समाज

तनहुँमा एक हजार पाँच सय मतदाता थपिए

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा एक हजार पाँच सयभन्दा बढी मतदाता थपिएका छन् । असोज ९ गतेदेखि फोटोसहितको मतदाता नामावली दर्ता खुला गरिएकामा सोमबारसम्म जिल्लामा एक हजार पाँच सय ९२ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यसमध्ये नौ सय ४१ पुरुष र छ सय ५१ जना महिला रहेको जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले जानकारी दिए । गत मङ्गलबारसम्म जिल्लामा सात सय ६५ जना मतदाता थपिएकामा पछिल्लो पाँच दिनमा दोब्बर मतदाता थपिएको लम्सालले… पुरा पढौ

अन्नपूर्ण क्षेत्रमा १० महिनामा भित्रिए दुई लाख ४६ हजार पर्यटक

अन्नपूर्ण संरक्षण क्षेत्रमा गत जनवरीदेखि अक्टोबरसम्ममा दुई लाख ४६ हजार ५७५ विदेशी पर्यटक भित्रिएका छन् । उक्त अवधिमा दक्षिण एसियाली मुलुकका एक लाख ४६ हजार ९६८ र अन्य मुलुकका ९९ हजार ६०७ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका हुन् । सबैभन्दा बढी गत अप्रिलमा ४४ हजार ७६३ पर्यटक आएकामा जनवरीमा सबैभन्दा कम जम्मा नौ हजार ३५९ पर्यटक यस क्षेत्रमा भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । सन् २०२४ मा दुई लाख ४४ हजार ४५ पर्यटकले यस क्षेत्रको भ्रमण गरेकामा सन्… पुरा पढौ

तीन महिनामा प्रेस स्वतन्त्रता हननका ५९ घटना

पछिल्ला तीन महिनामा प्रेस स्वतन्त्रता हननका ५९ घटना घटेको प्रेस काउन्सिल नेपालले जनाएको छ । गत साउन १ गतेदेखि गत असोज ३१ गतेको अवधिमा सो सङ्ख्यामा प्रेस स्वतन्त्रता हननका घटना भएको काउन्सिलले जनाएको हो । तीमध्ये सबैभन्दा धेरै आक्रमणरकुटपिटका ३४ घटना रहेको काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवम् प्रवक्ता दीपक खनालले जानकारी दिए । त्यसैगरी धम्की÷दुव्र्यवहारका १०, पेसागत असुरक्षाका आठ, कब्जा÷अवरोधका पाँच र नीतिगत बन्देजका दुई घटना घटेको जनाइएको छ । प्रदेशअनुसार सबैभन्दा बढी बागमती प्रदेशमा ४४, मधेस प्रदेशमा ६, लुम्बिनीमा… पुरा पढौ

पोखराको आर्बामा हुने एन्ड्युरो साइक्लिङको तयारी पुरा,१३ देशका ६० साईक्लिस्टले भाग लिने

शिशिर उजाडपोखरा पोखरा महानगरपालिका वडा नं. १३, आर्बामा हुने पोखरा एन्ड्युरो साईक्लिङ रेस प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । डाउन टिल डस्क प्रालिको आयोजनामा यही कात्तिक २७ देखि २९ गतेसम्म आर्बाको महाप्रभु धाममा चल्ने तेस्रो संस्करणको प्रतियोगितामा साइक्लिङको डाउनहिल एक दशमलव ६ किलोमिटरको दूरीमा नेपाल सहित विभिन्न १३ देशका साईक्लिस्टले प्रतिस्पर्धा गर्ने वडाध्यक्ष किरण बरालले जानकारी दिए । नेपालसहित, अस्ट्रेलिया, सिंगापुर, क्यानडा, जर्मन, अमेरिका, ओमान, जापान, श्रीलंका सहितका साईक्लिष्टहरुको सहभागिता हुने पक्का भएको छ । प्रतियोगितामा ६० साईक्लिस्टले भाग… पुरा पढौ

डेंगु संक्रमितको ग्राफ बढ्दो, गण्डकी प्रदेशमा मात्रै १ हजार ९ सय बढी संक्रमित

पछिल्लो एक सातामा देशभर १ सय ८२ जना डेंगु संक्रमित थपिएका छन् । विगतका वर्षहरूमा वर्षायाममा धेरै संक्रमण देखिने गरेकोमा यस वर्ष कात्तिकको अन्तिम सातासम्म पनि संक्रमण नघटेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मात्रै २६ जनामा डेंगुको संक्रमण देखिएको छ । यो सँगै नेपालमा डेंगु संक्रमितको संख्या ७ हजार ५ सय १९ पुगेको छ । संक्रमणबाट सबैभन्दा धेरै गण्डकी प्रदेश प्रभावित भएको छ । जहाँ १ हजार ९ सय ८ जनामा… पुरा पढौ

बारपाक–लाप्राक सडकखण्डमा बुधबारसम्म सवारी आवागमन बन्द

गोरखाको बारपाक–लाप्राक सडकखण्ड स्तरोन्नतिका लागि आजदेखि सवारी आवागमन बन्द गरिएको छ । बारपाक सुलिकोट गाउँपालिकाको–१ बारपाक र धार्चे गाउँपालिका–४ लाप्राक जोड्ने सडक स्तरोन्नतिका लागि मंगलबार र बुधबार दुई दिन यातायात सञ्चालनमा रोक लगाइएको हो । निर्माणाधीन सडकखण्डमा यातायात बन्द गरेर सडक निर्माण गर्न लागिएको धार्चे गाउँपालिका–४ का वडाध्यक्ष किसान गुरुङले जानकारी दिए । उनले भने, “दुई दिनसम्म पूर्ण रूपमा सवारीसाधनको आवागमन बन्द गरेर निर्माण कम्पनीले ‘व्याक कटिङ’ तथा अन्य संरचना निर्माण गर्न लागेको छ ।” शर्मा÷विक्की जेभी निर्माण कम्पनीमार्फत सो… पुरा पढौ

राष्ट्रपतिद्वारा मधेस प्रदेशका प्रमुख सुवेदीलाई पदमुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय एवं सिफारिसका आधारमा राष्ट्रपतिले नेपालको संविधानको धारा १६५ को उपधारा १ को खण्ड ख बमोजिम भण्डारीलाई आजैदेखि लागू हुनेगरी पदमुक्त गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले सुवेदीलाई पदमुक्त गर्न सिफारिस गरेको थियो । पुरा पढौ

कारागारबाट छुटेकै दिन पर्वतमा पत्नीको हत्या

पर्वतको मोदी गाउँपालिका–६ दराकमा कारागारबाट छुटेकै दिन एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । मोदी–६ दराकका ५१ वर्षीय जीतबहादुर विकले ५२ वर्षीया श्रीमती सीतालाई गए राति कुटपिट गरी हत्या गरेका हुन् । कुटपिटबाट बेहोस अवस्थामा रहेकी सीतालाई प्रहरीले उद्धार गरी गए राति नै प्रदेश अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सीताको टाउको र अनुहारमा चोट लागेको थियो । कुटपिटको घटनापछि घरमै रहेकी सीताकी बुहारी शोभा विकले प्रहरी चौकी देउपुरमा खबर गरेलगत्तै पुगेको देउपुर प्रहरी चौकी र जिल्ला प्रहरी… पुरा पढौ

यातायात व्यवसायीलाई मुख्यमन्त्री पाण्डेले भने : मैले तपाईंहरुलाई राईड सेयरिङको बारेमा बुझाउन सकिन

सन्देश श्रेष्ठपोखरा, कात्तिक २४ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यातायात व्यवसायीलाई आफूले राईड सेयरिङबारे बुझाउन नसकेको भन्दै व्यंग्य गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समितिको सातौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनलाई सोमबार पोखरामा सम्बोधन गर्दै आफूले राईड सेयरिङलाई वैधानिक बनाउन कोशिष गर्दा व्यवसायीले नबुझेर विरोध गरेको बताए । राईड सेयरिङबारे तपाईंहरुले बुझ्नु भएन,उनले भने,‘अझ भनौं मैले नै तपाईंहरुलाई बुझाउन सकिनँ ।’ तर राईड सेयरिङ यात्रु र व्यवसायी दुबैको हितमा रहेको उनले दाबी गरे । ढिलो… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री पाण्डे चुनावको पक्षमा, चुनाव सफल गराउन गरे अपिल

सन्देश श्रेष्ठपोखरा, कात्तिक २४ गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फागुन २१ मा तोकिएको आम निर्वाचन सफल बनाउनु प्रदेश सरकारको दायित्व भएको बताएका छन् । गण्डकी प्रदेशसभाको आजदेखि शुरु भएको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै उनले भने,‘फागुन २१ गते प्रतिनिधि सभाको चुनाव घोषणा भई संघ सरकारले तयारी गरिरहेको सन्दर्भमा संविधानतः हुने निर्वाचनलाई सफल बनाउनु प्रदेश सरकारको पनि दायित्व हो ।’ उनले उक्त निर्वाचन सफल बनाउनका लागि प्रदेश सभा सदस्यहरु, दलहरु, नागरिक समाज, युवालगायत सबै प्रदेशवासीमा अपिल गरे । गण्डकी प्रदेशका… पुरा पढौ