समाज

विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै,ज्येष्ठ नागरिकलाई उचित संरक्षण जरुरी: राष्ट्रपति पौडेल

‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने आदर्श वाक्यका साथ आज विभिन्न कार्यक्रम आयोजना गरी ज्येष्ठ नागरिक दिवस मनाइँदैछ । ज्येष्ठ नागरिकको हक, हित तथा अधिकारको संरक्षण गर्दै सम्मान, संरक्षण र सहभागिता प्रवर्द्धन गर्नका लागि विभिन्न कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाउन लागिएको हो । विसं २०५१ पुस ११ गते सामाजिक सुरक्षा भत्ता सुरु गरिएको दिनलाई स्मरण गर्दै नेपालमा हरेक वर्ष यो दिवस मनाइन्छ । यो दिवसले ज्येष्ठ नागरिकप्रतिको हाम्रो सामूहिक दायित्व, जिम्मेवारी, कर्तव्य, सम्मान र आदरभावलाई पुनः… पुरा पढौ

कालिका क्याम्पसमा खेलकुद तथा अतिरिक्त क्रियाकलापहरु सम्पन्न

पोखरा, पुस १० कालिका बहुमुखी क्याम्पस पोखरा–१४ काजीपोखरीको ३४ औं वार्षिकोत्सवको साप्ताहिक कार्यक्रम अन्तर्गत विहीबार खेलकुद तथा अतिरिक्त कृयाकलापहरु सम्पन्न भएका छन् । पुस ४ गतेदेखि शुरु भएको वार्षिकोत्सव विशेष खेलकुद तथा अतिरिक्त कृयाकलापहरु विहीबार सकिएको हो । खेलकुद तथा अतिरिक्त कृयाकलाप कार्यक्रमहरु समापन कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष किरण केसीले देशको भविष्य युवाको हातमा रहेको बताए । त्यसैले युवा पलायन रोक्न आवश्यक रहेकोमा उनले जोड दिए । क्याम्पसबाट उ्रत्कृष्ट अंक ल्याएर उत्तिर्ण हुनेहरुलाई आफू आबद्द केसी ग्रुपले… पुरा पढौ

पोखराको कृस्ती हर्राबोटमा सुन्तला महोत्सव : खरिद गर्ने धेरै, बेच्ने थोरै

सन्देश श्रेष्ठपोखरा, पुस १० पोखरामा विहीबार सुन्तला महोत्सव सम्पन्न भएको छ । सुन्तलाको पकेट क्षेत्र पोखरा–२१ हर्राबोटमा सुन्तला महोत्सव आयोजना गरिएको हो । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा र कृषि विकास महाशाखाको सहयोग तथा वडा स्तरीय कृषि सञ्जालको समन्वयमा पोखरा महानगरपालिका वडा नम्बर २१ ले आयोजना गरेको महोत्सवमा कृषक भने बेखूस देखिए । कृषकलाई भन्दा बिचौलियालाई पोस्नेगरी कार्यक्रम गरिएको कृषकको आरोप छ । महोत्सवमा सुन्तलाको पहाड बनाउने भनिएको थियो । तर सुन्तलाको पहाड त थियो तर एकदमै सानो । कृषकले… पुरा पढौ

हिमालय क्लवको साधारण सभा सम्पन्न, भलिवलका पुर्व राष्ट्रिय खेलाडी बस्नेत सम्मानित

शिशिर उजाडपोखरा भलिवल खेलका पुर्व राष्ट्रिय खेलाडी योगेन्द्र बहादुर बस्नेत पोखरामा सम्मानित भएका छन् । पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरद्वारा संचालित स्वर्गीय उदय बहादुर बस्नेत स्मृति भलिवल पुरस्कारबाट बस्नेत सम्मानित भएका हुन् । क्लवको २९ औं बार्षिक साधारण सभाका अवसरमा उनलाई कार्यक्रमका प्रमुख अतिथी संस्थापक अध्यक्ष तीर्थमान तामाङ , मानार्थ सदस्य पुर्व मन्त्री कुमार खड्का, पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सीना, पुर्व वडाध्यक्ष जीवनप्रसाद आचार्य, क्लवका मानार्थ सदस्य वेनीबहादुर बस्नेत, स्वर्गीय उदयबहादुर बस्नेतकी धर्मपत्नी गणेशकुमारी बस्नेत,क्लवका पुर्व… पुरा पढौ

१४ औं पोखरा महोत्सवको तयारी तीब्र

पोखरा । १४ ओेैं पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । युनाइटेड क्लव पोखराको आयोजनामा आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ ओैं पोखराको महोत्सवको तयारी तीब्र पारिएको हो । महोत्सवको तयारी स्वरुप मंगलबार महोत्सव सम्पन्न गर्न गठित उपसमिति र सल्लाहकारहरूको बैठक सम्पन्न भएको छ । बैठकले महोत्सवलाई सभ्य र भब्य बनाउन सम्पुर्ण एक भएर लाग्ने प्रतिवद्वता जनाएका छन । सो अवसरमा वोल्दै महोत्स्व सल्लाहकार डा कृष्ण केसीले समय परिस्थिति अनुसार महोत्सव… पुरा पढौ

पाेखरामा १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता सुरु

पोखरा ९ पाैष ।  पोखरामा बुधबारदेखि १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिता पौष ११ गते सम्म चल्ने छ । प्रतियोगिताको पोखरा रङ्गशालामा एक भव्य कार्यक्रमबीच उद्‌घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले विस्तारै खेलकुद व्यवसायिक बन्दै गएको बताए । उनले खेलकुदले देशलाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा चिनाउने काम गरेको उल्लेख गरे ।  राष्ट्रिय एकताको प्रतीकका रुपमा खेलकुद विकास भइरहेको भन्दै मेयर आचार्यले देश विभिन्न मुद्दामा… पुरा पढौ

पोखराका पत्रकार धनबहादुर गुरुङ पुरस्कृत

पोखरा ।  पोखराका क्रियाशिल युवा धनबहादुर गुरुङ पूर्वप्रधानसेनापति छत्रमानसिंह-कमला गुरुङ पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।   तमु (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले उनलाई सम्मान गरेका हुन् । कार्यक्रममा संघले हरेक वर्ष वितरण गर्ने ‘तमु पत्रकारिता पुरस्कार’बाट विभिन्न शीर्षकमा गुरुङसँगै ६ जना पत्रकार पुरस्कृत भएका छन् ।  एक जना गुरुङ समुदाय र अर्को एक जना अन्य समुदायका पत्रकारलाई प्रदान गरिने पूर्वप्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्काबाट अन्य समुदायतर्फ श्यामकृष्ण श्रेष्ठ… पुरा पढौ

उत्पादक र उपभोक्ताको संगम स्थल बन्यो लेखनाथ महोत्सव

लेखनाथ, ९ पुस ।कास्कीको लेखनाथमा पुसको ३ गते देखि जारी २१ औं संस्करणको लेखनाथ महोत्सव स्थल किनबेचको केन्द्र बिन्दु बनेको छ । महोत्सवमा आएर रमाईलो पनि हेर्न पाईने र घर फर्कदा आफुलाई आवश्यक पर्ने स्वदेशी देखि विदेशी सामानहरु सुपथ मुल्यमा पाईने भएपछि महोत्सवस्थल ब्यापारिक केन्द बिन्दु बनेको हो ।महोत्सवमा आएका दर्शकहरुले घर फर्कदा केही न केही सामग्री लिएर घर फर्कने गरेकाले अघिल्ला दिनको तुलनामा ब्यापारको कारोवार बढेको आयोजक सस्था लेखनाथ उद्योग बाणिज्य संघका कोषाध्यक्ष हरि वस्ताकोटीको दावी रहेको छ ।… पुरा पढौ

पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : न्यू ईयर ईभमा उज्जन शाक्य पनि गुञ्जिने

पोखरा, पुस ९ पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा हुने सांगीतिक उत्सवमा भाईरल गायक उज्जन शाक्य पनि गुञ्जिने भएका छन् । रेवान पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवको न्यू ईयर ईभ विशेष कार्यक्रम हिट्स अफ नाईन्टिज अन्तर्गत पुस १६ गते बेलुका न्यू ईयर ईभमा अहिलेका भाइरल उज्जन श्रेष्ठको व्याण्डले लाईभ प्रस्तुती दिने अल टेक नेपालका सञ्चालक शेरबहादुर गुरुङले जानकारी दिए । उनले बेबी, राजमती चा, लुमन्ती, कुमारी, मतिनाया स्वाः, लिक्कलिक्कलगायतका गीतहरु गुञ्जाउने बताए । सो दिन न्यू… पुरा पढौ

रोटरी क्लब अफ पोखरा न्यूरोडद्वारा आर्बा बिजय माविमा कम्प्युटर र स्टेशनरी सामग्री वितरण

रोटरी क्लब अफ पोखरा न्यूरोडले पोखरा–१३ मा रहेको आर्बा बिजय माध्यमिक विद्यालयमा एक थान कम्प्युटरसहित ७५ जना विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेको छ । विद्यार्थीहरूको शैक्षिक स्तर उकास्न र प्रविधिमैत्री शिक्षालाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको क्लबले जनाएको छ ।कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक पद्मावती अधिकारी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवसागर बराल र सो वडाका जनप्रतिनिधि रजनी परियारले रोटरी क्लब अफ पोखरा न्यूरोडप्रति धन्यवाद व्यक्त गर्दै सहयोगले विद्यालयको पठन–पाठनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । क्लबका प्रेसिडेन्ट इलेक्ट… पुरा पढौ