सडकको अधिकार क्षेत्रभित्रका संरचना नहट्दा पोखरा–मुग्लिन सडक विस्तारमा समस्या भएको छ । मापदण्डविपरीतका घर, विद्युत्का खम्बा र खानेपानी पाइप स्थानान्तरणमा ढिलाइ हुँदा सडक विस्तार तथा स्तरोन्नति कार्य प्रभावित भएको सडक आयोजना कार्यालयले जनाएको छ । पोखरा–मुग्लिन सडकको पश्चिम खण्डका प्रमुख इञ्जिनियर कृष्णबहादुर कुँवरले पोखरा अन्तरराष्ट्रिय विमानस्थलका ४२ सहित ५२ विद्युतीय खम्बा सार्न बाँकी रहेको बताए । “सडक क्षेत्रभित्र पर्ने खानेपानी पाइप स्थानान्तरणको काम पनि सुस्त गतिमा भइरहेको छ, रुख कटान गरिएका ठाउँमा लिलामी हुन सकेको छैन”, उनले भने, “पोखरा महानगरपालिका–१०…
पुरा पढौ