खेलकुद

टाइगर कप भलिबल : एपिएफ श्रीलंका आर्मी संग पराजित, हेल्प नेपालको पहिलो जित

माघ २ पोखरा । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी ‘चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८०‘ मा महिला तर्फ नेपाल पुलिस क्लब, नेपाल आर्मी तथा पुरुषतर्फ श्रीलंका आर्मी टिम र टिप टप हेल्प नेपालले आ–आफ्नो खेल जितेका छन् । पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा जारी प्रतियोगितामा महिलातर्फ घरेलु टोली गण्डकी प्रदेश भलिबल संघको महिला भलिबल टोली नेपाल पुलिस क्लब संग सोझो ३–० को सोझो सेटमा पराजित भएको छ ।… पुरा पढौ

वडा १५ मा दोश्रो बृहत खेलकुद महोत्सव शुरु, झण्डै १२ सय खेलाडी सहभागी

माघ २ पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १५ को आयोजनामा मंगलबारदेखि वडा १५ स्तरिय दोश्रो बृहत खेलकुद महोत्सव–२०८० शुरु भएको छ । संविधान सभा सदस्य विद्या भट्टराईले एक समारोहका विच महोत्सवको उद्घाटन गरिन् । सो अवसरमा उनले खेल क्षेत्रले नेपाललाई अन्र्तराष्ट्रिय क्षेत्रमा चिनाएको बताइन् । खेलाडीहरुको मेहनतकै कारण देशले खेलकुदका विभिन्न स्पर्धाहरुमा अन्र्तराष्ट्रिय पदक जितेको बताउँदै अब राष्ट्रले पनि खेलाडीको महत्व बुझ्नुपर्नेमा जोड दिइन् । वडास्तरम हुने यस्ता प्रतियोगिताबाट खेलाडी उत्पादन तथा नवप्रतिभाको पहिचान हुने भट्टराईको भनाई थियो ।… पुरा पढौ

टाइगर कप भलिबल प्रतियोगिता शुरु, पहिलो दिन एपीएफको दोहोरो जीत

माघ १ पोखरा । पोखरामा सोमबारदेखि टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८० शुरु भएको छ । टाईगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रंगशालास्थित भलिबल टेक्निकल सेन्टरमा प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको पहिलो दिन सशस्त्र प्रहरीको एपीएफ क्लवले दोहोरो जीत निकालेको छ । एपीएफले पुरुष तथा महिलातर्फको दुबै खेलमा नेपाल पुलिस क्लवलाई पराजित गर्दै दोहोरो जीत निकालेको हो । प्रतियोगिता अन्तर्गत भएको पुरुषतर्फको खेलमा एपीएफले नेपाल पुलिस क्लवलाई सोझो सेटमा हरायो… पुरा पढौ

टाइगर कप भलिबल : पहिलो दिन तीन खेल, खराब प्रकाशका कारण रोकियो उद्घाटन खेल

माघ १ पोखरा । ‘चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८०’को पहिलो दिन तनी खेलहरु भएका छन् भने उद्घाटन खेल भने खराब प्रकाशका कारण रोकिएको छ टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सोमबारबाट सुरु भएको प्रतियोगितामा महिलातर्फ विभागिय टिम शसस्त्र प्रहरीको एपिएफ क्लब र चन्द्रागिरी न्यू डायमण्ड क्लबले जित दर्ता गर्दा पुरुषतर्फ शसस्त्र प्रहरीको एपिएफ क्लब बिजयी सुरुवात गरेको हो । पहिलो दिन केही समय ढिला सुरु भएको गण्डकी प्रदेश भलिबल… पुरा पढौ

चौथो टाइगर कप आजदेखि, उद्घाटन खेलमा गण्डकी र पुलिस भिड्दै

चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८०’ आजदेखि शुरु हुँदैछ । पोखरा रंगशालामा हुने खेलको तयारी पुरा भएको आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन खेलमा आज गण्डकी प्रदेश र नेपाल पुलिस क्लव भिड्दै छन् । प्रतियोगितामा पहिलो पटक दुई विदेशी क्लव र केही सहभागि टिमहरुमा विदेशी खेलाडीहरु समेत सम्मिलित भए पछि चौथो टाइगर कप रोचक हुने भएको टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले जनाएका छन् । खेलकुद विकास… पुरा पढौ

चौथो टाइगर कपको सम्पूर्ण तयारी पुरा, भारत र श्रीलंकाका टिमपनि सहभागि हुँदै

पोखरा । चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८०’को सम्पूर्ण तयारी पुरा भएको छ । तयारी पुरा भए संगै आयोजकले उद्घाटन खेलमा गण्डकी प्रदेश र नेपाल पुलिस क्लव भिड्ने भएको जनाएको छ । प्रतियोगितामा पहिलो पटक दुई विदेशी क्लव र केही सहभागि टिमहरुमा विदेशी खेलाडीहरु समेत सम्मिलित भए पछि चौथो टाइगर कप रोचक हुने भएको टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले जनाएका छन् । खेलकुद विकास र सामाजिक… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि बौदीकालीलाई

कास्की । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदीकाली गाउँपालिकाले कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आयोजना गरेको ‘दोस्रो माछापच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका भलिबल’ प्रतियोगिताको उपाधि जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा बागलुङको गलकोट नगरपालिकालाई ३–१ सेटले हराउँदै बौदीकाली च्याम्पियन बनेको हो । उपाधिसँगै उसले रु तीन लाख पुरस्कार प्राप्त ग¥यो । उपविजेता गलकोटलाई रु दुई लाख प्रदान गरिएको छ । खेलको पहिलो सेट गलकोटले २१–२५ अङ्कले जित्यो । त्यसपछिका तीन सेट बौदाकालीले आफ्नो पक्षमा पार्न सफल भयो । दोस्रो सेट बौदीकालीले… पुरा पढौ

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन र रोटरी डिस्ट्रीक ३२९२ बिच प्रायोजकको सम्झौता

पोखरा । नेपाल भुतपुर्व खेलाडी मञ्चले आयोजना गर्दै आइरहेको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन र सामाजिक संस्था रोटरी डिस्ट्रीक ३२९२ बिच प्रायोजकको सम्झौता भएको छ । आगामी फागुन पाँच गते १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनबाट ३ वर्षका लागि हरेक वर्ष दुई लाख रुपैयाँ प्रदान गर्दै सह–प्रायोजकको रुपमा रहने दुई पक्ष बिच पोखरामा सम्झौता भएको हो । मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन सँग जोडिएकोमा धन्यवाद ज्ञापन गरे । उनले रोटरी सामाजिक संस्था भएको र सामाजिक संस्था… पुरा पढौ

२३ औं आहा रारा पोखरा गोल्डकप : चरक मेमोरियल हस्पिटलको साथ

पुस २७ पोखरा । २३ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितालाई चरक मेमोरियल हस्पिटल प्रालि, पोखराले साथ दिएको छ । प्रतियोगिताको सव–कोस्पोन्सर रुपमा हस्पिटलका तर्फबाट प्रबन्ध निर्देशक कपिल पोखरेल र आयोजक सहारा क्लब पोखरातर्फबाट अध्यक्ष केशवराज बरालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । पोखरा–८, नागढुंगास्थित चरक मेमोरियल पोखराको सुविधासम्पन्न अस्पतालमध्ये एक हो । यसैबीच, अनलाइन खबरले प्रतियोगिताको टेक्स लाइभ गर्नेछ । सो सम्बन्धमा अनलाइन खबरका गण्डकी प्रदेश ब्यूरो प्रमुख अमृत सुवेदी र क्लब अध्यक्ष बरालबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।… पुरा पढौ

‘प्रतिभा क्रिकेट टुर्नामेन्ट’ सकियो

पुस २८ पोखरा । पोखरा रंगशालाको क्रिकेट मैदानमा संचालित प्रतिभा क्रिकेट टुर्नामेन्ट सकिएको छ । शनिबार भएको फाइनल खेलमा कक्षा १२ को व्यवस्थापन संकायको बिहानी सत्रको सेक्सन बी १३ रनले विजयी हुँदै उपाधि जितेको छ । दिवासत्रको व्यस्थापन समूहको १२ कक्षा दोश्रो भएको छ । आशिष विक म्यान अफ दी म्याच बने । प्रतियोगितामा आशिष विक बेस्ट बलर बने । ९१ रन लिएका राहुल शर्मा बेस्ट ब्याटर बने । रोहन चन्द बेस्ट फिल्डर बनेका छन् । प्रतियोगितामा १० कक्षासम्मको अन्तर… पुरा पढौ