सुनचाँदीको भाउ घट्यो
सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले घटेको छ । साताको छैटौं दन आज सुनको भाउ तोलामा १ लाख १० हजार ८ सय रुपैयाँ तोकेको छ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घलका अनुसार हिजो तोलामा १ लाख ११ हजार ६ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ५५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
पुरा पढौ
सुनको भाउ आज स्थिर, चाँदी घट्यो
सुनको भाउ आज स्थिर छ । साताको पाचौँ दिन सुन आज हिजो जस्तै तोलामा एक लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरि, आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेको छ । एक हप्तासम्म स्थिर रहेको चाँदीको भाउ आज १५ रुपैयाँले घटेर तोलामा एक हजार चार सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
पुरा पढौ
नेप्सेमा सामान्य अङ्कको गिरावट
शेयर बजारमा आज सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दुई दशमलव ४३ अङ्कले घटेर एक हजार आठ सय ४१ दशमलव ९३ अङ्कमा कायम भएको हो । आज दुई सय ६५ वटा कम्पनीको १९ लाख ४२ हजार छ सय २६ कित्ता शेयर रकम रू ५८ करोड ९१ लाखमा कारोबार भएको छ । विभिन्न समूहको उपसूचक हेर्दा आज निर्जीवन बीमा समूह ३० दशमलव ८३ अङ्क र उत्पादन तथा प्रशोधन समूह २६ दशमलव ०३ अङ्कले बढेको छ…
पुरा पढौ
शोधनान्तर स्थिति बचतमा, मूल्यवृद्धिले वाञ्छित सीमा नाघ्यो
चालु आर्थिक वर्षको चैतसम्ममा शोधनान्तर स्थिति रु एक ८० अर्ब १७ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस अवधिमा विदेशी विनिमय सञ्चिति रू १४ खर्ब ३३ अर्ब ७३ करोड र अमेरिकी डलरमा १० अर्ब ९४ करोड पुगेको छ । चालु आर्थिक वर्षको सुरुवाती नौ महिनाको आयातलाई आधार मान्दा हालको विदेशी विनिमय सञ्चितिले ११ महिनाको वस्तु आयात र नौ दशमलव ४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।…
पुरा पढौ
ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाइने : अर्थमन्त्री महत
अर्थमन्त्री डा प्रकाशशरण महतले वर्तमान आर्थिक अवस्था सुधारका लागि बैंकको ब्याजदर घटाएर अर्थतन्त्रलाई चलायमान बनाइने बताएका छन् । राष्ट्रियसभामा आर्थिक वर्ष २०८०÷८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (प्रस्ताव बाहेक) सम्बन्धी आजको छलफलमा सांसदले उठाउनु भएका जिज्ञासाको जवाफ दिँदै मन्त्री महतले सो कुरा बताएका हुन् । उनले विशेष परिवेशमा आगामी आर्थिक वर्षको बजेट आउन लागेको उल्लेख गर्दै अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सबै प्रयास गरिने प्रतिबद्धता व्यक्त गरे । सांसदहरुले महत्वपूर्ण सुझाव दिएको उल्लेख गर्दै मन्त्री महतले सांसदले उठाएका…
पुरा पढौ
सुनको भाउ बढ्यो, चाँदीको स्थिर
सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ । साताको दोस्रो दिन आज सुनको भाउ तोलामा १ लाख १० हजार ९ सय रुपैयाँ पुगेको छ । हिजो तोलाको १ लाख १० हजार ६ सय रुपैयाँ थियो । यसैगरि ,चाँदीको भाउ भने आज पनि स्थिर छ । गएको बिहीवारदेखि चाँदी तोलामा १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
पुरा पढौ
वित्त नीति कसिलो र मौद्रिक नीति खुकुलो बनाउन सुझाव
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट तयारीका लागि पूर्वअर्थमन्त्रीहरूसँग छलफल गरेका छन्। पूर्वअर्थमन्त्री डा प्रकाशचन्द्र लोहनी, ज्ञानेन्द्रबहादुर कार्की, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे र डा युवराज खतिवडासँग आगामी आर्थिक वर्षको बजेटबारे सुझाव लिएका हुन्। शुक्रबार भएको छलफलमा पूर्वअर्थमन्त्रीहरूले व्यावहारिक बजेट तयार गर्न, खर्च कटौतीमा निर्मम बन्न र अनावश्यक दायित्व थपिने गरी नयाँ आयोजना थप नगर्न सुझाव दिएका छन् । त्यस्तै अहिलेको अर्थतन्त्र सुधारका लागि वित्त नीति कसिलो र मौद्रिक नीति केही खुकुलो बनाउनुपर्ने सुझाव पूर्वअर्थमन्त्रीहरूले दिएका छन्…
पुरा पढौ