फाइल तस्विर
पोखरा । पछिल्लो २४ घण्टामा पोखरामा ४२.८ मिलिमिटर वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आज साँझ ५ः४५ अध्यावधिक गरेको तथ्याङ्क अनुसार पोखरामा सो वर्षा भएको भएको हो ।
यस्तै सबैभन्दा धेरै लुम्लेमा लुम्लेमा १६५.४ मिमि वर्षा मापन गरिएको छ । त्यस्तै खैरेनीटारमा १०२ मिमि, स्याङ्जामा ८६.० मिमि, जोमसोममा ४०.० मिमि वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान कार्यालय पोखराले जनाएको छ ।

त्यसैगरि, गण्डकी प्रदेश सहित लुम्बिनी प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशभर मनसुनी वायुको प्रभावका कारण गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
महाशाखाले बुधबार साँझ ६ बजे आगामी तीन दिनको मौसमी बुलेटिन जारी गर्दै यस्तो जानकारी दिएको हो । महाशाखाका अनुसार बुधबार राती देशभर सामान्यदेखि पूर्ण बदली हुने सम्भावना रहेको छ ।
आज राती विशेष गरि गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तै बिहीबार पनि देशभर सामान्यदेखि पूर्ण बदली हुने सम्भावना रहेको छ । देशका अधिकांश स्थानहरुमा मेघगजर्न चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमी बुलेटिनमा उल्लेख छ ।
बुलेटिनमा जनाइए अनुसार बिहीबार दिनभर सुदुर पश्चिम, बाग्मती र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । राती पनि त्यस्तै हुन सक्ने अनुमान गरिएको छ ।
यो क्रममा शुक्रबार पनि रहिरहने सम्भावना रहेको महाशाखाले बुलेटिनमा जनाएको छ ।
साथै महाशाखाले पछिल्लो २४ घण्टामा देशका अधिकांश स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेकाले सर्तकता अपनाउन आग्रह गरेको छ ।
महाशाखाले गण्डकी, कर्णाली, लुम्बिनी र बाग्मती प्रदेशका केही भू–भागमा भारि वर्षा र थोरै स्थानमा धेरै भारी वर्षा हुन सक्ने सम्भावना भएकाले पहिरो, डुवान हुन सक्ने भएकाले आवश्यक सर्तकता अपनाउन आग्रह गरेको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार १० पोखरामा असार १४ गते रोपाईं महोत्सव हुने भएको…






