weather

लगातारको झरी आजदेखि क्रमशः कम हुँदैे

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शनिबार) देखि मौसममा केही सुधार हुनेछ। पानी पार्ने मनसुनी प्रणाली केही कमजोर हुँदै जाने भएकाले आजदेखि लगातार झरी पर्ने क्रम पनि कम हुनेछ। यसअघिको तुलनामा मौसममा केही सुधार हुने भएपनि आज गण्डकी लगायत वाग्मती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मेघगर्जनसहित ठूलो वर्षा हुने संभावना पनि छ। बाँकी प्रदेशका एक वा दुई ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम खालको पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राति देशभरको मौसम पूर्णदेखि सामान्य बद्ली रही गण्डकी प्रदेश… पुरा पढौ

शनिबारबाट मौसममा सुधार हुने

काठमाडौँ । विगत केही दिन अगाडिबाट सक्रिय रहेको मनसुन शनिबारदेखि केही कमजोर हुने भएको छ । न्यून चापीय रेखा आज रातिदेखि केही तल सर्ने भएकाले मनसुनी गतिविधिको प्रभाव अलि कम हुने भएको हो । शनिबारदेखि नेपालको पूर्वी भागबाट मौसम क्रमिक सुधार हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए । “मौसममा सुधार हुने भनेर पानी नै नपर्ने हुँदैन, मनसुनको समय अझै बाँकी छ, विगत केही दिन अगाडिको जस्तै लगातारको झरी भने कम हुनेछ”, उनले… पुरा पढौ

गण्डकी प्रदेशको केही स्थानमा आज दिउँसो भारी वर्षाको संभावना

गण्डकी प्रदेशको केही एक/दुई स्थानमा आज (बिहीबार) दिउँसो भारी वर्षाको संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार गण्डकी प्रदेश लगायत प्रदेश १, २, र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।यस्तै, आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश लगायत प्रदेश १, प्रदेश २, बागमती प्रदेश र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक/दुई स्थानहरुमा आज राति मेघगर्जन र चट्याङसहित भारी वर्षाको… पुरा पढौ

मौसममा सुधार हुन अझै केही दिन लाग्ने

काठमाडौँ । मनसुनी वायुका कारण मौसममा सुधार हुन अझै केही दिन लाग्ने भएको छ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मनसुनी गतिविधि अझै सक्रिय रहेको हो । “अहिलेको अवस्थालाई हेर्दा मौसममा सुधार हुने देखिएको छैन् । बुधबारदेखि मनसुन थप सक्रिय हुने सम्भावना छ ।” जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् बरुण पौडेलले बताए । शुक्रबारसम्म देशका धेरैजसो स्थानमा बदली रहनाका साथै हल्कादेखि मध्यम खालको वर्षा हुने र केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेकोे छ । त्यस अवधिमा… पुरा पढौ

एक साता मनसुन सक्रिय रहनेः यी स्थानमा भारी वर्षाको सम्भावना

मनसुनी वायु सक्रिय रहेका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको सामान्य प्रभावसँगै न्यून चापीय रेखा नेपाल भन्दा केही दक्षिणतिर रहेकाले अहिले प्रदेश नं १ वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार मनसुनी वायुको सक्रियताले गएरातिदेखिनै देशका पहाडी भेगमा वर्षा हुनुको साथै हाल तराई क्षेत्रमा वर्षा भइरहेको छ । उक्त क्षेत्रमा आज… पुरा पढौ

मनसुन सक्रिय : अझै तीन दिन वर्षा हुने

काठमाडौँ । मनसुनी वायुको प्रभावले अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी वायुको प्रभावसँगै न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको र बङगालको खाडीको उत्तर –पश्चिमी भागमा निम्न चापीय प्रणाली रहेकाले अझै तीन दिन मनसुन सक्रिय भई अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् प्रतिभा मान्नधरले बताए। उनका अनुसार मौसम सफा भई घाम लाग्न अझै केही समय लाग्ने छ । हाल गण्डकी प्रदेशमा सामन्यदेखि… पुरा पढौ

गण्डकी प्रदेशमा सोमबारसम्म दिउँसो भारी वर्षाको संभावना

गण्डकी प्रदेशका विभिन्न स्थानमा आज (शनिबार) दिउँसो भारी वर्षा हुने संभावना छ। विशेष गरी गण्डकी प्रदेश लगायत वाग्मती, लुम्बिनी प्रदेश र प्रदेश–१ का विभिन्न ठाउँमा भारी वर्षाको संभावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी ठाउँको मौसम सामान्य बद्ली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि यस प्रदेशसँगै वाग्मती, प्रदेश–१, र लुम्बिनी प्रदेशसँगै देशका धेरैजसो ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने संभावना छ। हाल, नेपालमा मनसुनी वायुको प्रभाव रहेकोले देशभर आंशिकदेखि सामान्य बदली रही… पुरा पढौ

तीन दिन देशका अधिकांश स्थानमा वर्षा हुने, सतर्कता अपनाउन महाशाखाको आग्रह

काठमाडौं । मनसुनी वायुको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षा हुने भएको छ । आजदेखि विस्तारै न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिक आउने देखिएकाले धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुनाका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन् । उनका अनुसार सो प्रणालीका कारण आज सुदूपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा हुनेछ । भोलि राति प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश… पुरा पढौ

सोमबारदेखि मनसुन फेरी सक्रिय हुने

काठमाडौँ। सोमबारदेखि मनसुन सक्रिय भई देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक विस्तारै आउने क्रम शुरु भएकाले सोमबारदेखि मनसुन सक्रिय भई देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए । “आज रातिसम्म उक्त रेखा नेपालको तराई भू–भागसम्म आइपुग्ने सम्भावना रहेकोले मनसुन सक्रिय भई बुधबारसम्म वर्षा हुने सम्भावना देखिएको हो” मौसमविद् पौडेलले भने । जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाका लागि चेतावनी… पुरा पढौ

गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको संभावना

गण्डकी प्रदेशको केही एक/दुई स्थानमा आज (आइतबार) भारी वर्षाको संभावना छ। गण्डकी प्रदेश र प्रदेश १ को केही एक/दुई स्थानमा आज भारी संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको हो। विभागका अनुसार आज (आइतबार) देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ। गण्डकी प्रदेश र प्रदेश १ को केही एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। विभागले आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको… पुरा पढौ