कृषि

वीरगन्ज नाकाबाट १० महिनामा १० अर्ब ९४ करोडको धान आयात

वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा रु २० अर्ब ७९ करोड मूल्यको खाद्यान्न आयात भएको छ । गत आवको सोही अवधिको तुलनामा चालु आवमा यो नाका हुँदै हुने आयात मूल्यमा रु तीन अर्ब ८७ करोड अर्थात् १५ प्रतिशतले गिरावट आएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले जानकारी दिए । गत आवको १० महिनामा यहाँबाट रु २४ अर्ब ६६ करोड मूल्य पर्ने १६ थरिका खाद्यान्न आयात गरिएको थियो । चालु आवमा रु १० अर्ब ९४ करोड मूल्य पर्ने… पुरा पढौ

गण्डकीको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता

सन्देश श्रेष्ठपोखरा, जेठ १९ गण्डकी प्रदेश सरकारले कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम ल्याएको छ । गण्डकी प्रदेश सरकारको तर्फबाट गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मंगलबार ल्याएको नीति तथा कार्यक्रममा कृषि र पर्यटनलाई प्राथमिकता दिइएको हो । गण्डकी प्रदेश सभामा प्रस्तुत नीति तथा कार्यक्रममा युवालाई योग्यता अनुसारको काम र काम अनुसारको दाम पाउन सक्षम बनाउने महत्वकांक्षी नीति लिइएको छ । गण्डकी प्रदेश सरकारले युवालाई हाल रोजगारी नपाएर बेरोजगार भइरहेको तथा कयौं युवाहरु वैदेशिक… पुरा पढौ

पोखराभित्र कृषि कार्यमा प्रयोग हुने ट्याक्टर जोताईको सेवा शुल्क निर्धारण (पत्रसहित)

पोखरा महानगरपालिकाले ट्याक्टर जोताईको सेवा शुल्क निर्धारण गरेको छ । खेती गर्ने समय नजिकिदै आउँदा महानगरपालिकाले एक सुचना जारी गरि महानगरभित्र कृषि कार्यमा प्रयोग हुने ठुलो ट्याक्टर तथा मिनीटिलरको भाडादर कायम गरेको हो ।सार्वजनिक गरिएको भाडादरमा ठुलो ट्याक्टर प्रति ३० मिनेट भन्दा माथि भएमा घण्टा ३ हजार ४ सय र ३० मिनेट भन्दा कम संचालन भएको खण्डमा प्रति मिनेट ६० रुपैयाँ कायम गरिएको छ । त्यस्तै मिनीटिलरको प्रयोगमा भने दुई थरी दर कायम गरिएको छ । अनुदान प्राप्त भएका प्रतिघण्टा… पुरा पढौ

असिना पानीले पोखरामा मकै, फलफूल तथा तरकारी बालीमा क्षति

सोमबार आएको हावाहुरीसहितको असिना पानीका कारण पोखराका विभिन्न स्थानमा मकै, फलफूल तथा तरकारी बालीमा क्षति पुगेको छ । हावाहुरीसहितको असिना पानीका कारण महानगर क्षेत्रका वडा नं १३, २२, २३, २४, २८, ३१, ३२, ३३ लगायतका वडामा लगाइएको मकैसहित फलफूल तथा तरकारी बारीमा क्षति पुगेको पोखरा महानगरपालिका कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए । कृषि प्राविधिक एवम् वडास्तरीय कृषि सञ्जालबाट क्षतिको विवरण सङ्कलन सुरु गरिएको छ । वडा नं १३ मा लगाइएको करिब २०० रोपनी क्षेत्रफलको तरबुजालाई असिनाले क्षति… पुरा पढौ

पोखराका किसानलाई सिप्लिकान र चिउरीका बिरुवा अनुदानमा दिईने

पोखरा महानगरपालिकाले किसानलाई सिप्लिकान र चिउरीका बिरुवा अनुदानमा वितरण गर्ने तयारी गरेको छ । बाँझो जमिनको सदुपयोगसँगै बाँदरले क्षति नपु¥याउने औषधीय गुण युक्त सिप्लिकानका साथै मौरीपालक किसानलाई उपयोगी हुने चिउरीका बिरुवा अनुदानमा वितरण गर्न लागिएको हो । बिरुवा वितरणका लागि यही जेठ २१ गतेसम्म मागकर्ता कृषकको नाम सङ्कलन गरिने महानगरले जनाएको छ । मागका आधारमा अनुदानमा उपलब्ध गराउन लागिएको महानगरपालिकाअन्तर्गत कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए । “बाँझो जमिनमा औषधीय गुण रहेको सिप्लीकान लगाउन सकिन्छ”, उनले भने, “तरकारीका… पुरा पढौ

तीन सय ३८ स्थानीय तहबाट भू–उपयोग वर्गीकरण सम्पन्न

देशभर तीन सय ३८ स्थानीय तहले भू–उपयोग वर्गीकरण गरेका छन् । भूउपयोग योजना तर्जुमा र कार्यान्वयन गर्ने उद्देश्यले गत चैत मसान्तसम्म ती स्थानीय तहले वर्गीकरण सम्पन्न गरेका हुन् । ती स्थानीय तहले आधार तथा मापदण्ड, नक्सा अद्यावधिक गरी कित्तागत सकेका हुन् । देशभरका एक सय ६९ स्थानीय तहले आधार तथा मापदण्ड तयार गरी नक्सा अद्यावधिक गरी कित्तागत विवरण सङ्कलन तथा नक्सा अद्यावधिक गरेको जनाइएको छ । विभिन्न कारणले ४७ स्थानीय तहले कार्य प्रारम्भ गर्न सकेका थिएनन् । त्यसैगरी १५ स्थानीय… पुरा पढौ

मेलामा २० हजार किलो तरबुजा विक्रि, चार जना कृषक सम्मानित

पोखराको १३ नम्बर वडामा भएको तरबुजा मेलामा करिब २० हजार किलो तरबुजा विक्रि भएको छ । तरबुजा र खरबुजाखेती गर्ने किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले कृषि सञ्जाल पोखरा १३ को आयोजना तथा वडा कार्यालयको समन्वयमा आयोजना भएको एक दिने मेलामा दर्शकको उल्लेख्य सहभागिता रहेको र करिब २० हजार किलो तरबुजा विक्रि भएको सञ्जालका अध्यक्ष नरेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।मेलामा ३२ वटा स्टल राखिएको र सो स्टलबाट विक्रि वितरण गरिएको थियो । मेलामा बिभिन्न वडाका कृषकले आफुले उत्पादन गरेको तरबुजाको प्रदर्शनीसहित विक्रि… पुरा पढौ

पोखरा १३ मा हुने तरबुजा मेलाको तयारी पुरा, गर्मी लागेसँगै माग बढ्दो

पोखरा महानगरपालिका–१३ बगरकोट कसेरीस्थित विजयपुर खोलाको किनारमा गत फागुनमा रोपिएका तरबुजाका लहरामा अहिले फल लागेको छ । लामो समयदेखि बाँझो रहेको यहाँको २५ रोपनी बलौटे जमिनमा पोखरा–२२ पुम्दीभुम्दीका ३२ वर्षीय सुन्दर बरालले व्यावसायिक तरबुजाखेती सुरु गरेका थिए । उनले फागुनमा सरस्वती जातका तीन हजार ५०० बिरुवा लगाउनुभएको थियो । अहिले औसतमा दैनिक २०० केजी तरबुजा बिक्री गरिरहेका छन् । उनका अनुसार प्रतिकेजी रु ६० का दरले दैनिक रु १२ हजारको कारोबार भइरहेको छ । बरालका अनुसार यस वर्ष रु १५… पुरा पढौ

पोखरा ३ मा करेसाबारी तालिम एवं बिउ पूँजी वितरण

पोखरा महानगरपालिका वडा नं ३ मा रहेको सृजनशील स्वाबलम्बन कृषि सहकारी संस्थाले कौसी खेती तथा करेसाबारी तालिम एवं बिउ पूँजी वितरण गरेको छ । तालिममा १२१ जनाको सहभागि भएका थिए ।मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सहकार्यमा भएको तालिममा कम्पनीका प्राविधिकहरूले प्राविधिक सहजीकरण गरेका छन् । तालिमका मुख्य सहजकर्ता मुक्तिनाथ कृषि कम्पनीका अधिकृत मदन कँडेलले सहरी तथा अर्ध(सहरी क्षेत्रमा कौसी खेतीको व्यावसायिक र घरायसी महत्त्वबारे प्रकाश पारे । उनले आधुनिक प्रविधि, कम्पोस्ट मलको सही प्रयोग, रोगव्याधि नियन्त्रण र सीमित ठाउँमा बढीभन्दा बढी… पुरा पढौ

पोखरामा जेठ ५ गते तरबुजा मेला हुने,करिब पाँच सय रोपनी क्षेत्रफलमा तरबुजा खेती फस्टाउँदो

पोखरा महानगरपालिकामा यसवर्ष पाँच सय रोपनी क्षेत्रफल जमिनमा तरबजुजा खेती गरिएको छ । तरबुजा खेतीप्रति कृषकहरूलाई आकर्षित गर्न महानगरपालिकाले अनुदान लगायतका कार्यक्रम अघि बढाएसँगै यसतर्फको आकर्षण बढ्दै गएको हो । महानगरपालिकाका १३, १४, १६, २१, २२, २३, २६, ३०, ३२ र ३३ नं वडामा तरबुजाखेती भइरहेको महानगरपालिकाका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । उनका अनुुसार महानगरपालिकाले यसवर्ष कृषकलाई ५० प्रतिशत अनुदानमा बीउका साथै मल्चिङ प्लाष्टिक वितरण गरेको थियो । यसवर्ष महानगरपालिकामा तरबुजा खेतीको कारोबार रु पाँच करोड… पुरा पढौ