पोखराबाट एभरेस्ट मिडिया प्रालिको औपचारिक शुभारम्भ


     एभरेस्ट आवाज    
     कार्तिक १ गते २०७७ मा प्रकाशित




संचारको दुनियामा पोखराबाट एक नयाँ मिडिया संचालनमा आएको छ। एभरेस्ट मिडिया प्रा.लि.ले शनिबारदेखि एभरेस्ट आवाज नामको न्युज पोर्टल संचालनमा ल्याएको हो। अनुभवी संचारकर्मी, युवा तथा महिला उद्यमीहरुको लगानी र सहकार्यमा मिडिया प्रा.लि. संचालनमा आएको हो।

प्रा.लि.की अध्यक्ष कर्माकुमारी गुरुङले एक कार्यक्रमबीच न्युज पोर्टलको शुभारम्भ गरेकी हुन्।
गुरुङले कार्यक्रममा बोल्दै पोखराबाट थप मिडिया संचालनमा ल्याउन पाएकोमा खुशी व्यक्त गरिन्। उनले मिडियामार्फत समाजलाई धेरै कुरा दिन सकिने बताइन्। मिडिया हाउसबाट कमाईको आशा कम गर्न उनको आग्रह थियो। मिडियामा आर्थिक उपार्जन भन्दापनि सामाजिक उत्तरदायित्व वहन गर्नका लागि लगानीले महत्वपुर्ण भुमिका खेल्ने गुरुङको भनाई थियो ।

उनले मिडिया हाउस सबैको हो भन्ने आम नागरिकमा महसुस दिलाउनुपर्नेमा जोड दिइन्। उनले मिडिया हाउसलाई सफल बनाउन एउटै मन बनाएर अघि बढ्न लगानीकर्ता र कार्यरत संचारकर्मीसामु आग्रह गरिन्।

उनले एक प्रसङ्मा भनिन्, ‘हिजो आफू गुरुङ समुदायको एक नेतृत्व भुमिकामा थिएँ, आज यस मिडिया हाउसमार्फत आम पोखरेलीहरुको दिदीबहिनी र चेली बन्न चाहन्छु ।मिडिया हाउसलाई अघि बढाउन सबैको एउटै मन हुनुपर्छ।’

एभरेस्ट आवाजका सम्पादक दिपेन्द्र श्रेष्ठले मिडिया हाउसलाई आगामी दिनमा थप परिष्किृत गरिने जनाए। उनले प्रा.लि. मार्फत न्यूज पोर्टलबाट शुरु भएको यात्रा एफएम रेडियो हुँदै अनलाइन टिभीसमेत संचालन गरिने उल्लेख गरे। मंसीरदेखि एफएम रेडियो र यसै वर्षभित्र अनलाइन टिभीपनि संचालनमा आउने श्रेष्ठको भनाई थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।