्यवस्था गरिदिन पनि उनले आग्रह गरेका थिए । मन्त्री खाँडले पढाइका… पुरा पढौ

एमालेको अनुशासन आयोगमा सम्पत्ति विवरण बुझाउन निर्देशन

काठमाडौ । नेकपा (एमाले)को केन्द्रीय अनुशासन आयोगले पार्टीको केन्द्रीय कमिटी, निकाय, सङ्घीय सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुखलाई आफ्नो व्यक्तिगत सम्पत्ति विवरण भरेर अनिवार्यरूपमा बुझाउन निर्देशन दिएको छ । आयोगका अध्यक्ष केशव बडालले जारी गर्नुभएको अन्तरपार्टी निर्देशन–१ मा पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनबाट पारित विधानको धारा ७९ र आयोगको कार्यसम्पादन नियमावलीको नियम ६ बमोजिम पार्टीबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसमेतलाई यही पुस १४ गतेदेखि गणना हुने गरी ६० दिनभित्र आयोगसमक्ष उक्त विवरण पेश गर्न निर्देशन दिइएको हो । आयोेगले पार्टीभित्र अनुशासन… पुरा पढौ

प्रेस चौतारी बागलुङको अध्यक्षमा नबिन शिशिर बिक

प्रेस चौतारी नेपाल बागलुङ शाखाको अध्यक्षमा नविन शिशिर बिक सर्वसम्मत चयन भएका छन्। बिहिबार बागलुङ बजारमा सम्पन्न छैटौं जिल्ला अधिबेशनले बिकको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो। कमिटीको उपाध्यक्षमा सिर्जना पन्त र झरना कँडेल, सचिवमा कमल पौडेल, उपसचिवमा अर्जुन कार्की र हेम बिक तथा कोषध्यक्षमा खेमराज गौतम (सुवास) चयन भएका छन्। कमिटीको सदस्यमा मनिषा शर्मा, दिवाकर उपाध्याय, राम खत्री, साधना पन्त, रोहन जिसी, अनिस पाठक, बिक्रम पौडेल, सचदेव क्षत्री, कृषिता अधिकारी, करिश्मा क्षत्री, जीवन पाण्डे र शिव बोहरा… पुरा पढौ

मादी गाउँसभाको निर्णय : एक्याप क्षेत्रभित्रका प्राकृतिक श्रोत साधनको संरक्षण, सम्वद्र्धन र ब्यबस्थापन गर्ने जिम्मा देउ

पोखरा, पुस २९ मादी गाउँपालिकाले अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) हटाउन र सो क्षेत्रभित्र रहेका प्राकृतिक स्रोत साधनको संरक्षण, सम्वद्र्धन र व्यवस्थापन आफूलाई दिन संघ सरकारसँग माग गरेको छ । मादी गाउँपालिकाको दशौं गाउँसभाले यसका लागि आग्रह गर्ने निर्णय गरेको गाउँपालिकाले जारी गरेको विज्ञप्तीमा जनाइएको छ । गाउँसभाले अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) हटाउन र सो क्षेत्रभित्र रहेका प्राकृतिक स्रोत साधनको संरक्षण, सम्वद्र्धन र व्यवस्थापन गाउँपालिका मातहत नआएसम्म एक्यापको नाममा संकलन भएको रोयल्टी र पर्यटन शुल्कको ७० प्रतिशत अंश गाउँपालिकामा आउने व्यवस्था… पुरा पढौ

राष्ट्रिय जनमोर्चाका प्रदेश सम्मेलन फागुनमा

काठमाणडौं । राष्ट्रिय जनमोर्चाले आगामी फागुन ६ र ७ गते प्रदेश सम्मेलन गर्ने भएको छ । यसअघि पार्टीले आउँदो माघको १५ र १६ गते प्रदेश सम्मेलन तोकिएको थियो । पछिल्लो समय कोभिड–१९को नयाँ भेरियन्टको बढ्दो जोखिम र कतिपय आवश्यक तयारी पूरा हुन नसकेका कारण सातवटै प्रदेश सम्मेलन केही सातापछि सारेको अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए । देशव्यापीरूपमा सङ्गठन सुदृढीकरण अभियान थालेको पार्टीले मातहतका प्रदेश, जिल्ला, स्थानीय कमिटीलाई स्वास्थ्य मापदण्ड अपनाएर मात्र राजनीतिक कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ । जनताको… पुरा पढौ

नागरिकको जीवन रक्षका लागि सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री कार्की

काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकको जीवनरक्षाका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन्। पछिल्ला केही दिनयता कोरोना भाइरस सङ्क्रमणदर निकै बढेकामा चिन्ता व्यक्त गर्दै उनले सङ्क्रमण नियन्त्रण गर्न सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरिसकेको बताएका छन् । आज सामाजिक सञ्जालमार्फत सरकारका प्रवक्ता कार्कीले भने, “पछिल्ला केही दिनयता कोरोना भाइरस सङ्क्रमणको दर निकै बढेको छ । कोरोना सङ्क्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरिसकेको छ । नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध छ । खोप अभियान तीव्रगतिमा अगाडि… पुरा पढौ

वृहत आर्थिक परिसूचकको सुधारमा विशेष पहल गर्नुपर्छ : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशले आफ्नो आर्थिक क्षमता अनुसार प्रगति गर्न नसकेका अवस्थामा वृहत आर्थिक परिसूचकको सुधारमा विशेष पहल गर्नुपर्ने बताएका छन् । प्रदेश विकास समस्या समाधान समितिको बैठक एवं चालु आर्थिक वर्षको प्रथम चौमासिक प्रगति समीक्षा बैठकमा आज उनले विकासको विशिष्ट सम्भावना बोकेको भए पनि देशको कूल ग्रार्हस्थ उत्पादनमा ८.७ प्रतिशत मात्र योगदान रहनुले प्रदेशको अवस्था कमजोर रहेको देखाएको छ । मुख्यमन्त्री पोखरेलले अधिकांश सामाजिक सूचक राम्रो रहेको भएपनि जिडिपिमा योगदान कम भएकाले यसमा सुधार हुनुपर्ने उल्लेख… पुरा पढौ

तनहुँका पत्रकार भट्टराई र बास्तोलालाई प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार

प्रेस चौतारी नेपाल तनहुँ शाखाले स्थापना गरेको क्रियाशील पत्रकारिता पुरस्कारबाट जिल्लाका प्रकाशचन्द्र भट्टराई र बसन्ती बास्तोला पुरस्कृत भएका छन् । प्रेस चौतारी तनहुँको बुधबार सम्पन्न ९ औं जिल्ला अधिवेशनका अवसरमा उक्त पुरस्कार प्रदान गरिएको हो। नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङ, निवर्तमान अध्यक्ष केदार सिग्देल, एमाले तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ लगायतले उक्त पुरस्कार प्रदान गरे। पुरस्कारको राशी जनही १० हजार रुपैयाँ रहेको छ। पत्रकार भट्टराई प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य र बास्तोला सञ्चारिका समूह नेपालका केन्द्रीय सदस्य हुन्। शाखाका… पुरा पढौ