खेलकुद

बिटी कपमा क्वाटरफाइनल समिकरण पूरा, डिफेण्डिङ च्याम्पियन बाहिरियो

पोखरा । बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा जारी सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगितामा क्वाटरफाइनलको समिकरण पूरा भएको छ । पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा आज (सोमबार) भएको प्रिक्वाटरफाइनल खेलबाट लामागाउँ गुम्बा एफसी, एलबी आरवाइसी काठमाडौं, दिव्यज्योती क्लब, एलसी ब्रदर्श, एट टु नाइन, तारा एफसी टिम ‘ए’ रामघाट एफसी र एनटु क्याफे टुंडिखेल विजयी बन्दै अन्तिम आठमा प्रवेश गर्‍यो । आज भएको पहिलो खेलमा लामागाउँ गुम्बा एफसीले नदीपुरलाई २–१ गोल अन्तरले पराजित गर्‍यो । यस्तै एलबी… पुरा पढौ

विश्वकप क्रिकेट लिग : नेदरल्यान्ड्सको शानदार जित

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक शृङ्खलाअन्र्गत आज भएको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई सात विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नामिबियाले प्रस्तुत गरेको एक सय २४ रनको सामान्य लक्ष्य नेदरल्यान्ड्सले २७ दशमलव दुई ओरभमा तीन विकेट गुमाउँदै पूरा गर्‍यो । यस जितसँगै नेदरल्यान्ड्सले दुई खेलमा दुई अङ्क जोडेको छ । पहिलो खेलमा नेदरल्यान्ड्स नेपालसँग नौ विकेटले पराजित भएको थियो । समान दुई खेल नै खेलेको नामिबियाको पनि समान… पुरा पढौ

हिसान फुटसलमा स्टेब बाई स्टेप र त्रिवेणी पब्लिक फाइनलमा प्रवेश

पोखरा । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा पोखरामा जारी दोस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा युनिभसिटि लेबल फुटसल प्रतियोगिताको फाइनल समिकरण पुरा भएको छ । हिसान प्रदेशस्तरीय प्लस टु स्तरीय फुटसलमा स्टेब बाई स्टेप सेकेन्डरी स्कुल र त्रिवेणी पब्लिक स्कुल फाइनलमा प्रवेश गरेका छन् । स्टेब बाई स्टेपले स्नोभ्यु इङलिस बोडिङ स्कुललाई ७–१ गोल अन्तरको फराकिलो अन्तरले पराजीत गर्दै फाइन प्रबेश ग¥यो । त्यसै गरी त्रिवेणी पब्लिक स्कुलले सगरमाथा सेकेन्डरी स्कुललाई २–१ गोलले हराउदै फाइनल प्रवेश… पुरा पढौ

हिसान गण्डकी प्रदेशस्तरीय फुटसलमा कलेज लेवलको सेमिफाइनल समिकरण पुरा

फागुन ५ पोखरा । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा पोखरामा दोस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज लेवल फुटसल प्रतियोगितामा सेमिफाइनल समिकरण पुरा भएको छ । कलेज लेवलमा पोखरा लिङकन कलेज, सोचो कलेज अफ आइटि, इन्फोम्याक्स कलेज अफ आइटि एण्ड म्यानेजमेन्ट र इन्फोम्याट्रिक कलेज पोखरा सेमिफाइनलमा प्रबेश गरेका छन् । पोखरा लिङकन कलेजले माउण्ट अन्नपुर्ण क्याम्पसलाई ७–३ गोलले, सोचो कलेज अफ आइटिले लेकसिटि कलेज एण्ड रिर्सच सेन्टरलाई ४–०, इन्फोम्याक्स कलेज अफ आइटि एण्ड म्यानेजमेन्टले ला ग्यान्डि… पुरा पढौ

राष्ट्रपति कप वैशाखको पहिलो साता, गण्डकी प्रदेशको तयारी शुरु

पोखरा । नेपाली खेलाडी उत्पादनको मुख्य प्रतियोगिताको मध्येको एक केन्द्रिय राष्ट्रपति कप बैशाखको पहिलो साता हुने भए पनि यता गण्डकी प्रदेशले भने आफ्नो तयारी शुरु गरेको छ । केन्द्रिय राष्ट्रपति कप रनिङ शिल्डफागुनको अन्तिम साता गर्ने यस अघि राष्ट्रिय खेलकुद परिषदले जनाएको थियो । यहि फागुनको अन्तिम साता बागमती प्रदेशस्तरीय प्रतियोगिता हुने भए पछि बैशाखमा धकेलिएको हो । यता केन्द्रियस्तरको प्रतियोगिता सर्ने निश्चित भए पनि प्रदेश खेलकुद परिषद गण्डकीले भने आफ्नो तयारी सुरु गरेको सदस्य सचिव श्रीधर शर्माले जनाएका छन्… पुरा पढौ

१८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा क्रिस्टल मन्टेश्वरीका बिद्यार्थी पनि सहभागि

पोखरा । १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन भब्य रुपमा सम्पन्न भएको छ । नेपाल भूतपूर्व खेलाडी मन्चको अयोजनामा भएको कार्यक्रममा बिभिन्न इभेन्ट्स र उमेर समूहका गरि करिब ८ हजार सहभागि भएका मन्चका अध्यक्ष हरिप्रसाद पराजुलीले बताए ।म्याराथनमा पोखरा ६ जरेबर स्ट्रिट नम्बर ३१ मा अवश्थित क्रिस्टल मन्टेश्वरी किन्डरवर्ल्डका स-साना बाबु नानी पनि सहभागि भएका थिए । मन्टेश्वरीका संचालिका प्रिन्सिपल रिना पौडेलले ५० जना नानी बाबुले रन फर फनमा सहभागिता जनाउनुका साथै समापन समारोहमा प्रस्तुति समेत दिएका थिए ।केन्याली धावकको… पुरा पढौ

१८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकको बर्चश्व, जुलियसले पुरा गरे २ घण्टा १९ मिनेट ३६ सेकेण्डमा

पोखरा । १८ औं सफल पोखरा म्याराथनमा केन्याली धावकहरुले वर्चस्व राखेका छन् । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा शनिबार सम्पन्न म्याराथनमा खुला म्याराथनतर्फ केन्याली धावकहरुले बर्चश्व राखेका हुन् ।म्याराथन खुलातर्फ पहिलो भएका केन्याली धावक जुलियास मुरियाली वाहोमले निर्धारित ४२.१९५ किलोमिटरको दुरी २ घण्टा १९ मिनेट ३६ सेकेण्डमा पूरा गरे भने केन्याकै इसाक किहारा कमिरीले २ घण्टा २० मिनेट ०५ सेकेण्डको समय निकाल्दै दोश्रो भए । त्यस्तै अर्का केन्याली धावक इडविन किप्लागटले २ घण्टा २० मिनेट ४५… पुरा पढौ

१८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकको बर्चश्व

पोखरा । १८ औं सफल पोखरा म्याराथनमा केन्याली धावकहरुले वर्चस्व राखेका छन् । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा पोखरामा शनिबार सम्पन्न म्याराथनमा खुला म्याराथनतर्फ केन्याली धावकहरुले बर्चश्व राखेका हुन् । म्याराथन खुलातर्फ पहिलो भएका केन्याली धावक जुलियास मुरियाली वाहोमले निर्धारित ४२.१९५ किलोमिटरको दुरी २ घण्टा १९ मिनेट ३६ सेकेण्डमा पूरा गरे भने केन्याकै इसाक किहारा कमिरीले २ घण्टा २० मिनेट ०५ सेकेण्डको समय निकाल्दै दोश्रो भए । त्यस्तै अर्का केन्याली धावक इडविन किप्लागटले २ घण्टा २०… पुरा पढौ

विरेन स्मृति बिटी कपमा पहिलो चरणका खेलहरु सम्पन्न

पोखरा । बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा जारी सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगितामा पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् । पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा आज (शुक्रबार) भएको पहिलो खेलमा मालेपाटन युुथ क्लबले मसिना बगरलाई २–१ गोलको अन्तरले पराजित गर्‍यो । यस्तै दोश्रो खेलमा म्याक्सवेल पोखराले चाउँथे एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै म्याक्सवेल अघिल्लो चरणमा प्रवेश गर्‍यो । तेस्रो खेलमा एट टु नाइनले मेरो नेपाललाई १–० गोल अन्तरले हराउँदै मडला दोस्रो चरणमा प्रवेश गर्‍यो… पुरा पढौ

दोस्रो हिसान गण्डकी प्रेदश स्तरीय फुटसल प्रतियोगिताका शुरु

फागुन ४ पोखरा । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा पोखरामा दोस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा युनिभर्सिटी लेवल फुटसल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) केन्द्रिय सल्लाहकार सूर्य बहादुर जिसिले उद्घाटन गरे । प्रतियोगितामा ग्लोबल कलेजियट स्कुलले पोखरा आर्दश सेकेन्डरी स्कुललाई ३–२ गोल अन्तरले हराएको छ । त्यसै गरी अर्को खेलमा प्रतिभा सेडेन्डरी स्कुलले माउण्ट अन्नपुर्ण सेकेन्डरी स्कुललाई ट्राइबे्रकरमा ३–२ गोल अन्तरले हरायो । निर्धारित समयमा २–२ गोल भएपछि… पुरा पढौ