बाढीपहिरो

भोटेकोशी बाढी प्रभावितको उद्धार र पुनःस्थापनामा गण्डकी प्रदेश सरकारको चार करोड सहयोग

भोटेकोशी बाढीपीडितको सहयोगार्थ गण्डकी प्रदेश सरकारले रु चार करोड प्रदान गर्ने भएको छ । आज एक विज्ञप्ति निकालेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा उक्त रकम दाखिला गर्ने निर्णय भएको जानकारी दिए । मुख्यमन्त्रीलेबाढीपछि सम्पर्कविहीन भएका नागरिकहरूको खोजी तथा अवस्थाबारे जानकारी लिन र भेटिएका शवहरुको उचित व्यवस्थापनका लागि प्रदेश सरकारबाट सम्बन्धित निकायसँग समन्वय भइरहेको बताए । ‘सम्पर्कविहीनको खोजी, जोखिममा रहेकाको उद्धार, घाइतेको उपचार, प्रभावित तथा आश्रयविहीनका लागि सुरक्षित आश्रय, खानपान र आवश्यक राहतको व्यवस्था गर्न सम्बन्धित… पुरा पढौ

प्रधानमन्त्री राहत कोषमा जी एण्ड के एजुकेशन कन्सलटेन्टको १ लाख ११ हजार रुपैंया सहयोग

देशका विभिन्न क्षेत्रमा आएको प्राकृतिक विपद्बाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि पोखराको चिप्लेढुंगामा रहेको जी एण्ड के एजुकेशन कन्सलटेन्टले आर्थिक सहयोग गरेको छ। कम्पनीले हालैको विनाशकारी भोटेकोशी बाढी तथा पहिरोबाट प्रभावित रसुवा र तल्लो तटीय क्षेत्रका समुदायका लागि रु. १ लाख ११ हजार १११ सहयोग गरेको संचालक राजन पन्थीले जानकारी गराएका छन् । उनका अनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। विपद्का कारण समस्यामा परेका परिवार तथा समुदायलाई सहयोग पु¥याउने उद्देश्यले तत्काल राहतस्वरूप उक्त… पुरा पढौ

भूतपूर्व खेलाडी मञ्चद्वारा बाढी प्रभावितका लागि ५० हजार सहयोग

पोखरा अन्तराष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले बाढी प्रभावितका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने भएको छ। मञ्चले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले बाढीबाट प्रभावित नागरिकलाई राहत तथा उद्धारमा सहयोग पु¥याउने उद्देश्यले रकम उपलब्ध गराउने निर्णय गरिएको बताए।मञ्चका सचिव महेश पौडेलका अनुसार उक्त रकम कास्कीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिनेछ।मञ्चले बाढी तथा पहिरोको जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा विपद्मा… पुरा पढौ

बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग

गण्डकी प्रदेशका पूर्व सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री एवं वर्तमान प्रदेशसभा सदस्य विन्दुकुमार थापाले बाढीपहिरो प्रभावित नागरिकको उद्धार तथा राहतका लागि आफ्नो पारिश्रमिक बापतको ५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्। प्राकृतिक विपद्का कारण देशका विभिन्न जिल्लामा जनधनको क्षति भइरहेका बेला प्रभावित नागरिकको उद्धार, खोज तथा राहत कार्यमा सहयोग पु¥याउने उद्देश्यले आफूले पाउने पारिश्रमिक सरकारी राहत कोषमा प्रदान गरेको थापाले बताएका छन्।रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायतका जिल्लाका नदी तथा… पुरा पढौ

प्रधानमन्त्री राहत कोषमा पोखरा महानगरका जनप्रतिनिधि र कर्मचारीले ४५ लाख सहयोग गर्ने

सन्देश श्रेष्ठपोखरा, भदौ ११ पोखरा महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले भोटेकोशी बाढी पीडितका लागि आर्थिक सहयोग गर्ने भएका छन् । महानगरका सबै जनप्रतिनिधि र कर्मचारीहरुको तर्फबाट बाढी पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप तथा उद्धार कोषमा संयुक्त रुपमा ४५ लाख प्रदान गर्ने निर्णय भएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए । ‘विपद्को कठीन अवस्थामा प्रभावित नागरिकको उद्धार, राहत तथा उपचारमा सहयोग पु¥याउने उद्देश्यले सहयोग रकम प्रदान गर्न लागेका हौं’–उनले भने । पोखरा महानगरपालिकाले भोटेकोशी बाढी पीडितको उद्धार तथा उपचारका लागि नगर… पुरा पढौ

भोटेकोशीको बाढीमा परेर ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन, सबैभन्दा बढी भारतका

रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन भएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार बुधबार बिहान भोटेकोशीमा आएको बाढीमा परेर १२७ नेपालीसहित ६४४ पर्यटक सम्पर्कविहीन भएका हुन् । पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐरले विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर गएका ६४४ पर्यटक सम्पर्कविहीन भएको जानकारी दिए । बेपत्ता हुनेमा सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन् । हालसम्म भारतका १७८, अमेरिकाका ६५, युक्रेनका ५३, मलेसियाका ५१, अष्ट्रेलियाका ३५ जना, संयुक्त अधिराज्य बेलायतका ३३ जना,… पुरा पढौ

भोटेकोशी बाढीमा परेर हालसम्म १७७ जनाको शव फेला

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १७७ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारीअनुसार हालसम्म ४१ महिला, ६९ पुरुष, १० जना बालिका, ७ जना बालक र ५० जनाको पहिचान खुल्न सकेको छैन ।प्रहरीका अनुसार रसुवामा २ जना पुरुषको शव भेटिएको छ । साथै नुवाकोटमा ४ महिला र ६ पुरुष र पहिचान नखुलेका २ जना, धादिङमा ९ महिला, ११ पुरुष, एक बालिका तथा पहिचान नखुलेको ६ जनाको शव भेटिएको छ । गोखरामा दुई महिला, १० पुरुष, एक बालक… पुरा पढौ

भोटेकोशी बाढीः तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो,खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीले बगाएर तनहुँको त्रिशुली नदी किनारमा भेटिएका नौ शवलाई पोखरा ल्याइएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएका शवको व्यवस्थापन तथा परीक्षणको काम सुरू भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । उनका अनुसार पाँच पुरूष, एक महिला, एक बालक, एक बालिका र एउटा पहिचान खुल्न नसकेको शवलाई पोखरा ल्याइएको हो । “चितवनमा भेटिएका शव पनि त्यहाँ व्यवस्थापन गर्न नसकिएपछि पोखरा ल्याउन लागिएको जानकारी प्राप्त भएको छ”, उनले भने, “हामी अहिले… पुरा पढौ

भोटेकोशी बाढीः २९१ विदेशीसहित ३८४ पर्यटक सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन भएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार आज बिहान भोटेकोशीमा आएको बाढीमा परेर २९१ विदेशी र ९३ नेपाली सम्पर्कविहीन भएका छन् ।पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐरले विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर गएका ३८४ पर्यटक सम्पर्कविहीन भएको जानकारी दिए । बाढी प्रभावित क्षेत्रमा रहेका पर्यटकको अवस्था पत्ता लगाउन पर्यटन प्रहरी, स्थानीय प्रशासन र सुरक्षा निकाय परिचालन गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका अनुसार बेपत्ता हुनेमा सम्राट… पुरा पढौ

भोटेकोशी बाढीः त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित,खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

रसुवादेखि आएको बाढीका कारण नुवाकोटको त्रिशूली बजार आसपासका करिब ६० घर बगाएको छ भने देवीघाट क्षेत्र प्रभावित भएको छ । बाढी आएको पूर्वसूचना पाएलगत्तै त्रिशूली नदी आसपासका स्थानीयहरु सुरक्षित स्थानमा गएकाले हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार क्षतिको विस्तृत विवरण आउन बाँकी छ । बाढीले त्रिशूली बजारका केही घर र त्रिशूली नदीमा रहेका दुईवटा पक्की पुल बगाएको छ । बाढीबाट त्रिशूली र देवीघाट जलविद्युत् आयोजना क्षतिग्रस्त भएको छ ।… पुरा पढौ