खेलकुद

टोकियो ओलम्पिकका लागि एपीएफका गोपीचन्द्र पार्की छानिए

सन् २०२१ मा जापानको टोकियोमा आयोजना हुने ओलम्पिकका लागि नेपालबाट सशस्त्र प्रहरी बलको एपीएफ क्लबका गोपीचन्द्र पार्की छनोट भएका छन् । बाँकेको नेपालगञ्जमा शनिबार सम्पन्न म्याराथन उपाधि जितेसँगै पार्की टोकियो ओलम्पिकका लागि छनोट भएका हुन्। पार्कीले गत वर्ष मंसीरमा नेपालमा सम्पन्न १३ औँ दक्षिण एशियाली खेलकूद (साग) मा ५ हजार मिटर दौडमा स्वर्ण पदक जितेका थिए। पच्चीस खेलाडीे सहभागी म्याराथनमा पार्कीले निर्धारित ४२ दशमलव १९५ किलोमिटरको दूरी दुई घण्टा १८ मिनेट ५९ सकेन्डमा पूरा गरे। नेपाली सेनाका कृष्ण बस्नेत दोस्रो… पुरा पढौ

नेपाल–भारतका पहलमानको विराट कुस्ती प्रतियोगिता सुरु

वीरगञ्जमा नेपाल–भारतका पहलमानको विराट कुस्ती प्रतियोगिता सुरु भएको छ। वीरगञ्ज महानगरपालिका वडा नम्बर–१६ ईनार्वामा प्रतियोगिता सुरु भएको हो। प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रतियोगिताको उद्घाटन गरेका हुन्। नेपाल–भारतका पहलमानको प्रतिष्ठाको लडाईको रुपमा वीरगञ्ज–१६ ईनार्वामा विगत लामो समयदेखि यो कुस्ती प्रतियोगिता हुँदै आएको छ। विराट कुस्ती प्रतियोगितामा नेपालको नवलपरासी, पर्सा, बारा, रौतहट, महोत्तरी, धुनषा, सप्तरी तथा भारतको बेतिया, सीताभढि, सिवान, पन्जाब, राजस्थान, गाजियाबाद, बनारस लगायतका चर्चित पहलमानहरुले प्रतिस्पर्धा गर्नेछन्। पुरा पढौ

क्युकोशिन कानको साधारण सभा सम्पन्न

मंसिर ६ पोखरा । कास्की जिल्ला क्युकोशिन कान करातेको १० औ साधारण सभा सम्पन्न भएको छ । संघको सभाले रिक्त रहेको पदमा पदपुर्ती समेत गरेको छ । संघको कोषध्यक्षमा सुजन आचार्य तथा सदस्य सुनिल थापा र अर्जुन बरामलाई रिक्त पदमा चयन गरेको हो । कोभिड–१९ महामारीको कारण ठप्प खेलकुद गतिविधि संचालन गर्दै नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेलाडी प्रशिक्षणलाई तिव्रता दिने भएको छ । संघको सभाले आगामी दिन खेलडीको हौसला वृद्धि गर्नका लागि पदक विजेता खेलाडीलाई निरन्तरता समेत दिने भएको… पुरा पढौ

वर्ल्ड पावरलिफ्टिङ–२०२० प्रतियोगितामा नेपालका ५ खेलाडी सहभागि हुने

भारतको महाराष्ट्रमा हुने २५ औं विश्वकप पावरलिफ्टिङ–२०२० प्रतियोगितामा पोखराका ४ खेलाडीसहित नेपालका ५ खेलाडीले प्रतिष्पर्धा गर्ने भएका छन् । डिसेम्बर ४ तारिखदेखि ७ तारिखसम्म हुने सो प्रतियोगितामा पोखराका ४ सहित नेपालका ५ खेलाडीले प्रतिष्पर्धा गर्ने नेपाल पावरलिफ्टङ एशोसियसनले शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । प्रतियोगितामा सहभागि हुने मध्ये ४ खेलाडी पोखराका हुन् भने १ जना महिला सुर्खेतकी हुन् । पोखराका हसन गुरुङले ८० केजी तौल समूहमा, पोखराकै राजेश सुवालले ९० केजी तौल समूहमा, पोखराकै सुजन आलेले ७५… पुरा पढौ

आफ्नै घरेलु मैदानमा पाकिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल्ने नेपालको योजना

नेपाली फुटबल टिमले पाकिस्तानसँग डिसेम्बरमा आफ्नै घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्ने योजना बनाएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपालले दशरथ रंगशालामा पाकिस्तानसँग मैत्रीपुर्ण खेल खेल्ने योजना बनाएको हो। तर, कतिवटा खेल खेल्ने निश्चित भैसकेको भने छैन। अहिलेसम्मको योजना अनुसार दुईवटा खेलका लागि एन्फाले पहल गरेको छ। यसका लागि फिफाको फ्रेन्डली विन्डोजमा नै मैत्रीपुर्ण खेल खेलाउने तयारी गरिएको छ। फिफाको अर्को विन्डो डिसेम्बरमा भएकाले यकिन मिति तय गरिएको छैन। नेपाली फुटबल टिमले यही साता बंगलादेशसँग २ वटा मैत्रीपूर्ण… पुरा पढौ

क्यानले २२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो

नेपाल क्रिकेट संघ (क्यान) ले २२ जना खेलाडीहरुलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ। साथै, क्यानले बन्द प्रशिक्षणका लागि २२ खेलाडीको नामसमेत सिफारिस गरेको छ। क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा २२ खेलाडीलाई यही मंसीरको १० गतेदेखि बन्द प्रशिक्षणमा बोलाएको हो। नेपालले विश्वकप लिग क्रिकेट–२ अन्तर्गत सन् २०२१ मा पाँच सिरिज खेल्नेछ र त्यसैका तयारीका लागि क्यानले खेलाडीहरुलाई बन्द प्रशिक्षणका लागि बोलाएको हो। कोरोना भाइरसको महामारीमा बन्द प्रशिक्षण ९ महिना ढिला भएको हो। क्यान कार्यालयका सचिव उदयप्रकाश शाहले सूचना जारी गर्दै बन्द प्रशिक्षण… पुरा पढौ

कराँची किङ्सलाई पहिलो पटक पाकिस्तान सुपर लिग क्रिकेटको उपाधी

कराँची किङ्सले पहिलो पटक पाकिस्तान सुपर लिग क्रिकेट पीएसएलको उपाधी जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा कराँची किङ्सले लाहोर कलन्दर्सलाई ५ विकेटले पराजित गर्दै पहिलो पटक पीएसएल उपाधी जितेको हो। टस जितेर पहिले ब्याटिङ रोजेको लाहोर कलन्दर्सले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो। जवाफी व्याटिङमा कराँची किङ्सले १८ दशमलव ४ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गरेपछि यो फाइनल खेल कराँचीले जितेको हो। ४९ बलमा ६३ रन बनाउन सफल कराँची किङ्सका बाबर अजाम ‘म्यान… पुरा पढौ

नेपालको एक दिवसीय मान्यता एक वर्ष लम्बियो

नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता थप एक वर्ष लम्ब्याइएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले कोरोना महामारीको कारण चार वर्षको एकदिवसीय मान्यतालाई एक वर्ष थप गरेको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता चार वर्षका लागि हुने गर्छ तर एक वर्ष थपिएसँगै अब नेपालको एकदिवसीय मान्यता सन् २०२३ को मार्चसम्म रहनेछ । नेपालले सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । जिम्बाबेमा भएको एकदिवसीय विश्वकप छनोटबाट नेपालले उत्कृष्ट ४… पुरा पढौ

दोश्रो खेलमापनि नेपाल जितिविहिन्, ट्रफी बंगलादेशलाई

नेपाल र बंगलादेशबीचको मंगलबारको खेलपनि बराबरीमा सकिएको छ । नेपाल र बंगलादेशबीच मंगलबार भएको दोश्रो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा रोकिएको हो । मुजिबुर बोर्सो फिफा अन्र्तराष्ट्रिय सिरिज अन्तर्गत भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग २–० ले स्तब्ध भएको थियो । १ जित र १ बराबरी खेलेको बंगलादेशले ट्रफी आफैले राखेको छ । बंगबन्ध रंगशालामा मंगलबार भएको दोश्रो खेलमा नेपालले पाएका अवसर खेर फाल्यो । पाएको अवसर सदूपयोग गर्न नसक्दा नेपाल १ मा हार र १ मा बराबरी खेल्दै बंगलादेशलाई ट्रफी सुम्पिन… पुरा पढौ

आज नेपाल–बंगलादेशको दोस्रो मैत्रीपूर्ण फुटबल खेल

नेपाल–बंगलादेशबीच आज (मंगलबार) दोस्रो मैत्रीपूर्ण फुटबल खेल हुँदैछ। बंगलादेशले दुई खेल खेल्नका लागि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको प्रस्ताव राखेपछि नेपालले सो प्रस्ताव स्वीकार गर्दै खेल खेल्नका लागि बंगलादेश गएको हो। गत शुक्रबार (कार्तिक २८ गते) सम्पन्न भएको पहिलो खेलमा २–० को हार व्यहोरेको नेपालले आजको दोस्रो खेलमा भने जित निकाल्ने दाउमा हुनेछ। कोभिडका कारण दुई साताभन्दा पनि कम समयको तयारीपछि नेपाल मैत्रीपूर्ण खेलका लागि बंगलादेश गएको हो। नेपालले दुई वर्ष अगाडि सन् २०१८ को साफ च्याम्पियनमा बंगलादेशलाई आज हुने खेल मैदानमै… पुरा पढौ