सडक

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक र पृथ्वीराजमार्गको चरौँदी जोड्ने झोलुङ्गे पुल बगाएको छ । बाढीले लगातार तीन घण्टा हानेपछि बिहान पुल ढलाएर बगाएको स्थानीय विनोद नहर्कीले जानकारी दिए। पुल लगेपछि गण्डकी गाउँपालिका ७ र ८ का बासिन्दा त्रिशूली तरेर राजमार्गतर्फ जान समस्या भएको छ । “घ्याल्चोकका करिब ४०० घरधुरी किसानले तरकारी र दूध बोकेर चरौँदीको कृषि सहकारीमा लैजाने मुख्य बाटो हो”, उनले भने, “अब यहाँका किसानले तरकारी र दूध बेच्न नपाउने भए ।” यसअघि गत भदौ १०… पुरा पढौ

कृष्णभीरमा सडक नै भासियो, पृथ्वी राजमार्ग अवरुद्ध

धादिङको कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका अनुसार त्रिशूली नदीले राजमार्गको भाग कटान हुँदा कृष्णभीर क्षेत्रमा पहिरो गएको र दुवैतर्फ सडक अवरुद्ध भएको हो । कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध भएपछि सोही राजमार्ग हुँदै सञ्चालन हुने सवारीसाधन काठमाडौँमा रोकिएको जानकारी दिए । बाढीपहिरोका कारण रसुवासहित विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ । काठमाडौँको नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लले पृथ्वी राजमार्ग हुँदै… पुरा पढौ

काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण अवरुद्ध बनेको काठमाडौँ-मुग्लिन सडक आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । बुधबार भोटेकोशीमा आएको बाढीका कारण विभिन्न स्थानमा सडकमा लेदो तथा माटो थुप्रिएपछि राजमार्ग अवरुद्ध भएको थियो । लेदोसहित सडकमा थुप्रिएका फोहर बाढी पन्छाएपछि आजदेखि राजमार्ग नियमित रूपमा सञ्चालनमा आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार सडक खुलेसँगै लामो समयदेखि राजमार्गमा अलपत्र परेका सवारीसाधनलाई सुरक्षित गन्तव्यतर्फ पठाउन थालिएको छ । उनले बाढीका कारण… पुरा पढौ

भोटेकोशी बाढीः २९१ विदेशीसहित ३८४ पर्यटक सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन भएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार आज बिहान भोटेकोशीमा आएको बाढीमा परेर २९१ विदेशी र ९३ नेपाली सम्पर्कविहीन भएका छन् ।पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐरले विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर गएका ३८४ पर्यटक सम्पर्कविहीन भएको जानकारी दिए । बाढी प्रभावित क्षेत्रमा रहेका पर्यटकको अवस्था पत्ता लगाउन पर्यटन प्रहरी, स्थानीय प्रशासन र सुरक्षा निकाय परिचालन गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका अनुसार बेपत्ता हुनेमा सम्राट… पुरा पढौ

भोटेकोशी बाढीः त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित,खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

रसुवादेखि आएको बाढीका कारण नुवाकोटको त्रिशूली बजार आसपासका करिब ६० घर बगाएको छ भने देवीघाट क्षेत्र प्रभावित भएको छ । बाढी आएको पूर्वसूचना पाएलगत्तै त्रिशूली नदी आसपासका स्थानीयहरु सुरक्षित स्थानमा गएकाले हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार क्षतिको विस्तृत विवरण आउन बाँकी छ । बाढीले त्रिशूली बजारका केही घर र त्रिशूली नदीमा रहेका दुईवटा पक्की पुल बगाएको छ । बाढीबाट त्रिशूली र देवीघाट जलविद्युत् आयोजना क्षतिग्रस्त भएको छ ।… पुरा पढौ

पोखराको सडकमा दौडिए, भूतपूर्व सैनिक र प्रहरी, आमा समूहको पनि साथ

पोखरामा भूतपूर्व सैनिक÷प्रहरी, बिद्यार्थी छात्र÷छात्रा, खुला महिला ÷पुरुष ५ किलोमिटर र आमा समूहको ३ किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको छ । पोखरा अन्तराष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिवार भएको दौंड फूलबारीस्थित सिद्धेश्वर शिवमन्दिर चोकबाट शुरु भएको दौड पोखराका बिभिन्न ठाउँहरु परिक्रमा गरि सोहि ठाउँमा पुगेर समापन भएको हो । दौडमा भूतपूर्व सैनिक तर्फ कमल गुरुङ पहिलो, भक्तराज गुरुङ दोस्रो,रुम बहादुर केसीले तेस्रो भए । ३ किलोमिटर आमा समुह दौडमा प्राइम मन्टेश्वरीकि अश्मिता दस्कार पहिलो,रामेश्वर योग साधनाकि… पुरा पढौ

पहिरोले पोखरा-सिक्लेस सडक अवरुद्ध

पहिरोका कारण पोखरा-सिक्लेस सडक अवरुद्ध भएको छ । शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण मादी गाउँपालिका १ पदुखोला क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । मादी १ का वडाध्यक्ष देवीजङ्ग गुरुङले शुक्रबार रातिदेखि निरन्तर वर्षा भइरहे पनि आज बिहान खिलाङ र पार्चेबीचको पदुखोला क्षेत्रमा पहिरो खस्दा पर्यटकीय गाउँ सिक्लेस जाने बाटो बन्द भएको जानकारी दिए । मादी गाउँपालिकाको पहलमा निर्माण गरिएको पदुखोलाको रेलिङ तथा ढलान क्षति भएको उनले बताए । पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन सरोकार भएका निकायसँग आवश्यक समन्वय… पुरा पढौ

चामे–बेँसीसहर सडक अवरुद्ध

हिमाली जिल्ला मनाङको लाइफलाइनको रुपमा रहेको चामे–बेंसीसहर सडक अवरुद्ध भएको छ । नासोँ गाउँपालिका–३ खोत्रो पाखामा सडक भासिएर उक्त सडक अवरुद्ध भएको हो । सडक भासिदा पूर्ण रुपमा चामे–बेँसीसहर सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले जानकारी दिए । “वर्षायाममा पहाडी क्षेत्र जोखिम हुनुका साथै भासिने र बाढीपहिराले अवरुद्ध हुने गरेको छ”, उनले भने, “भासिएको सडक खुलाउन उक्त क्षेत्रमा आवश्यक सामग्रीसहित सुरक्षाकर्मी पुगिसकेका छन् ।” मनाङको एक मात्र लाइफलाइन रहेको उक्त सडकमा यात्रा गर्नेहरुले कहिले लमजुङको पहिरो त कहिले… पुरा पढौ

सेती खोचमा अड्किएका परियारको उद्धार

पोखराको रामघाटस्थित सेती नदीको खोचमा अड्किएका एक युवाको उद्धार गरिएको छ । आज बिहान पोखरा ९ शान्तिवनस्थित सेती नदीको भिरबाट खसेका रुपन्देहीको बुटवल घर भई पृथ्वीचोक बस्दै आएका २८ बर्षिय अनिल परियार पोखरा ९ शान्तिवनस्थित सेती नदीको भिरबाट खसेर अड्किएका थिए । उनी अड्किएको खबर पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय कास्की र सि.आर.भी पृथ्वीचोकबाट खटिएको प्रहरी टोलीले उनको उद्धार गरेको कास्की प्रहरीका प्रवक्ता विरेन्द्रकुमार पासवानले जानकारी दिए । परियार बिहान करिब ६ बजेको समयमा त्यहाँ खसेको प्रहरीले जनाएको छ ।… पुरा पढौ

प्रधानमन्त्री शाह पोखरा हुँदै मुक्तिनाथ पुग्ने

प्रधानमन्त्री वालेन्द्र शाह पोखरा हुँदैं मुस्ताङ पुग्ने भएका छन् । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शन गर्न उनी त्यहाँ जान लागेका हुन् । काठमाडौँबाट आज बिहान आफ्नो सरकारी गाडीमार्फत पोखरा आउँदै गरेका प्रधानमन्त्री शाह पोखरा हुँदै मुस्ताङ जाने कार्यक्रम रहेको स्रोतले बताएको छ ।उनी सडक मार्गबटै मुस्ताङ जाने कार्यक्रम छ। तर यस बिषयमा भने सुरक्षा निकाय बेखबर रहेको जनाईएको छ ।कास्कीका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले प्रधानमन्त्रीको पोखरा भ्रमणबारे कुनै जानकारी नभएको बताए। उनी बास बस्नका लागि पोखरा नजिकै रहेको माछापुच्छ्रे गाउँपालिका… पुरा पढौ