weather

गण्डकी प्रदेशमा अबको ३ दिन नै ठूलो पानी पर्ने

गण्डकी प्रदेश लगायतका पश्चिमी क्षेत्रका केही ठाउँमा आज (शुक्रबार) ठूलो पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले आज (शुक्रबार) बिहान ६ बजे गरेको मौसम पूर्वानुमानमा आज (साउन १ गते, शुक्रबार) देखि पर्सि (साउन ३ गते, आइतबार) सम्म गण्डकी प्रदेश लगायत लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा चट्याङ र मेघगर्जनसहित भारी वर्षा हुने जनाइएको छ। पश्चिमका यि क्षेत्रका केही ठाउँमा अहिले पनि हल्कादेखि मध्यमखालको पानी परिरहेको छ। दिउँसो पछि भने ठूलो पानी पर्ने संभावना छ । विभागका अनुसार मनसुनी… पुरा पढौ

गण्डकी प्रदेशमा आज र भोलि दिउँसोबाट पानी पर्ने

गण्डकी प्रदेशमा आज ९बुधबार० र भोली ९बिहीबार० लगातार झरी पर्ने संभावना छ। आज गण्डकी प्रदेश लगायत वागमती, सुदूरपश्चिम र प्रदेश–१ का केही ठाउँमा ठूलो वर्षाको संभावना छ। आज र भोलि २ दिन बिहान र दिउँसोको समयमा पानी नपरे पनि बेलुका र रातिको समयमा पानी पर्ने संभावना रहेको मौसमविद्हरुले जनाएका छन् । हाल, गण्डकी प्रदेश लगायत देशका धेरै ठाउँमा वर्षा रोकिएपनि आज र भोलिको दिउँसोबाट पानी पर्ने संभावना रहेको छ। आज विहान गण्डकी प्रदेश लगायत वागमती र सुदूरपश्चिमका केही ठाउँहरुमा मौसम… पुरा पढौ

मनसुनी वायुको प्रभाव : अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने

काठमाडौँ। मनसुनी वायुको प्रभावले अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ। मनसुनी गतिविधि सक्रिय रहिरहने भएकाले धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै एक दुई ठाँउमा भारी वर्षाकोसमेत सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए। हाल देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा… पुरा पढौ

देशभर मनसुनी वायुको प्रभावः केही क्षेत्रमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ। देशभर हाल मनसुनी वायुको प्रभावले प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशभर समान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश नं १, प्रदेश नं २, वाग्मती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धोरै स्थान र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं… पुरा पढौ

मनसुनी वायुको प्रभावः अझै तीन दिन वर्षा हुने

काठमाडाैं । मनसुनी वायुको प्रभावले हाल मुलुकका विभिन्न स्थानमा बदली र वर्षा भइरहेको छ । हाल प्रदेश नं २ र वाग्मतीमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा १, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कर्णाली तथा सुदूरपश्चिममा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा सामान्यदेखि बदली रहनेछ । प्रदेश नं १, २, वाग्मती, गण्डकी र लुम्बिनीका केही स्थान तथा… पुरा पढौ

आगामी तीन दिनको मौसम पूर्वानुमान : यी क्षेत्रमा हुनेछ मेघगर्जन र चट्याङसहित भारी वर्षा

पाेखरा । देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भूभाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नं १, प्रदेश नं २, वाग्मती र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा भइरहेको छ । बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । महाशाखाले जारी… पुरा पढौ

बुधबारदेखि मनसुन थप सक्रिय : भारी वर्षाकाे सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी बुधबारदेखि मनसुन थप सक्रिय हुने प्रक्षेपण गरेको छ। देशको पूर्वी तथा मध्यभागमा बुधबारदेखि मनसुनी गतिविधि बढ्ने विभागले जनाएको छ । विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले अहिले अलि–अलि मात्र सक्रिय मनसुन आगामी बुधबार मध्याह्नदेखि देशको पूर्वी तथा मध्य भू–भागहरूमा सक्रिय भएर वर्षा हुने सम्भावना देखिएको बताए । उनका अनुसार अब सक्रिय हुने मनसुनले प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका अधिकांश भागमा भारी वर्षा गराउन सक्छ । यी क्षेत्रमा बाढी र पहिरोको… पुरा पढौ

गण्डकी प्रदेशमा आज मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने

गण्डकी प्रदेश लगायत देशका अधिकांश भूभागमा आज (शनिबार) मेघगर्जन र चट्याङ सहित भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज देशका अधिकांश भूभागमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी क्षेत्र र तटीय क्षेत्रमा बासिन्दालाई सतर्कता अपनाउन अनुरोध समेत गरेको छ। महाशाखाले आज गण्डकी प्रदेश सहित प्रदेश नं १, बागमती र लुम्बिनी प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने संभावना रहेकोले उक्त प्रदेशहरुको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न… पुरा पढौ

पछिल्लो २४ घण्टामा पोखरामा ४२.८ मिमि वर्षा, सबैभन्दा धेरै लुम्लेमा

पोखरा । पछिल्लो २४ घण्टामा पोखरामा ४२.८ मिलिमिटर वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज साँझ ५ः४५ अध्यावधिक गरेको तथ्याङ्क अनुसार पोखरामा सो वर्षा भएको भएको हो । यस्तै सबैभन्दा धेरै लुम्लेमा लुम्लेमा १६५.४ मिमि वर्षा मापन गरिएको छ । त्यस्तै खैरेनीटारमा १०२ मिमि, स्याङ्जामा ८६.० मिमि, जोमसोममा ४०.० मिमि वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान कार्यालय पोखराले जनाएको छ । त्यसैगरि, गण्डकी प्रदेश सहित लुम्बिनी प्रदेशका अधिकांश स्थानमा वर्षा… पुरा पढौ

अझै तीन दिन भारी वर्षा हुने

काठमाडौँ। जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिन देशका अधिकांश भागमा भारी वर्षा हुने प्रक्षेपण गरेको छ । धेरै वर्षा हुने भएकाले महाशाखाले केही स्थानमा बाढी र पहिराको खतरा औँल्याएको छ । महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार मनसुनी वायु सक्रिय भएकाले अहिले देशभर पानी परिरहेको छ । यो वायुको प्रभावले आगामी शनिबारसम्म नै देशका अधिकांश भागमा भारी वर्षा हुने सम्भावना देखिएको छ । “मनसुनी वायुको प्रभावले अहिले देशका अधिकांश भागमा अहिले वर्षा भइरहेको छ”, बासीले रासससँग भने, “यो वायुको… पुरा पढौ