‘एस्ट्रोनोमी’ एण्ड ‘एस्ट्रोफिजिक्स’ मा नेपाललाई दुई अन्तर्राष्ट्रिय पदक


     एभरेस्ट आवाज    
     कार्तिक ८ गते २०७७ मा प्रकाशित




कार्तिक ८ पोखरा । हालै सम्पन्न ‘ग्लोबल ई–कम्पिटिशन अन ‘एस्ट्रोनोमी’ एण्ड ‘एस्ट्रोफिजिक्स’ मा नेपालले दुई वटा ‘अनरेबल मेन्सन अवार्ड’ जितेको छ ।
व्यक्तिगत तथा सामूहिक विधामा सञ्चालित प्रतियोगितामा नेपालले व्यक्तिगततर्फ दुई अवार्ड हात पारेको हो । प्रतियोगितामा नेपाललगायत ४० देशका व्यक्तिगततर्फ २७९ तथा सामूहिकतर्फ १५४ बढीले भाग लिएका थिए ।
सातौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडबाट छनोट भएका १४ विद्यार्थीलाई नेपालबाट प्रतियोगितामा सहभागी गराइएको थियो ।
प्रतियोगितामा नेपालका लागि सेन्ट जेभियर्स कलेज माइतीघरका राहुल रञ्जन साह तथा क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर कोटेश्वरका अंशुराज सेढाईले ‘अनरेबल मेन्सन अवार्ड’ प्राप्त गरेको नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।
नेपालका तर्फबाट अध्यक्ष भट्टराईको नेतृत्वमा सम्मिलित टोलीमा सोसाइटीका परियोजना संयोजक तथा निर्देशक मनिषा द्वा, संस्थाका असोसिएट सदस्य तथा पूर्व ओलम्पियाड प्रतियोगीहरु विजयचन्द्र लुईटेल तथा अङ्कित वेन्जु श्रेष्ठ सहभागी भएको सोसाइटीले जनाएको छ ।
व्यक्तिगत तथा सामूहिक विधामा सञ्चालित प्रतियोगितामा नेपालले व्यक्तिगततर्फ दुई अवार्ड हात पारेको हो । प्रतियोगितामा नेपाललगायत ४० देशका व्यक्तिगततर्फ २७९ तथा सामूहिकतर्फ १५४ बढीले भाग लिएका थिए । सातौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडबाट छनोट भएका १४ विद्यार्थीलाई नेपालबाट प्रतियोगितामा सहभागी गराइएको थियो ।
कोभिड–१९ को कारण कोलम्बियामा हुने भनिएको चौधौँं ‘इन्टरनेशनल ओलम्पियाड अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स्’ २०२१ का लागि सारिएसँगै यस वर्ष विद्यार्थीको मनोबल उच्च राख्न तथा विषम परिस्थितिमा पनि अन्तर्राष्ट्रियस्तरको गतिविधि कायम गर्ने प्रयास स्वरुप इन्टरनेशनल ओलम्पियाड अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स्’ को सञ्चालक समितिले इस्टोनिया सरकार तथा विज्ञको अनलाइन प्रतियोगिता गराइने अनुरोध पारित गरेको थियो ।
राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड नेपालमा कक्षा ८ देखि १२ सम्म अध्ययनरत २० वर्षभन्दा मुनिका विद्यार्थीका लागि सञ्चालित एक प्रतिभा पहिचान कार्यक्रम हो । सन् २०१४ देखि नेपालमा सञ्चालित प्रतियोगितामा सामेल विद्यार्थीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिइ पदक तथा अवार्ड प्राप्त गरेर देशभित्र र बाहिर उच्चस्तरीय विश्वविद्यालय तथा क्याम्पसमा भर्ना भइ उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।