सूचना-प्रविधि

संचार मन्त्री गुरुङ भन्छन्, ‘सरकारले कोरोना संक्रमित पत्रकारको निःशुल्क उपचार गर्छ’

संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कोरोना भाइरसबाट प्रभावित भएका संचारकर्मीलाई सरकारले निःशुल्क उपचार गर्ने बताएका छन्। नेपाल पत्रकार महासंघ अन्तर्गतको साना लगानी मिडिया हकहित प्रवद्र्धन तथा संरक्षण समितिको ज्ञापन पत्र शुक्रबार बुझ्दै उनले यस्तो बताएको आजको गोरखापत्र दैनिकमा खबर छ। कोरोना महामारीसँग मात्र होइन, महाविपत्ति, बाढी पहिरोमा सूचना सम्प्रेषण गरेर पत्रकार आफ्नो धर्म निर्वाह गरेकोप्रति सरकारले सम्मान गर्न चाहेको उनले बताए । श्रमजीवी पत्रकार र संचारगृहबीच केही माग रहेको उल्लेख गर्दै उनले ती माग पूरा गराउन मन्त्रालयले पहल… पुरा पढौ

तिहार र छठ पर्वमा नेपाल टेलिकमको नयाँ अफर

कार्तिक २७ काठमाडौं । नेपाल टेलिकमले तिहार, छठ, नेपाल संवतको अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ । टेलिकमले आफ्ना ग्राहकहरुका लागि एसएमएस प्याक तथा विभिन्न प्रकारका प्याकेजहरु उपलब्ध गराएको विज्ञप्ती मार्फत जनाएको छ । टेलिकमले सामान्य अवस्थामा एउटा एसएमएस पठाउँदा ५० पैसा शुल्क लाग्ने गरेको तर अहिले ल्याइएको अटम अफर अन्तर्गत तीन प्रकारका सहुलियत उपलव्ध गराइएको जनाएको छ ।जसमा रु ५ मा २० वटा एसएमएस, रु १५ मा ७० वटा एसएमएस र रु ६० मा ३ सय वटा एसएमएस गर्न… पुरा पढौ

आजको मौसम

कार्तिक २७ पोखरा । आज दिउँसो गण्डकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिक बदलीको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमा महाशाखाले आज बिहान ६ बजे मौसम पूर्वानुमान् बुलेटिन जारी गरेर जानकारी गराएको हो । आज दिउँसो गण्डकी प्रदेश सहित प्रदेश न १, वागमती र कर्णाली प्रदेशका पहाडी भू–भागहरुमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने उल्लेख गरिएको छ । यस्तै बिहीबार राती पनि गण्डकी प्रदेश, प्रदेश १ र कर्णाली प्रदेशका पहाडी भू–भागहरुमा आंशिक बदली रही… पुरा पढौ

निजामती सेवाको प्राविधिकतर्फ ३ सय पदमा जागिर खुल्यो

लोकसेवा आयोगले आज बुधबार निजामती सेवाकतर्फ विभिन्न प्राविधिक पदमा विज्ञापन गरेको छ । विभिन्न सेवा समूहका झन्डै ३ सय पदका लागि लोकसेवा आयोगले विज्ञापन प्रकाशित गरेको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त स्वास्थ्यतर्फ सातौं आठौं तह र निजामतीतर्फ राजपत्रांकित तृतीय श्रेणीको अधिकृत पदमा पदपूर्तिका लागि केही समयअघि मात्रै माग पठाएको थियो। सामान्य प्रशासनको सोही मागका आधारमा लोकसेवा आयोगले पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको हो। ७० प्रतिशत खुला र ३० प्रतिशत आन्तरिक बढुवाको विज्ञापन रहेको लोकसेवा आयोगले जनाएको छ।… पुरा पढौ

मंगलबार दिउँसो भूकम्पको धक्का महशुस

कार्तिक २५ धादिङ । मंगलबार दिउँसो धादिङलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । धादिङको छत्रे देउराली केन्द्रबिन्दु बनाएर ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । मंगलबार दिउँसो ४ बजेर २९ मिनेटमा गएको भूकम्पको धक्का काठमाण्डौ र आसपासका जिल्लामा भूकम्पको महसुस गरिएको थियो । यसअघि सोमबार पनि ताप्लेजुङलाई केन्द्रबिन्दु बनाएर भूकम्पको महसुस गरिएको थियो । ताप्लेजुङ केन्द्रबिन्दु भएको भुकम्प ४ दशमलव ९ रेक्टर स्केलको रहेको केन्द्रले जनाएको छ । पुरा पढौ

मंगलबारको मौसम पूर्वानुमान

कार्तिक २५ पोखरा । आजको मौषम सामान्यतया सफा रहने मौसम विज्ञान विभागले जनाएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे मौसमी बुलेटिन जारी गर्दै यस्तो जानकारी दिएको हो । महाशाखाका अनुसार आज दिउँसो सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका आंशिकदेखी सामान्य बदलीको सम्भावना रहेको छ । यस्तै अन्य पहाडी भू–भागमा आंशिक बद्लीको सम्भावन छ भने बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छ । यस्तै राती देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा… पुरा पढौ

भारतीय पत्रकार अर्नबलाई रिहा गर्न उच्च अदालतद्वारा अस्वीकार

कार्तिक २४ काठमाडौं । आत्महत्या दुरुत्साहनको मुद्दामा प्रहरी हिरासतमा रहेका भारतीय पत्रकार अर्नब गोस्वामीलाई जमानतमा रिहा गर्न अदालतले अस्वीकार गरेको छ । आत्महत्या दुरुत्साहनको मुद्दामा एक सातादेखी हिरासतमा रहेका पत्रकार अर्नवलाई मुम्बईको उच्च अदालतले जमानतमा रिहा गर्न अस्वीकार गरेको हो । भारतको रिपब्लिक टेलिभिजनका संस्थापक समेत रहेका ४७ वर्षीय अर्नबलाई स्टुडियो डिजाइन गर्ने इन्टेरियर डिजाइनरलाई आत्महत्याका लागि बाध्य पारेको आरोप छ । मुम्बई उच्च अदालतले आफ्नो फैसलामा भनेको छ– अनर्बले चाहेको अवस्थामा न्यायालयमा जमानतको लागि आग्रह गर्न सक्नेछन् । अर्नबको… पुरा पढौ

प्राधिकरणको निमित्त कार्यकारी निर्देशक बने हितेन्द्रदेव शाक्य

कार्तिक २४ काठमाडौं । उर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरणमा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी हितेन्द्रदेव शाक्यलाई दिएको छ । अर्को व्यवस्था नभइन्जेलसम्मका लागि भन्दै मन्त्रालयले शाक्यलाई निमित्त प्रमुख तोकेको हो । उनले सोमबार नै पदबाहाली गरेका छन् । मन्त्रालयले शाक्यलाई बरिष्ठताका आधारमा अर्को व्यवस्था नभइन्जेलसम्मका लागि निमित्त प्रमुख तोकेको हो । कुलमान घिसिङको कार्यकाल सकिएपछि मन्त्रालयले लेखनाथ कोइरालालाई निमित्तको जिम्मा दिएको थियो । त्यतिबेला शाक्य ‘एनइए इन्जिनियरिङ कम्पनी’मा काजमा गएका थिए। ऊर्जामन्त्री पुनले शुक्रबार प्राधिकरण सञ्चालक समिति बैठकमा शाक्यलाई कार्ज फिर्ता… पुरा पढौ

सरकार परिवर्तन हुँदैनः प्रवक्ता गुरुङ

संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वर्तमान सरकार परिवर्तन नहुने प्रष्ट पारेका छन्। उनले भनेका छन्, ‘यही सरकारले देशको विकास गर्छ, अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प छैन, सरकार परिर्वतन हुँदैन, सबै कर्मचारी ढुक्क भएर काम गर्नुहोस् ।’ नेपाल निजामती कर्मचारी संगठन कार्यसमिति, संचार तथा सूचना प्रविधि मन्त्रालयद्धारा आयोजित ‘बधाई तथा शुभकामना’ कार्यक्रममा नेपाल सरकारका प्रवक्ता गुरुङले वर्तमान सरकारले नै मुलुकमा स्थिरता र विकास दिने जनाए। उनले अगाडि थपे, ‘फरक विचार वा आस्थाकै कारण सरकारको विरोध गर्नु राम्रो होइन, सम्मृद्ध… पुरा पढौ

महावीर पुन नेतृत्वको राष्ट्रिय अविष्कार केन्द्रलाई सहयोग

युवा सजगता अभियानले महावीर पुन नेतृत्वको राष्ट्रिय अविष्कार केन्द्रलाई सहयोग गरेको छ। ‘सामाजिक विकासबाटै राष्ट्रको उन्नति सम्भव छ’ भन्नेमा सजग रहेको अभियानको शनिवार बसेको केन्द्रीय समितिको बैठकले अविष्कार केन्द्रलाई सहयोग गर्ने निर्णय गरेको हो। ‘युवा सजगता अभियानको पालो ३० सहयोगमा हातेमालो’ भन्दै अभियानले देशभरका ३ सय ४० सदस्यबाट उठेको १० हजार २ सय अविष्कार केन्द्रलाई सहयोग गरेको अभियानका अध्यक्ष चिन्तन पौडेलले जानकारी दिए। उनले भने, ‘राष्ट्रिय अविष्कार केन्द्रको सामाजिक विकास कार्यलाई निरन्तर सहयोग पुगोस् भन्ने हेतुले अभियानमा एक वर्षसम्म जोडिएका… पुरा पढौ