खेलकुद

पहिलो मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग २–० ले पराजित

बंगलादेशसँगको मैत्रीपूर्ण पहिलो खेलमा नेपाल पराजित भएको छ। बंगलादेशको ढाकास्थित बंगबन्धु स्टेडियममा शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग २–० गोल अन्तरले पराजित बनेको हो। खेलको नवौँ मिनेटमा नविद जीवनले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाए। पहिलो हाफमा एक गोलको अग्रता लिएको बंगलादेशले दोस्रो हाफमा अर्काे एक गोल थप्न सफल बन्यो। उसका लागि खेलको ८० औँ मिनेटमा महबुर रहमानले गोल थपे। नेपालले अब बंगलादेशसँग आउँदो मंगलबार दोस्रो मैत्रीपूर्ण फुटबल खेल्ने छ। नेपाली राष्ट्रिय फुटबल टोलीले एक वर्षपछि शुक्रबार (हिँजो)… पुरा पढौ

फङ्की युनाइटेडलाई फुटसल उपाधि

पोखरा, सिर्जनाचोकको फङ्की युनाइटेड क्लबले ८० केजी तौल समूहको कास्की जिल्लास्तरिय खुल्ला फुटसल प्रतियोगिताको उपाधि जितेको छ। लेकसाइड युथ क्लबको आयोजनामा लेकसाइड फुटसल एरिनामा शुक्रबार सम्पन्न प्रतियोगिताको फाइनलमा भ्याली स्पोर्ट्स रामबजारलाई ४–३ गोलले पराजित गर्दै फङ्की युनाइटेडले उपाधि जितेको हो। उपाधिसँगै फङ्कीले २० केजीको भेँडा र प्रमाणपत्र हात पारेको छ । उपविजेता भ्याली स्पोर्ट्स क्लब रामबजारले १७ केजीको भेँडा र प्रमाणपत्रमा चित्त बुझायो। प्रमुख अतिथि अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटसल कमिटी केन्द्रीय उपाध्यक्ष विनोद गुरुङले विजेता तथा उपविजेता… पुरा पढौ

बङ्गलादेश पुगेका नेपाली फुटबल खेलाडीलाई कोरोना

मैत्रीपूर्ण खेल खेल्न बङ्गलादेशको राजधानी ढाका पुगेका नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन । ढाकामा बुधबार गरिएको कोरोना परीक्षणका क्रममा ती नेपाली खेलाडीमा कोरोना देखिएको अखिल नेपाल फुटबल महासङ्घ एन्फाले जनाएको छ । नेपाली टोलीका अन्य खेलाडीको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ । कोरोना देखिएका खेलाडीलाई अस्पतालको आइसोलेसनमा राखिएको एन्फाले जनाएको छ । ती खेलाडीको अवस्था सामान्य रहेको छ । कोरोना देखिए पनि उनले बङ्गलादेशसितको पहिलो मैत्रीपूर्ण खेल गुमाउने भएका छन् । नेपालले शुक्रबार… पुरा पढौ

स्टेडियममै गएर दर्शकहरुले नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेल हेर्न पाउनेछ – बीएफएफ

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेल हेर्न दर्शकहरु ढाकाको बंगबन्ध नेशनल स्टेडियममा जान पाउने भएका छन्। बंगलादेश फुटबल फेडेरेशन बीएफएफले २ मैत्रीपूर्ण खेलमा दर्शकलाई मैदान प्रवेश गर्न अनुमति दिने निर्णय गरेको हो। नेपाल र बंगलादेशबीच ढाकाको बंगबन्ध नेशनल स्टेडियममा कार्तिक २८ (भोली, शुक्रबार) र मंसिर २ गते ढाकामा २ मैत्रीपूर्ण खेल हुँदैछ। बीएफएफले दुबै खेलमा दर्शकलाई प्रवेश गर्न दिने निर्णय गरेको हो। विश्वभर फैलिरहेको कोरोना महामारिकाको कारण अधिकांश देशमा दर्शकलाई मैदान प्रवेशमा रोक लगाईएको छ। तर, बीएफएफले फिफा र एसियाली… पुरा पढौ

नेपालले मार्च र जुनमा विश्वकप छनोट अन्तर्गतको बाँकी खेल खेल्नेछ – एएफसी

नेपालले प्रतिस्पर्धा गरिरहेको फिफा विश्वकप छनोट र एसियन कप छनोटको दोस्रो चरण अन्तर्गतका बाँकी खेलहरु सन् २०२१ को जुन महिनाभित्र सक्नेछ। एसियन फुटबल कन्फेडेरेसन एएफसीले विश्वकप र एसियन कप छनोटका बाँकी खेलहरु जुन १५ सम्म सकिने जनाएको हो। एएफसीको प्रतियोगिता समितिको भर्चुअल बैठकले विश्वकप छनोट र एसियन कप छनोटका बाँकी खेल जुन १५ भित्र सक्ने निर्णय गरेको हो। कोरोना भाइरसको महामारीको कारण यसअघि अक्टोबर र नोभेम्बरमा तय गरिएका छनोटका खेलहरु स्थगित गरिएको थियो। छनोट अन्तर्गत बाँकी रहेको खेल मार्च र… पुरा पढौ

आईपिएल २०२० : सन्दीपमाथि दिल्लीको अन्याय !

नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने यस पटकको ईण्डियन प्रिमियर लिगमा बेञ्चमा सिमित भएका छन् । विश्वकै चर्चित क्रिकेट लिग आईपिएलका यसअघीका दुई संस्करणमा खेलिसकेका लेग स्पिनर सन्दीप यस वर्ष भने बेञ्चमा मात्र सिमित भएका हुन् । विश्वका चर्चित लिगहरु क्यारेवियन प्रिमियर लिग, बिगबास, पाकिस्तानी प्रिमियर लिगलगायतका प्रतियोगिताहरु खेलेर अनुभवी सन्दीप आईपिएल २०२० मा दिल्ली क्यापिटल्सबाट खेलिरहेका उनी दर्शक मात्र बने । जबकी उनले पहिलो पटक अनुबन्ध भएकै वर्ष आईपिएल २०१८ मा खेल्न पाएका थिए भने दोश्रो पटक समावेश भएको २०१९… पुरा पढौ

दिल्लीलाई जिल्याउँदै मुम्बईले जित्यो आईपिएलको उपाधि

ईण्डियन प्रिमियर लिग (आईपिएल)को उपाधि मुम्बई ईण्डियन्सले जितेको छ । युएईमा मंगलबार राती भएको आईपिएको फाईनल खेलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै मुम्बईले पाचौं पटक उपाधि जितेको हो । यसअघी ४ पटक उपाधि जितिसकेको मुम्बईले पाचौं पटक उपाधि जित्दा पहिलो पटक फाईनल खेलेको दिल्ली क्यापिटल्स अभागी ठहरियो । पहिलो पटक फाईनलमा पुगेर ईतिहास रचेको दिल्लीले उपाधि जितेर अर्को ईतिहास रच्ने मौका गुमाएको हो । मुम्बईले दिएको १५७ रनको लक्ष्य मुम्बईले १८.४ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो । मुम्बईका… पुरा पढौ

आईपिएल फाईनल : दिल्लीद्वारा मुम्बई सामु १५७ रनको चुनौति

ईण्डियन प्रिमियर लिग आईपिएलको उपाधिका लागि अहिले भईरहेको भिडन्तमा दिल्ली क्यापिटल्सले मुम्बईलाई १५७ रनको चुनौति पेश गरेको छ । यूएईमा भइरहेको खेलमा टस जितेर ब्याटिङ रोजेको दिल्लीले मुम्बई सामु १५७ रनको चुनौति पेश गरेको हो । पहिलो व्याटिङ गरेको दिल्लीले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षेतिमा १५६ रन जोड्यो । दिल्लीका लागि कप्तान श्रेयस ऐयरले ६५ रन बनाए । उनले ५० बलमा ६ चौका र २ चौका हिर्काए । त्यस्तै ऋशभ पन्तले ५६ रनको योगदान दिए । मुम्बईले केहिबेरपछि… पुरा पढौ

आईपीएलको उपाधिका लागि आज (मंगलबार) दिल्ली र मुम्बई फाइनल खेल्ने

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधिका लागि आज (मंगलबार) दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स फाइनल खेल्ने भएका छन्। यूएईको दुबई अन्तर्राष्ट्रिय मैदानमा खेल बेलुका पौने ८ बजे सुरु हुनेछ। मुम्बई साविक विजेता टिम हो भने दिल्ली पहिलो पटक आईपीएलको फाइनलमा पुगेको हो। दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई पराजित गर्दै दिल्ली फाइनल पुगेको हो। पहिलो क्वालिफायरमा दिल्ली मुम्बईसँगै ५७ रनले पराजित भएको थियो। यस सिजनमा मुम्बईले दिल्लीलाई ३ पटक हराएको छ। मुम्बईले यसअघि ४ पटक आईपीएलको उपाधि जितिसकेको छ। दिल्लीमा आबद्ध नेपाली… पुरा पढौ

काठमाण्डौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्सेमा पाकानोन र चियानी उत्कृष्ट

काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसीपमा थाइल्यान्डका पाकानोन चान्चारान र सुरिनेमकी चियानी तिजिङहिनतोजी उत्कृष्ट खेलाडी घोषित भएका छन्। पाकानोन पुरुष र चियानी महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भएका हुन्। च्याम्पियनसीपमा पाकानोनले छात्र १२ वर्षमुनिको प्रतिस्पर्धामा स्वर्ण जितेका थिए। चियानीले भने महिला १४ वर्षमुनिको स्पर्धामा स्वर्ण जितेकी थिइन्। उनीहरू अंकका आधारमा उत्कृष्ट खेलाडी घोषित भएका हुन्। उत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही एक सय अमेरिकी डलर पुरस्कार पाउने छन्। पुरुषतर्फको पुरस्कारको प्रायोजन एभरेस्ट तेक्वान्दो एकेडेमी हङकङका संस्थापक रविनकुमार नाल्बोले गरेका छन्। यस्तै,… पुरा पढौ