सूचना-प्रविधि

म्याग्दीको ६ स्थानीय तहमा टेलिकमको फोरजी

म्याग्दीका ६ स्थानीय तहमा नेपाल टेलिकमको फोरजी इन्टरनेट सेवा पुगेको छ। म्याग्दीको बेनी नगरपालिका, मंगला, मालिका, धवलागिरि, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा फोरजी सेवा विस्तार गरिएको हो। देशका सबै जिल्लामा इन्टरनेटको फोरजी सेवा उपलब्ध गराउने सरकारको नीतिअनुसार फोरजी सेवालाई अगाडि बढाइएको म्याग्दीको टेलिकम कार्यालयले जनाएको छ। टेलिकमका अनुसार विद्युतीकरण नभएको ठाउँमा टेलिकमले आफ्नो संरचना निर्माण गरिरहेको हुँदा विद्युत सेवा संचालनमा आउनेबित्तिकै टेलिकमको फोरजी इन्टरनेट सेवा संचालन गरिने तयारी भैरहेको छ। इन्टरनेटको चौथो पुस्ता अर्थात् फोरजी सेवा जिल्लाको सबै स्थानीय तहमा पुगेको… पुरा पढौ

बुधबार पोखराको न्यूनतम तापक्रम ७.१ डिग्री सेल्सीयस

पोखरा । बुधबार पोखराको न्यूनतम तापक्रम ७.१ डिग्रीसेल्सीयस मापन गरिएको छ । बुधबार साँझसम्म पोखराको अधिकतम तापक्रम २१.२ डिग्रीसेल्सीयस मापन गरिएको जल तथा मौसम विज्ञान कार्यालय पोखराले जनाकारी दिएको छ । उता जोमसोममा भने न्यूनतम तापक्रम एक डिग्री सेल्सीयसमा झरेको छ । त्यहाँ आजको अधिकतम तापक्रम १६. ५ डिग्री सेल्सीयस मापन गरिएको छ । यस्तै स्याङजाको न्यूनतम तापक्रम ४.५ डिग्रीसेल्सीयस र अधिकतम तापक्रम २०.९ डिग्री सेल्सीयस मापन गरिएको कार्यालयले जनाएको छ । खैरेनीटारमा न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सीयस र अधिकतम… पुरा पढौ

जीमेल, गुगल र युट्युवमा प्रयोगमा आयो समस्या

काठमाण्डौ । विश्वभर नै लोकप्रिय केही इन्टरनेट एप्लिकेशन सेवामा समस्या आएको छ । एप्लिकेशन सेवामा समस्या आउँदा यसका प्रयोगकर्ता प्रभावित भएका छन् । अहिले गुगल, जीमेल र युट्युवको सर्भर डाउन भएसंगै यसका प्रयोगकर्ता प्रभावित भएका हुन । ११ः५६ जीएमटी समयदेखी विश्वभरका प्रयोगकर्ता यस्तो समस्याबाट प्रभावित भएको डाउनरेक्टरले जनाएको छ ।सेवामा समस्या आउँदा जीमेल लग इन गर्न नसकेको, बेवसाइटसम्म पुग्न नसकेको, सन्देश प्राप्त नभएको लगायतका समस्या भएको छ भने यूट्युवको बेवसाइट प्रयोग गर्न नसकेको, भिडियो देख्न नसकिने लगायतका समस्या रहेको यस्का… पुरा पढौ

सुचना विभागको प्रेस पास र अनलाइन नविकरण हुलाक कार्यालयबाटै

संचार तथा सुचना प्रविधि मन्त्रालयले अवदेखि सुचना विभागको प्रेस कार्ड र अनलाईन नविकरण जिल्ला हुलाक कार्यलयबाटै गर्ने गरी व्यवस्था मिलाएको छ। मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तोे व्यवस्था मिलाएको जनाएको हो । मन्त्रीस्तरको मंसिर २२ गतेको निर्णयअनुसार सुचना तथा प्रशारण विभागका महानिर्देशकमा निहित उक्त अधिकार सवै जिल्ला हुलाक कार्यालयलाई प्रत्यायोजन गरिएको उल्लेख छ। अव सवै जिल्ला हुलाक कार्यालय र हुलाक निर्देशनालयहरुबाट प्रेस प्रतिनिधि प्रमाण पत्रका लागि आवेदन, नविकरण तथा अनलाइन नविकरण सेवा प्रवाह हुनेछन्। पुरा पढौ

कस्तो रहला शुक्रबार र शनिबारको मौसम ?

पोखरा । शुक्रबार दिउँसो देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै गण्डकी प्रदेशसहित प्रदेश नम्वर १ र बाग्मती प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । जल तथा मौसम विज्ञान विभाग मौसमपूर्वानुमान महाशाखाले आज मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै यस्तो जानकारी दिएको हो । महाशाखाका अनुसार शनिबार गण्डकी प्रदेश सहित प्रदेश नम्बर १ र बाग्मती प्रदेशका पहाडी भू-भागका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको र बाँकी… पुरा पढौ

सूचना सञ्जाल अन्नपूर्णको संयोजकमा पौडेल

मंसिर १७ पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकामा यज्ञराज पौडेलको संयोजकत्वमा सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल गठन भएको छ । भेलाले पौडेलको संयोजकत्वमा ९ सदस्यीय अन्नपूर्ण गाउपालिका सञ्जाल गठन गरेको हो । सञ्जालको सह–संयोजकमा निर्मला अधिकारी, सदस्य सचिवमा बाबुराम भण्डारी र सदस्यहरुमा छविराज पौडेल, टंकराज पौडेल, सुन्दर सुवेदी, अनुप पौडेल र मधु सुवेदी रहेका छन्। सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल, गण्डकी प्रदेश, कास्की जिल्ला अन्नपूर्ण गाउँपालिकामा पालिकाका प्रमुख प्रशासकिय अधिकृत युवराज अधिकारीले कार्यक्रमको उद्घाटन गरेका थिए ।सो अवसरमा बोल्दै अधिकारीले सूचना… पुरा पढौ

विश्वका ७० प्रतिशत युवा इन्टरनेटको पहुँचमा

विश्वका ७० प्रतिशतभन्दा बढी युवा पुस्ताको पहुँचमा इन्टरनेट पुगेको एक प्रतिवेखनले देखाएको छ। अन्तर्राष्ट्रिय दूरसंचार यूनियन (आइटीयु) ले हालै जारी गरेको ‘मेजरिङ डिजिटल डेभलपमेन्ट फ्याक्ट एण्ड फिगर २०२०’ प्रतिवेदन अनुसार हालसम्म विश्वका ७० प्रतिशत युवाको पहुँचमा इन्टरनेट पुगेको उल्लेख गरेको छ। प्रतिवेदनमा उल्लेख गरिएको छ, ‘१५ देखि २४ वर्ष उमेर समूहका ७० प्रतिशत विश्वको युवा जनसंख्या इन्टरनेटको पहुँचमा छन्। अझै, ३७ करोड युवा इन्टरनेटको पहुँच बाहिर रहेका छन्।हालसम्म विश्वको कुल जनसंख्यामध्ये ५१ प्रतिशतमा इन्टरनेट पहुँच पुगेको छ। पुरा पढौ

पोखराबाट एभरेस्ट एफ.एम. ९३ मेघाहर्ज शुभारम्भ

पोखराबाट एभरेस्ट एफ.एम. ९३ मेघाहर्ज शुभारम्भ गरिएको छ। नोबेल कोरोना (कोभिड–१९) महामारीकै बीच संचार क्षेत्रमा दुई दशकको अनुभव सँगालेका पोखराका अग्रज संचारकर्मी र उद्यमीसँगको सहकार्यमा सो अनलाइन संचालनमा ल्याइएको हो। एभरेस्ट मिडिया हाउस प्रा.लि.की अध्यक्ष कर्मकुमारी गुरुङले एफ.एम.को विधिवत रुपमा उद्घाटन गरेकी हुन्। ब्राह्मण पण्डित र लामा गुरुद्वारा स्वस्ती वाचन गरी एफ.एम.को शुभारम्भ गरिएको हो। यसअघि, प्रा.लि.मार्फत एभरेस्ट आवाज डट कम न्यूज पोर्टल वेवसाइट प्रकाशनमा आइसकेको छ । यसै वर्षभित्र मिडिया हाउसको अर्को संचार माध्यम टिभी संचालनमा ल्याउने मिडिया हाउसका… पुरा पढौ

ग्लोकल टिन हिरो २० अन्डर २० मा उत्कृष्ट २० किशोर–किशोरी छानिए

छैटौं संस्करणको वाईवाई ग्लोकल टिन हिरो २० अन्डर २० मा उत्कृष्ट २० युवा युवती छानिएका छन्। वाईवाई ग्लोकल टिन हिरो नेपाल अन्तर्गत ग्लोकल २० अन्डर २० को सूची सार्वजनिक गरिएको हो।यसअघि, प्राप्त ६ सय ४ आवेदनमध्येबाट प्राप्त उत्कृष्ट २० छनोट गरिएको हो। जसलाई ‘ग्लोकल २० अन्डर २०’ नाम प्रदान गरिएको छ। किशोर–किशोरीमा भएको क्षमता र उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई प्रस्फुटन गरी त्यसलाई कदर र अरु माझ चिनाउने उद्देश्यका साथ ‘वाईवाई ग्लोकल टिन हिरो नेपाल’ आयोजना हुँदै आएको छ ।… पुरा पढौ

स्वामी केशवानन्दले ल्याए, ४ लाख शब्द समावेश संस्कृत–नेपाली विद्युतीय शब्दकोश

स्वामी केशवानन्द गिरिले विश्वमै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश निर्माण गरी सार्वजनिक गरेका छन् । यो विद्युतीय शब्दकोशबाट संस्कृत, नेपाली, हिन्दी र अंग्रेजी ४ भाषाका शब्दको अर्थ थाहा पाउन सकिन्छ। शब्दकोशमा ४ वटै भाषाका गरी ४ लाख शब्दको अर्थ समावेश गरिएको छ। शब्दकोष एण्ड्रोइड मोबाइलमा डाउनलोड गरी उपयोग गर्न सकिन्छ। यसैगरी, वेबसाइटमा केएन स्वामी डटकममा गएपछि ४ भाषाका करिब ४ लाख शब्द खोज्न सकिने शब्दकोश निर्माणकर्ता स्वामी केशवानन्दले जानकारी दिएका छन्। यी ४ भाषाका शब्द ‘फूल टेक्स्ट’ खोज्न यो एप र… पुरा पढौ