सडक

फेवा महोत्सवमा पर्यटकबिच दौड,क्यानडाका मिलरोइ प्रथम

पोखरामा जारी २१ औं फेवा नव बर्ष महोत्सव २०८३ को दोश्रो दिन सोमबार लेकसाइडमा आयोजित पर्यटक दौड प्रतियोगितामा क्यानडाका दिरेक मिलरोइ प्रथम भएका छन् । यसैगरी स्पेनका अड्रिया फेरर द्वितीय भए भने अष्ट्रेलियाका लाइन्डनले तृतीय स्थान हासिल गरे । लेकसाइड स्थित होटल पिस प्लाजा अगाडिबाट सुरु भएको दौडमा खेलाडीहरु एक हजार आठ सय मिटर दुरीमा रहेको अम्बोटसम्म दौडिएका थिए । दौडमा भारतका आमिरलाई सान्त्वना पुरस्कार प्रदान गरियो ।यसैगरी महिलातर्फको छुट्टै मुल्यांकनमा अष्ट्रेलियाकी हान्ना प्रथम भइन् । नेदरल्याण्डकी इशाले द्वितीय स्थान… पुरा पढौ

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन सडकको भौतिक प्रगति ७२ प्रशित र वित्तीय प्रगति ६५ प्रतिशत पुगेको छ । विसं २०७९ चैतदेखि निर्माण थालिएको ३।२८ किलोमिटर उक्त सडकको निर्माण आगामी असारभित्रमा सक्ने लक्ष्य रहेको पोखरा महानगरपालिका सडक शाखाका इन्जिनियर नवीन गौतमले जानकारी दिए । ‘स्वच्छन्द–सपना–वल्र्डवाइड जेबी’ले निर्माण जिम्मा पाएको उक्त सडक ठेक्का सम्झौता भएको एक वर्षपछि मात्र निर्माण सुरु भएको थियो । जग्गा विवाद, निर्माण कम्पनीको ढिलासुस्ती आदि कारणले सुरुको चरणमा सडक निर्माण प्रभावित भएको इन्जिनियर गौतमले… पुरा पढौ

नयाँ बर्षलाई स्वागत गर्न वेगनासमा ‘फिस फेष्टिभल’

नेपाली नयाँ बर्ष २०८३ लाई स्वागत गर्न होटल तथा रेस्टुरेण्ट एसोसियसन लेखनाथले वेगनासताल किनारमा फिस फेष्टिभलको आयोजना गर्ने भएको छ । नयाँ बर्षलाई सदैव उत्साह पुर्वक मनाउनका लागि चैत्र ३० गते सोमवार एकदिने कार्यक्रमका साथ माछा महोत्सव गर्न लागेको सस्थाका अध्यक्ष सुरेश लामिछानेले जानकारी दिएका छन् । वेगनासतालको प्रचार प्रसारमा सहयोग पुग्ने र तालबाट माछा उत्पादन गरि आय आर्जनमा सहयोग पुग्ने उदेस्यले माछा महोत्सव गर्न लागिएको हो । सोमवार दिउसो २ ः०० बाट औपचारीक कार्यक्रम सुरु गरि विविध सांस्कृतीक कार्यक्रम… पुरा पढौ

२१ औं फेवा नव बर्ष महोत्सव सुरु,आन्तरिक र क्षेत्रीय पर्यटन प्रवद्र्धनमा जोड दिन सुझाव

सांस्कृतिक झाँकी र बाजागाजासहित २१ औं संस्करणको फेवा नव बर्ष महोत्सव २०८३ आइतबारबाट पोखरामा सुरु भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्थानीय अम्बोटमा आयोजित समारोहमा महोत्सवको उद्घाटन गरिन् । यसअघि लेकसाइड स्थित खहरेबाट सुरु भएको विभिन्न जातजातिको झाँकी र पंचै बाजा सहितको लामो र्याली अम्बोट पुगेको थियो । सहिदचोक र खहरे विचको सडकमा तीन दिन सम्म चल्ने महोत्सव आगामी बैशाख १ गते राति सकिने छ । महोत्सव उद्घाटनका अवसरमा सातै प्रदेशका सांस्कृतिक नाचहरु प्रस्तुत गरिएको थियो ।… पुरा पढौ

रात्रिकालीन सडक दौडमा खुलातर्फ दार्चुलाका मुकेश थापा प्रथम, विदेशीतर्फ फ्रान्सका स्याम्यूल विजेता

पर्यटनको राजधानी पोखरामा पहिलोपल्ट आयोजना भएको पोखरा रात्रिकालीन सडक दौड (पोखरा नाइट स्ट्रिट रेस) २०८३ मा नेपालसहित पाँच देशका १ सय ४५ धावक सहभागी भए । फेवाताल किनार बाराहीघाटदेखि पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुलसम्मको ५ किलोमिटरको उक्त दौडमा नेपालसहित, नर्वे, फ्रान्स, थाइल्याण्ड र इङल्याण्डका धावक सहभागी थिए ।‘जाग्छ पोखरा, दौडाउँछ पोखरा’ उद्घोषका साथ शनिबार राति ७ः२९ बजे बाराहीघाटदेखि सुरु भएको दौडमा खुलातर्फ दार्चुला २९ बर्षीय मुकेश थापा प्रथम हुन सफल भए । उनले निर्धारित दूरी १७ः३१ः६७ मिनेटमा पूरा गरे ।… पुरा पढौ

फेवा महोत्सवको तयारी सकियो,आइतबार उद्घाटन हुँदै

२१ औं संस्करणको फेवा नव बर्ष महोत्सव २०८३ को सम्पूर्ण तयारी पूरा भएको छ । चैत २९ गतेबाट सुरु हुने महोत्सव आगामी वैशाख १ गतेसम्म चल्ने छ । खहरेदेखि सहिदचोकविचको सडकमा आयोजना हुने महोत्सवमा भाग लिन पर्यटकहरु पोखरा आउने क्रम सुरु भएको आयोजक होटल संघ पोखरा नेपालका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । खहरे चोकबाट विभिन्न सांस्कृतिक झाँकी र र्यालीसहित बिहान ११ बजे महोत्सव सुरु हुने र अम्बोटमा पुगी उद्घाटन समारोहमा परिणत हुने अध्यक्ष सुवेदीले बताए ।… पुरा पढौ

रात्रिकालीन सडक दौड प्रतियोगितामा ३ देशका १०० बढी धावक सहभागी हुँदै

पर्यटकीय राजधानी पोेखरामा पहिलोपटक आयोजना हुन लागेको रात्रिकालीन सडक दौड प्रतियोगिता २०८३ को तयारी पूरा भएको छ । जाग्छ पोखरा दौडाउँछ पोखरा भन्ने उद्घोषका साथ शनिबार साँझ ७ः०० बजे बराहीघाटबाट सुरु हुने उक्त प्रतियोगितामा नेपालसहित नर्वे र फ्रान्सका गरी १०० भन्दा बढी धावकको सहभागिता रहने आयोजक पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकले जनाएको छ । बाराहीघाटदेखि सुरु हुने प्रतियोगिता सेन्टर प्वाइन्ट, हल्लनचोक, जिरोकिलोमिटर, सृजनाचोक, सभागृहचोक, न्युरोड हुँदै महेन्द्रपुलस्थित अन्तर्राष्ट्रिय झण्डापार्क फल्चामा पुगेर समापन हुने छ ।प्रतियोगितामा खुला, महिला, विदेशी तथा… पुरा पढौ

बागलुङको काठेखोलामा चार किमी सडक कालोपत्र गर्न पाँच वर्ष

लामो समयदेखि जीर्ण बनेको बागलुङको काठेखोला गाउँपालिकाको केन्द्रदेखि रेश जाने सडक कालोपत्र गरिएको छ । दुई वर्षमा सक्नुपर्ने सडक पाँच वर्ष बित्दा बल्ल कालोपत्र भएको हो । उक्त सडक गाउँपालिकाकै पहिलो लामो कालोपत्र सडक भएको छ । काठेखोला गाउँपालिका–७ रेश जाने चार किमि सडक दुई वर्षमा कालोपत्र सक्नेगरी सम्झौता गरिएकामा पाँच वर्ष बित्दा बल्ल कालोपत्र भएको हो । कालोपत्र भएपछि रेश जाने यात्रुलाई सहज हुन थालेको छ । सङ्घीय सरकार र काठेखोला गाउँपालिकाको साझेदारीमा निर्माण थालिएको सडक समयमै काम नहुँदा… पुरा पढौ

पोखरा–मुग्लिन सडकको पश्चिम खण्डमा १२ पुल निर्माण सम्पन्न

पोखरा–मुुग्लिन सडक आयोजनाको पश्चिम खण्डमा १२ वटा पुल निर्माण सम्पन्न भएको छ । पोखराको सेती पुल भने निर्माणाधीन छ । उक्त पुलको भौतिक प्रगति ५८दशमलव ३७ प्रतिशत पुगेको आयोजनाको पश्चिम खण्डका प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिए । आकर्षक डिजाइनमा बन्ने उक्त सिग्नेचर पुल रसुवा कन्स्ट्रक्सनले निर्माण गरिरहेको छ । ‘केबल–स्टेड’ प्रविधिको उक्त पुलमा जग र टावर निर्माण पूरा भइसकेको प्रमुख कुँवरले बताए । गत भदौमा तीनवर्षे ठेक्का अवधि सकिएपछि पुल निर्माणका लागि आगामी वैशाखसम्म म्याद थप भएको छ । पोखरा–मुग्लिन… पुरा पढौ

महोत्तरीमा दुई मोटरसाइकल ठोकिँदा, जलेर तीन विद्यार्थीको मृत्यु

महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु भएको छ । सो सडक खण्डको बथनाहा गाउँमा आज बिहान भएको दुर्घटनामा परि मृत्यु हुनेमा जलेश्वर नगरपालिका–६ बस्ने सुरेन्द्र दासका छोरा अन्दाजी २० वर्षीय शुभाष दास, रामदयाल दासका छोरा अन्दाजी २० वर्षीय रवि दास र एकडारा गाउँपालिका–३ बस्ने शत्रुध्न मण्डलका छोरा अन्दाजी २० वर्षीय अभिषेक मण्डल रहेको प्रहरीले जनाएको छ ।निजका आफन्तहरूले शव पहिचान गरेपछि मृतकको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक… पुरा पढौ