समाज

तामझामसहित शुरु भयो पोखरा सडक महोत्सव

सन्देश श्रेष्ठपोखरा, पुस १३ पोखरामा तामझामसहित सडक महोत्सव शुरु भएको छ । अंग्रेजी नयाँ वर्षको स्वागतार्थ रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराद्वारा पर्यटकीय केन्द्र लेकसाइडमा आयोजित पोखरा सडक महोत्सवको २७ औं श्रृङ्खला आईतबारदेखि शुरु भएको हो । महोत्सवको नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात, उर्जा, जलस्रोत तथा सिंचाई र सहरी विकास मन्त्री कुलमान घिसिङले आईतबार औपचारिक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् । महोत्सवको उद्घाटनअघि पोखरा हल्लनचोकदेखि झाँकीसहितको ¥याली निकालिएको थियो । ¥यालीमा ब्राह्मण, क्षेत्री, नेवार, गुरुङ, मगर, थकाली, थारुलगायतका जातजाति आ–आफ्नो… पुरा पढौ

म्याग्दीमा पुन परिवारले गरे वडा कार्यालयलाई जग्गा दान

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा वडा कार्यालयको भवन निर्माणका लागि स्थानीयले रु एक करोड मूल्य पर्ने जग्गा दान गरेका छन् । छिमेकी मुलुक चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकसँग जोडिएको पर्यटकीयस्थल महभिर झरना नजिकै रहेको चार रोपनी क्षेत्रफलको जग्गा निःशुल्क प्राप्त भएको हो । अन्नपूर्ण गाउँपालिका–७ का वडाअध्यक्ष मइलन गर्बुजा पुनका अनुसार भक्तराज पुन, चतिमा गर्बुजा, भक्तबहादुर गर्बुजा, लोकबहादुर फगामी, लोकबहादुर पुन, भिममाया गर्बुजा, गौमाया गर्बुजा, सुनमति गर्बुजा, प्रितिम रन्तिजा, गौरी गर्बुजाले ११ कित्ता जग्गा दान गरेका हुन् ।… पुरा पढौ

भाचोकमा परिवार नियोजनको अभिमुखिकरण

नेपाल परिवार नियोजन संघ कास्कीले कास्कीको मादी गाउँपालिका वडा नं १० स्थित भाचोकमा अभिमुखिकरण कार्यक्रम गरेको छ । संघले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र आमा समूहको नेतृत्वका लागि परिवार नियोजन र यौन तथा प्रजनन् स्वास्थ्य विषयमा अभिमुखिकरण गरेको हो । ग्रामिण तथा दुर्गभ क्षेत्रलाई लक्षित गरी कार्यक्रम गरिएको सभापति नवीन सिग्देलले जानकारी दिए । भाचोक स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा ४० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै भाचोक स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष नर बहादुर गुरुङले आफ्नो क्षेत्रमा कार्यक्रम ल्याइदिदा… पुरा पढौ

सरकारका प्रवक्ता खरेलको दाबी: शीर्ष नेताहरुले चुनावमा जान सहमति जनाइसके, दलहरु निर्वाचनमा होमिईसके

सन्देश श्रेष्ठपोखरा, पुस १३ सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले प्रमुख दलका शिर्ष नेताहरुले चुनावमा जान सहमति जनाएको दाबी गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आईतबार पोखरामा आयोजना गरेको ‘आमसञ्चारलाई व्यवसायीक बनाउन यस क्षेत्रमा विकशित नविनतम अवधारणा’ सम्बन्धि अन्र्तक्रिया तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै सरकारका प्रवक्तासमेत रहेका उनले प्रधानमन्त्रीले शनितबार गरेको छलफलमा शीर्ष नेताहरुले निःशर्त चुनावमा जान सहमति जनाएको बताएका हुन् । जेनजी आन्दोलनको जगमा बनेको सुशीला सरकारले फागुन २१ गतेका लागि चुनाव घोषणा गरेको छ ।… पुरा पढौ

पोखरा बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा शंकर गुरुङ

पोखरा, पुस १२पोखराको सबैभन्दा पहिलो सामुदायिक क्याम्पस पोखरा बहुमुखी क्याम्पसको शनिबार सम्पन्न ३९ औं साधारण सभा तथा आठौं अधिवेशनले सामाजिक ब्यक्तित्व शंकर गुरुङको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । अधिबेशनले गुरुङलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । अधिवेशनले सदस्यहरुमा समीर गुरुङ, हस्त बहादुर थापा, कुमारी मुना वास्तोला, उमा कुमारी ठकुरी, नवीन नापित, भिम गौतम र देव कुमारी हिराचन निर्वाचित गरेको छ ।यसअघि सामाजिक ब्यक्तित्व नरेन्द्रमान लालचन दुई कार्यकालसम्म क्याम्पस संचालक समितिको अध्यक्ष थिए ।येसैबिच, उक्त अधिबेशनमा कार्यभार हस्तान्तरण गर्दै… पुरा पढौ

पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने

पोखरा, पुस १२ पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा हुने सांगीतिक उत्सवमा पोखराका चर्चित व्याण्डहरु लेकाली र देउराली पनि गुञ्जिने भएका छन् । गत वर्ष पोखरामा आयोजित व्याक टु नाईन्टिजबाट जुर्मुराएका दुई व्याण्डहरु लेकाली र देउराली गुञ्जिने भएका हुन् । । रेवान पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवको हिट्स अफ नाईन्टिज अन्तर्गत पुस १६ गते बेलुका न्यू ईयर ईभ विशेष कार्यक्रममा लेकाली र देउराली व्याण्डले पनि प्रस्तुती राख्ने सांगीतिक कार्यक्रम संयोजन गरिरहेको अल टेक नेपालका सञ्चालक शेरबहादुर… पुरा पढौ

कालिका बहुमुखी क्याम्पसमा उद्योगपति केसीको सालिक स्थापना

कालिका बहुमुखी क्याम्पस सञ्चालक समितिका संस्थापक अध्यक्ष उद्योगपति, समाजसेवी, शिक्षा सेवी सूर्यबहादुर केसीको सालिक अनावरण गरिएको छ। पोखरा महानगर पालिका वडा नं. १४ काजी पोखरी स्थित कालिका बहुमुखी क्याम्पसको हाता भित्र केसीको अर्ध कदको सालिक अनावरण गरिएको हो । क्याम्पसको ३४ औँ वार्षिकोत्सव, भवन उद्घाटन सालिक अनावरण एवम् पुरस्कार वितरण कार्यक्रममा केसीको सालिक अनावरण गरिएको हो । क्याम्पस हात भित्र निर्माण गरिएको अर्ध कदको सालिकको त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा.डा. महानन्द चालिसे, सुर्यप्रेम ट्रस्ट तथा कालिका बहुमुखी क्याम्पसका संरक्षक,… पुरा पढौ

ईन्द्रराज्यलक्ष्मी मा विमा नवआदर्शको निबन्ध लेखन

पोखराको लामाचौरमा रहेको नवआदर्श सामुदायिक विकास समाजले माध्यमिक विद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको छ । ईन्द्रराज्यलक्ष्मी मा वि लामाचौरमा अध्ययनरत कक्षा ९ देखि १२ का विद्यार्थीहरु बीच भएको प्रतियोगिता कक्षा ९ र १० तर्फ आरुजु बस्नेत प्रथम, युनिसा रिमाल द्वितीय र रस्था विश्वकर्मा तृतीय भएका छन् । त्यस्तै ११ र १२ तर्फ मिसन भुजेल प्रथम,निकिता शर्मा द्वितिय तथा खुशी ठाकुरले तृतीय स्थान प्राप्त गरेको कार्यक्रम संयोजक हरिबहादुर थापाले जानकारी दिए । विद्यालयका ३० जना विद्यार्थीले सहभागीता जनाएको कार्यक्रममा… पुरा पढौ

घान्द्रुकमा निःशुल्क पशु स्वास्थ्य शिविर

कास्कीको अन्नपूर्ण गाउँपालिकामा रहेको अन्नपूर्ण बहुप्राविधिक शिक्षालयले घान्द्रुकमा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न गरेको छ । अन्नपूर्ण गाउँपालिकाको सहयोगमा आयोजित शिविरबाट ८० जना कृषक लाभान्वित भएका छन् । शिविरमा गाई, भैंसी ८० वटा, बाख्रा १ सय, कुखुरा ३५ सय र कुकुर १० वटाको स्वास्थ्य परिक्षण गरिएको शिक्षालयका प्रमुख ई.सरद कोईरालाले जानकारी दिए । सो कार्यक्रममा गोबर परिक्षण, जुका र माटेको निःशुक्ल औषधी वितरण गरिएको उनले बताए । सो कार्यका लागि शिक्षालयका विभागिय प्रमुख डा.आशिष अधिकारी, सहायक प्रशिक्षक प्रेमराज अधिकारी, पशु… पुरा पढौ

तमु ल्होछार आगमनमा तमु धिंले औषधोपचारका लागि १० बिरामीलाई २ लाख ५० हजार सहयोग

तमु ल्होछार आगमनको अवसरमा तमु धिं नेपालले शुक्रवार १० जना विरामीलाई २ लाख ५० हजार रुपैया स्वास्थ्योपचारका लागि सहयोग वितरण गरेको छ। तमु समुदायको महान चाड, राष्ट्रिय पर्व तमु ल्होछार आगमनको अवसरमा आयोजित विभिन्न कार्यक्रम अन्र्तगत तमु धिं नेपालका परमआदरणीय मेजर जयबहादुर–उदय चन्द्र–मेजरनी रुपकुमारी गुरुङ स्वास्थ्योपचार कोषबाट १० जना विरामीलाई जनही २५ हजार रुपैयाको दरले औषधोपचारका लागि सहयोग वितरण गरेको हो। औषधोपचार सहयोग पाउनेहरुमा मिरुवा तमु समाजका प्रेमकाजी गुरुङ, पोखरा २७ का प्रेमबहादुर कुमाल, तनहुँ तमु समाजकी सितामाया गुरुङ, बाग्लुङ… पुरा पढौ