सूचना-प्रविधि

पोखरामा नयाँ इभी चार्जिङ स्टेशनको शुभारम्भ : बिन्ध्यवासिनी मन्दिर नजिकै सुविधा थप

पोखरा महानगरपालिका वडा नं. २, मिरुवामा नयाँ इलेक्ट्रिक भेहिकल (EV) चार्जिङ स्टेशन सञ्चालनमा आएको छ। बागलुङ राजमार्गमा अवस्थित बिन्ध्यवासिनी मन्दिरबाट करिब २०० मिटर उत्तरतर्फ रहेको यो चार्जिङ स्टेशनले इलेक्ट्रिक गाडी प्रयोगकर्ताहरूका लागि ठूलो राहत प्रदान गर्ने अपेक्षा गरिएको छ। यो चार्जिङ स्टेशनको शुभारम्भ लामो समयदेखि इलेक्ट्रोनिक व्यवसायमा सक्रिय गुडविल इलेक्ट्रोनिक्सका प्रोप्राइटर कमल श्रेष्ठले गर्नुभएको हो। “EV-GO” FAST CHARGING STATION यो चार्जिङ स्टेशनमा हाल ८० किलोवाट क्षमताको चार्जर जडान गरिएको छ, जसले गाडीको ब्याट्रीलाई ३० मिनेटमा २०% देखि ८०% सम्म चार्ज… पुरा पढौ

उपल्लो मुस्ताङ जोड्ने ३३ केभी प्रशारणलाइन धमाधम

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा ३३ केभी प्रशारणलाइन विस्तार तीव्रगतिमा अघि बढेको छ । नेपाल विद्युत् प्राधिकरणले मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङदेखि उपल्लो मुस्ताङ जोड्ने गरी लोघेकर दामोदरकुण्ड गाउँपालिका चराङसम्मको १०३ किलोमिटर दुरीमा ३३ केभी प्रशारण ट्रान्समिसनलाइन विस्तार अघि बढाएको हो । उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङस्थित कोरलानाकासम्म हाल ११ केभी विद्युत् क्षमताको प्रशारणलाइन सञ्चालनमा छ । नेपाल विद्युत् प्राधिकरणले मुस्ताङको थासाङ –२ कोवाङसम्म केन्द्रीय प्रशारणलाइनअन्तर्गत ३३ केभी ट्रान्समिसन प्रशारणलाइनको पहुँच पु¥याएको छ । यसलाई जिल्लाभरि… पुरा पढौ

पोखरामा स्वरुप परिवर्तन गरिएका ३५ वटा मोटरसाईकल प्रहरीको नियन्त्रणमा

पोखरा । पोखरामा स्वरुप परिवर्तन (मोडिफाई) गरिएका ३५ वटा मोटरसाईकल प्रहरीको नियन्त्रणमा परेका छन् । बैशाख ३ गतेदेखि १४ गते सम्मको अवधिमा जिल्ला प्रहरी कार्यालय कास्की, मातहत प्रहरी इकाईहरू र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा चर्को आवाजमा ध्वनी प्रदुषण गर्दै हिड्ने सवारी साधन चेकजाँच गर्दा उक्त सवारी साधन नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार उक्त सवारी साधनहरु आवश्यक कारवाहीको लागि यातायात व्यवस्था कार्यालय पोखरा पठाईएका छन्। साथै प्रहरीले कसैले स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गरी मोटरसाइकल चलाएको देखेमा… पुरा पढौ

मनाङमा बाढीसम्बन्धी पूर्वसूचना दिन तालगाउँमा साइरन जडान

मनाङ । मनाङको नासोँ गाउँपालिका–१ तालगाउँमा मर्स्याङ्दी नदी तटीय क्षेत्रका बासिन्दालाई प्राकृतिक विपद्बाट बचाउन मानव विकास तथा सामुदायिक सेवा केन्द्र ९एचडिसिएस० ले बाढीसम्बन्धी सूचना दिने साइरन जडान गरेको छ । गाउँपालिका र एचडिसिएसको सहकार्यमा रु २६ लाखको लागतमा तालगाउँमा साइरन जडान गरेपछि स्थानीय विपद्बाट बच्ने भन्दै खुसी भएका छन् । विसं २०७८ असार १ मा मनाङमा भीषण वर्षा भयो । वर्षासँगै आएको बाढीले मर्स्याङ्दी नदी किनारका कैयौँ स्थानीयलाई घरबारविहित बनायो । बाढीले क्षतिग्रस्त भएपछि लामो समयसम्म गाउँले पालमुनि बस्न बाध्य… पुरा पढौ

जनप्रिय बहुमुखी क्याम्पसमा डिजिटल क्षमता अभिवृद्धि कार्यशाला

पोखरा । जनप्रिय बहुमुखी क्याम्पसको आयोजना तथा विश्वविद्यालय अनुदान आयोग (युजिसी) को सहयोगमा डिजिटल क्षमता अभिवृद्धि विषयक दुई दिने कार्यशाला सम्पन्न भएको छ । कार्यशाला समापन समारोहमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा प्रमुख अतिथि वीरेन्द्रनारायण विजुक्छेले क्याम्पसमा कार्यरत प्राध्यापकहरू प्रविधिमा दक्ष हुँदा विद्यार्थी वर्ग लाभान्वित हुने र शैक्षिक गुणस्तर अभिवृद्धिमा टेवा पुग्ने बताए । क्याम्पस प्रमुख कृष्णबाबु बरालले डिजिटल युगमा प्रविधिमैत्री शिक्षण अनिवार्य बन्दै गएको उल्लेख गर्दै, प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न प्राध्यापकहरूलाई आग्रह गरे । बरालले कार्यशालाबाट प्राध्यापकहरूमा नयाँ ऊर्जा,… पुरा पढौ

रेलेखोला जलविद्युत आयोजना निर्माण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत आयोजना निर्माण भएको छ । आयोजनाको भौतिक संरचना निर्माण सकेर परीक्षण थालिएको हो । आयोजनाका जनसम्पर्क अधिकृत होमनाथ पाण्डेले निर्माण भएका भौतिक संरचनाको परीक्षण थालिएको र यही महिनाभित्र विद्युत उत्पादन शुरु गर्ने तयारी गरेको जानकारी दिए । “बाँध देखि विद्युतगृहसम्म पानी ल्याउन जडान भएको पाइपलाइनमा पानी भरेर प्राविधिक टोलीबाट परिक्षण थालिएको छ,” उनले भने “भौतिक संरचना निर्माण र उपकरण जडानको काम सकेर परिक्षणको काम अन्तिम चरणमा पुगेको छ ।”… पुरा पढौ

‘वाडा अटो शो’को तयारी पुरा, विहिबारदेखि शुरु भई ४ दिन चल्ने

पोखरा । पोखरामा पहिलो पटक हुन लागेको नाडा प्रिजेन्ट्स वाडा अटो सो २०२५ को तयारी पुरा भएको छ । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) ले पोखरामा गर्न लागेको नाडा प्रिजेन्ट्स ‘वाडा अटो सो २०२५’ को सम्पुर्ण तयारी पुरा भएको तथा बिहिबार विहान ११ बजेदेखि औपचारिक रुपमा शुरु हुने कार्यक्रम संयोजक एवम वाडाका उपाध्यक्ष निरन केसीले बताए । अमरसिंहचौरमा चैत्र १४ गते विहिबारबाट शुरु भइ ४ दिन सम्म चल्ने सोमा १९ वटा ब्राण्डका ४–पाङ्ग्रे, ६ वटा ब्राण्डका लाइट कमर्शियल, ७ वटा… पुरा पढौ

पोखरामा पहिलोपटक ‘वाडा अटो शो’हुने

गण्डकी । पर्यटकीय राजधानी पोखरामा यही चैत १४ देखि १७ गतेसम्म ‘वाडा अटो शो’ आयोजना हुने भएको छ । नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालको प्रस्तुतिमा पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोसियसन (वाडा)ले पहिलोपटक पोखरामा उक्त अटो प्रदर्शनी आयोजना गर्न लागेको हो । पोखरा महानगरपालिका–१२ स्थित अमरसिँह खेलकुद मैदानमा हुने प्रदर्शनीमा १९ वटा ब्राण्डका चार पाङग्रे, छ वटा ब्राण्डका लाइट कमर्सियल, सात वटा ब्राण्डका दुई पाङ्ग्रेलगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, पाटपूर्जा आदिका २० वटा व्यावसायिक स्टल रहने आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी… पुरा पढौ

एपिएलमा युरिक एसिड सित्तैमा, अरु जाँचमा विशेष छुट

पोखरा । पोखराको महेन्द्रपुल, मेडिकल लाइनमा रहेको अन्नपूर्ण प्याथ ल्याब(एपिएल)ले युरिक एसिड जाँच सित्तैमा गरिरहेको छ । एपिएलले बुधबारबाट युरिक एसिडसम्बन्धी रगत जाँच सित्तैमा र अरु सबै प्रकारका जाँचमा विशेष छुट उपलब्ध गराउन थालेको हो । एपिएलकी अध्यक्ष गीता कार्की पन्थले चैत महिनाभर यो छुट अफर सञ्चालन हुने जनाइन् । नेपालीको जाडोमा हुने खानपिन, उठबस, भोजभतेर जस्ता कारणले युरिक एसिड, बाथका समस्या दखिने भएकाले यो योजना ल्याइएको उनको भनाइ छ । हर्माेन, भिटामिन, क्यान्सर मार्कर, फर्टिलिटी जाँच, खानपिन र वातावरणीय… पुरा पढौ

बिजीएन किचेन एण्ड इलेक्ट्रोनीक्सको नयाँ आउटलेट सञ्चालनमा

पोखराको प्रतिष्ठित व्यवसायीक संस्था बिजीएन ग्रुप प्रालिले संचालनमा ल्याएको बिजीएन किचेन एण्ड इलेक्ट्रोनीक्सको नयाँ आउटलेट उद्याटन भएको छ । बिजीएन ग्रुपलले पोखरा–बागलुङ राजमार्ग तथा कोरला नाकाको प्रवेश बिन्दु पोखरा हरिचोकमा आफ्नै भवनमा बिजीएन कम्प्लेक्समा नयाँ आउटलेट संचालनमा ल्याएको छ । सोही नयाँ आउटलेटको गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले बुधबार एक कार्यक्रमकाबिच उद्याटन गरे ।   कार्यक्रममा बोल्दै मन्त्री थापाले नेपालमा केही हुदैँन भन्ने भावनालाई त्याग्नुपर्ने बताए । आर्थिकमन्दी भइरहेको अप्ठ्यारो अवस्थामा पनि बिजीएन ग्रुपले स्वेदशमा… पुरा पढौ