सडक

अन्नपूर्ण आधार शिविरमा ८ विदेशीसहित ५३ धावक

अन्नपूर्ण आरोहण दिवसका अवसरमा यही जेठ २० गते कास्कीको अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म हुने छैटौँ संस्करणको अन्नपूर्ण म्याराथनको सम्पूर्ण तयारी पूरा भएको छ । अन्नपूर्ण प्रथमको महिमा र गरिमालाई उजागर गर्न विस २०७५ देखि प्रत्येक वर्ष अन्नपूर्ण म्याराथन गरिदैं आएको छ ।अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले छैटौँ संस्करणको म्याराथनको सम्पूर्ण तयारी पूरा भएको समितिका अध्यक्ष एवं म्याराथन संयोजक ललित गुरुङले जानकारी दिए । म्याराथनका लागि १८ वर्षदेखि ६९ उमेर समूहका आठ जना विदेशी र ४५ जना स्वदेशी धावकको सहभागी रहने छ… पुरा पढौ

मध्यपहाडी लोकमार्गको वैकल्पिक ‘पाखुट्टे—ढाँड’ सडक ‘ग्राभेलिङ’

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक स्तरोन्नति गरिएको छ । बागलुङको निसीखोला गाउँपालिका–४ झिम्पाखोलादेखि वडा नं ५ ढाँडसम्मको सडक स्तरोन्नति गरिएको हो । विसं २०७३ मा ट्रयाक खुलेको उक्त सडक चालु आर्थिक वर्षमा सङ्घीय सरकार र निसीखोला गाउँपालिकाको रु एक÷एक करोड गरी रु दुई करोडमा स्तरोन्नति गरिएको हो ।यस वर्ष चार किलोमिटर ग्राभेल, ढलान, नाली निर्माण, फराकिलो बनाउने र ग्याविन लगाउने काम गरिएको गाउँपालिकाका सूचना अधिकारी डिलाराम बाँठा मगरले जानकारी दिए । आगामी असार १५ गतेसम्म काम सक्ने गरी… पुरा पढौ

मेची महाकाली उद्धार यात्रा जारी, एक सय ५९ सडक मानवको उद्धार

मानवसेवा आश्रम र आनीछोइङ डोल्मा फाउन्डेसनले संयुक्त रुपमा सुरु गरेको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’अन्तर्गत हालसम्म १५९ जना सडक मानवको उद्धार गरिएको छ । गत वैशाख २७ गते पूर्वको मेचीपुलदेखि सुरु भएको उद्धार यात्रा गण्डकी प्रदेशका विभिन्न जिल्ला हुँदै अहिले सिन्धुपाल्चोक पुगेको मानवसेवा आश्रमका केन्द्रीय महासचिव सुशीला केसीले जानकारी दिईन् । “सातै प्रदेशमा उद्धार यात्राको टोली पुगेको छ, यही जेठ २१ गतेसम्म उद्धार यात्रा जारी रहन्छ, जेठ २२ गते काठमाडौँको राष्ट्रिय सभागृहमा समापन हुनेछ”, उनले भनिन, “यस अभियानका क्रममा उद्धार गरिएका… पुरा पढौ

पोखरामा मनसुन अगावै जमिन भाँसियो

मनसुन सुरु नहुँदै पोखराका विभिन्न स्थानमा जमिन भासिन थालेको छ । शुक्रबार बिहान पोखरा महानगरपालिका–३, नदीपुरस्थित बाल मन्दिर स्कुलको गेट अगाडी मुख्य सडकसँगै एउटा घरको आँगन र केही भाग भाँसिएको छ । बिहानको समयमा अचानक जमिन भासिएर करिब १० मिटर जति भ्वाङ परेको छ । त्यस क्षेत्रमा पोखराका लगि खानेपानी वितरणका लागि बिछ्याएको पाइप समेत फुटेकाले अझै खतरा बढेको स्थानीयको भनाइ छ । सो क्षत्रमा पटक–पटक जमिन भासिँदा स्थानीय चिन्तित बनेका छन् ।मुख्य सडक मै भ्वाङ परेपछि सवारी आवागमनको लागि… पुरा पढौ

पृथ्वीचोकमा सार्वजनिक जग्गामा बनेका संरचना हटाउन सुरु,कसैको निर्देशनले अभियान रोकिदैंन-मेयर आचार्य

पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित सार्वजनिक जग्गामा बनेका संरचना हटाउन थालेको छ । पोखरा बसपार्कअगाडि संस्थान क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमाले निकट मजदुर संगठन र विभिन्न संस्थाले बनाएका संरचना खाली गर्ने काम सुरु गरिएको हो ।आज बिहान देखि सहारा क्लब, हिमाली सांस्कृतिक परिवार, सामुदायिक प्रहरी सेवाका संरचनामा डोजर चलाइएको छ । ट्रेड युनियन संगठन र बिभिन्न संस्थाले पोखरा उपत्यका नगर विकास समिति मातहको जग्गामा संरचना बनाएर भाडामा लगाउँदै आइरहेका थिए । नेकपानिकट अखिल नेपाल ट्रेड युनियन महासंघले भने यसअघि नै अस्थायी… पुरा पढौ

सेती नदीमाथि मर्दि दोबिल्ला मोटरेबल पुल निर्माण हुने

पोखराको पुरञ्चौर र हेम्जा जोड्ने सेती नदीमाथि मर्दि दोबिल्ला मोटरेबल पुल निर्माण हुने भएको छ । २०७९ साल असार ४ गते आएको विनाशकारी सेती नदीको बाढीले मर्दि दोबिल्लास्थित मोटरेबल पुल बगाएपछि त्यस क्षेत्र भएर आवत जावत गर्न समस्या भएको थियो । स्थानीय जनप्रतिनिधिको लगातारको दबाब पछि त्यहाँ पुल निर्माणका लागि सोमबार सडक विभाग कास्कीले बोलपत्र आव्हान गरेको छ ।करिब १० करोड लागतको पुल निर्माणका लागि बोलपत्र आव्हान भएपछि अब पुल निर्माण हुनेमा स्थानीयबासी ढुक्क भएका छन् । पुल निर्माणका लागि… पुरा पढौ

फिर्के खोलाको मापदण्डभित्र बनेका अवैधानिक संरचना हटाउने महाअभियान आज बिहान १० बजेदेखि सुरु हुदै

पोखरा । पोखरा महानगरपालिकाले फिर्के खोलाको मापदण्डभित्र बनेका अवैधानिक संरचना हटाउने महाअभियान आज बिहान १० बजेदेखि सुरु गर्ने भएको छ । महानगर प्रमुख धनराज आचार्यद्वारा जारी सूचनाअनुसार अभियानका लागि महानगरलाई तीन केन्द्रमा विभाजन गरिएको छ । सम्बन्धित वडा अध्यक्ष, कार्यपालिका सदस्य, नगरसभा सदस्य, सचिव तथा कर्मचारीलाई अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ । अभियानअन्तर्गत अधेरीकुना केन्द्र (बिन्ध्यवासिनीभन्दा पश्चिम) मा वडा नं. १, २, ३, १६, १८, १९, २०, २४, २५ र ३० लाई समेटिएको छ । यस केन्द्रमा आर्थिक विकास… पुरा पढौ

यार्सागुम्बा सङ्कलन गर्न गएका गोरखाका युवाको भिरबाट लडेर मृत्यु

यार्सागुम्बा सङ्कलन गर्न गएका गोरखाका एक जना युवाको भिरबाट लडेर मृत्यु भएको छ । आफ्ना दाजुभाइसँग यार्सा टिप्न गएका चुमनुब्री गाउँपालिका–३ पाङसिङका २५ वर्षीय प्रकाश गुरुङको भिरबाट लडेर मृत्यु भएको हो । बुद्ध हिमालको फेदबाट यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा गत बुधबार भिरबाट लडेर मृत्यु भएको वडासदस्य विकास गुरुङले जानकारी दिए । प्रकाशको शव गाउँमा ल्याएर शुक्रबार गुरुङ परम्पराअनुसार अन्त्येष्टि गरिएको उनले बताए । “आफ्नै चार दाजुभाई यार्सागुम्बा टिप्न गएका थिए । प्रकाश अघिअघि हिँडेका रहेछन्”, वडासदस्य गुरुङले भने ,… पुरा पढौ

कालीगण्डकी करिडोर: अलपत्र बनेको कोवाङ–जोमसोम सडकको सम्झौता तोडियो

चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कोवाङ–जोमसोम खण्डको ठेकेदारसँगको ठेक्का सम्झौता तोडिएको छ । मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङ खन्तिदेखि टुकुचे, मार्फा हुँदै जिल्ला सदरमुकाम जोमसोम बजार जोड्ने १७ किलोमिटर दूरीको सडक नौ वर्षदेखि अलपत्र बनाएको निर्माण कम्पनीसँगको सम्झौता तोडिएको बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले आज सार्वजनिक सूचनामार्फत जानकारी गराएको हो । योजना प्रमुख तेजस्वी शर्माले दुई वर्षमा सम्पन्न गर्नुपर्ने काम सातपटक म्याद थप गर्दा पनि नसकेको निर्माण कम्पनी पप्पु–गौरी पार्वती कोशी एन्ड न्यौपानेसँगको ठेक्का तोडेर अधुरो काम पूरा गर्न… पुरा पढौ

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

चालु आर्थिक वर्ष २०८२-८३ को दश महिनामा पाँच लाख ७३ हजार ९७७ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । चालु आवको साउनदेखि वैशाखसम्म आन्तरिक तथा बाह्य गरी उक्त सङ्ख्यामा पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।दश महिनामा चार लाख २० हजार ८६ आन्तरिक र एक लाख ५३ हजार ८९१ जना बाह्य पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए । आन्तरिकतर्फ दुई लाख १९ हजार ८१७ पुरुष र दुई लाख २६९ जना… पुरा पढौ