सडक

फेवा महोत्सवलाई बिभिन्न संघ संस्थाले सघाउने

यही चैत २९ गतेदेखि आगामी वैशाख १ गतेसम्म फेवा किनारमा आयोजना हुने २१ औं फेवा नव बर्ष महोत्सव २०८३ लाई सफल पार्न विभिन्न संघसंस्थाले सघाउने प्रतिबद्धता जनाएका छन् । महोत्सवको आयोजक संस्था होटल संघ पोखरा नेपालले पोखरास्थित विभिन्न पर्यटन सम्बद्ध संस्थाका अध्यक्ष र पदाधिकारीसँग हालै गरेको छलफलमा उनीहरुले फेवा महोत्सव समग्र पोखरेलीको महोत्सवको रुपमा आफूहरुले बुझेको बताएका थिए ।महोत्सवबारे जानकारी दिंदै होटल संघ पोखरा नेपालका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले पोखराको सहिदचोकदेखि खहरेचोकसम्म आयोजना हुने महोत्सवमा यसपटक पंचै बाजा… पुरा पढौ

पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा,पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य

नेपाली नयाँ वर्षको अवसर पारेर आयोजना हुन लागेको “पोखरा नाइट स्ट्रिट रेस–२०८३” (रात्रिकालीन सडक दौड) को तयारी अन्तिम चरणमा पुगेको छ । पोखरा क्लिक र पोखरा प्रवद्र्धन केन्द्रको आयोजनामा यही चैत २८ गते पोखरामा हुने उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको शनिबार पोखराको फिस्टेल ड्रिम पार्कमा आयोजित पत्रकार सम्मेलन जानकारी गराइएको हो । पाँच किलोमिटरको उक्त दौड चैत्र २८ गते बेलुका ७ बजे बाराहीघाटबाट सुरु भई सेन्टर प्वाइन्ट, हल्लनचोक, जिरो कि.मि., सिर्जनाचोक, सभागृहचोक, न्यूरोड, चिप्लेढुङ्गा हुँदै महेन्द्रपुलस्थित झण्डा पार्क अगाडि… पुरा पढौ

फेवाताल छेउछाउका अतिक्रमित संरचनामा महानगरको डोजर

पोखरा महानगरपालिकाले फेवाताल छेउछाउका अतिक्रमित क्षेत्रमा डोजर चलाएको छ । त्यस क्षेत्रमा जमिन अतिक्रमण गरी बनाइएका टहरामा पोखरा महानगरले शनिबार बिहान डोजर चलाएपछि स्थानीयवासीले विरोध जनाएका छन्। शनिबार बिहानै महानगरपालिकाले अतिक्रमण हटाउने अभियानअन्तर्गत टहरा भत्काउन सुरु गरेपछि प्रभावित स्थानीयले सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका हुन्।विरोधका कारण केहीबेर सडक आवागमनसमेत प्रभावित भएको थियो ।महानगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले ३२ वटा टहराहरू डोजर लगाएर भत्काइएको जानकारी दिए । फेवाताल संरक्षण तथा अतिक्रमण नियन्त्रणका लागि महानगरले अभियान चलाएको बताउँदै आएको छ भने… पुरा पढौ

पोखरा रात्रि दौड प्रतियोगितालाई फिस्टेल ड्रिम पार्कको साथ

पोखरामा पहिलोपटक आयोजना हुन लागेको रात्रिकालीन दौड प्रतियोगितालाई फिस्टेल ड्रिम पार्कले पनि साथ दिने भएको छ । पोखरा–१७ सीतापाइलास्थित महतगौँडामा रहेको पार्क र प्रतियोगिता आयोजक बीच बुधबार एक समारोहका बीच सहकार्य सम्झौता भएको हो । प्रतियोगिता संयोजक दिननाथ बराल र पार्कका जनरल म्यानेजर अंकितकुमार सिंहबीच सम्झौता भएको हो । प्रतियोगितामा सहभागी उत्कृष्ट २० धावकलाई एकहजार मूल्य बराबरको टिकट निःशुल्क उपलब्ध गराइने, सहभागी धावकलाई पार्क प्रवेश तथा विभिन्न वाटर खेलहरूमा ३० प्रतिशत छुट प्रदान गरिने भएको छ । प्रतियोगितालाई सफल पार्न… पुरा पढौ

आन्तरिक पर्यटनमा आशा जगाउँदै सकियो ‘जाउँ है पोखरा’

होटेल सङ्घ नेपाल पोखराको आयोजना पूर्वी नेपालका प्रमुख सहरहरूलाई लक्षित गरी सञ्चालित ‘जाउँ है पोखरा’ कार्यक्रम शुक्रबार सकिएको छ । आन्तरिक पर्यटन प्रवर्द्धनको मुख्य उद्देश्यका साथ विगत २५ वर्षदेखि बर्सेनि देशका प्रमुख सहरहरूमा ‘जाउँ है पोखरा’ अभियान सञ्चालन गरिरहेको सङ्घले यस पटक पूर्वी नेपालका वीरगञ्ज, हेटौँडा, विराटनगर र इलाममा पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न गरेको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । अभियानका क्रममा पूर्वी नेपालका पर्यटन व्यवसायीसँग पर्यटकीय साझेदारी, छलफल, अन्तर्क्रिया गर्नुका साथै प्रचार सामग्री वितरण गरिनुका साथै आन्तरिक पर्यटनका विभिन्न… पुरा पढौ

भूतपूर्व खेलाडी मञ्चले गर्यो पोखरा म्याराथनको समिक्षा

नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा आयोजना गरिएको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको २०औँ संस्करणको सफल भएको निष्कर्ष निकालेको छ । मञ्चले बुधवार गरेको समिक्षा बैठकमा विभिन्न उपसमितिका संयोजकहरूले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्दै कार्यक्रमको समग्र मूल्याङ्कन गरेका थिए। बैठकले २०औँ संस्करणका सकारात्मक पक्षलाई निरन्तरता दिँदै देखिएका कमी–कमजोरी सुधार गर्ने निष्कर्ष निकालेको छ। साथै उक्त संस्करण सफल बनाउन आर्थिक, भौतिक तथा नैतिक सहयोग पु¥याउने संघसंस्था र व्यक्तित्वहरूलाई धन्यवाद व्यक्त गरिएको छ। यस्तै बैठकले २१औँ संस्करणको तयारीमा जुट्ने निर्णय पनि गरेको छ। यस्तै मञ्चले आयोजना… पुरा पढौ

म्याग्दीमा मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति थालियो

म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि फुलबारी–च्युरीबोट–सिस्नेरी हुदै बागलुङको तमानखोला जोड्ने सडक स्तरोन्नति थालिएको छ । मालिका गाउँपालिकाले यस सडकको बतासे–फुलबारी खण्डमा स्तरोन्नतिका लागि आयोजना शुरु गरेको हो । विसं २०६६ मा मार्ग खुलेको यस सडक सामान्य मर्मतको भरमा सञ्चालन हुदै आएको थियो । प्रदेश समपुरक शीर्षकमा गाउँपालिकाले चालु आर्थिक वर्षमा रु एक करोड बजेट बिनियोजन गरेको यस आयोजना निर्माणका लागि मंगला कन्ट्रक्सन बाबियाचौरले रु ६५ लाख २३ हजार चार सय ३२ मा गत माघ २६ गते ठेक्का सम्झौता गरेको छ… पुरा पढौ

रात्रिकालीन दौडमा वडाध्यक्षहरूद्वारा सहयोग र समन्वयको प्रतिबद्धता

नेपाली नयाँ वर्षको अवसरमा पोखरामा आयोजना हुने रात्रिकालीन दौड प्रतियोगितालाई सफल पार्न पोखराका वडाध्यक्षले आवश्यक सहयोग गर्ने बताएका छन् । मंगलबार पोखरा रंगशालामा आयोजित सरोकारवालाको छलफल कार्यक्रममा दौडको रुट पर्ने वडाध्यक्षहरूले प्रतियोगितालाई सफल पार्न उत्साहका साथ लाग्ने धारणा व्यक्त गरे । ‎‎पोखरा महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले पोखरामा केही व्यवसायी चौबिसै घण्टा व्यवसाय सञ्चालनको अवस्थामा रहेको सन्दर्भमा रात्रिकालीन दौडले व्यवसायीलाई प्रवद्र्धन गर्ने बताए । उनले प्रतियोगिता सफल पार्न आफ्नो वडाले विशेष भूमिका निर्वाह गर्ने बताउँदै पोखराको नयाँ… पुरा पढौ

‘जाउँ है पोखरा’ अभियानको टोली वीरगञ्जमा

पर्यटकीय नगरी पोखराका पर्यटन व्यवसायीले पोखराको पर्यटन प्रवर्द्धनका लागि ‘जाउँ है पोखरा’ अभियान वीरगञ्जदेखि सुरु गरेका छन् । होटल सङ्घ पोखराले आज वीरगञ्जमा पोखराको पर्यटन प्रवर्द्धन गर्दै भारतीय तथा स्वदेशी पहुनालाई पोखरा भ्रमणका लागि अनुरोध गरेका छन् । होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले सीमावर्ती सहर वीरगञ्जका पर्यटकलाई पोखरा तथा आसपासको सहर भ्रमण गर्न अनुरोध गरे । अध्यक्ष सुवेदीले पोखरामा छ खर्बको लगानीमा एक हजार २०० भन्दा धेरै होटल रहेको जानकारी दिए । “पोखरामा एकै दिन ४० हजारभन्दा धेरै पर्यटकलाई… पुरा पढौ

गण्डकी प्रदेशसभाः सडक ऐन संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल

गण्डकी प्रदेशसभाको आजको बैठकमा गण्डकी प्रदेश सडक ऐन २०८१ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ । प्रदेशसभामा आइतबार पेश भएको उक्त सडक ऐनलाई संशोधन गर्न बनेको विधेयकको आवश्यकता र औचित्यबारे प्रदेशसभा सदस्यहरुले धारणा राखे । प्रदेशसभा सदस्य अशोकुमार श्रेष्ठले जनताको माग र आवश्यकतालाई दृष्टिगत गरी प्रदेश लोकमार्ग र प्रादेशिक सडकमा तोकिएको सडक सीमासम्बन्धी व्यवस्था संशोधन गर्न सरकारले संशोधन विधेयक ल्याएको बताए । प्रदेशसभा सदस्य सुधिरकुमार पौडेलले कानुन कार्यान्वयन गर्दा देखिएका जटिलता फुकाउन ऐन संशोधन गर्नुपरेको बताए ।… पुरा पढौ