
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना पार्टीका सांसदहरुलार्य दशैं भत्ता फिर्ता गर्न निर्देशन दिएका छन् । विश्वब्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९)को कहर त्यसका कारण अर्थतन्त्र थलिएको बेला संसद सचिवालयले दशैं भत्ता भन्दै सांसदहरुको बैंक खातामा पठाएको पैसा फिर्ता गर्न देउवाले निर्देशन दिएका हुन् ।
विषम परिस्थितिमा दशैं भत्ता लिन नहुने निश्कर्षमा पुगेको कांग्रेसले सो रकम फिर्ता गर्ने निर्णयमा पुगेको हो । यद्वपी फिर्ता हुन्छ कि हुँदैन त्यो हेर्न बाँकी छ ।
पार्टीको निर्देशनलाई सांसदहरुले स्वीकार गर्ने बताइसकेका छन् । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले सभापतिको निर्देशन पार्टीको निर्णयजस्तै भएकाले कार्यान्वयन हुने बताए । ‘हाम्रो भावना अनुसारै सभापतिज्यूको निर्देशन आएको छ, यसलाई सबैले मान्नेमा हामी विश्वस्त छौं ।’–उनले भने ।
नेता खाँणले फर्ता गरेको दशैं भत्ताको रकम कोभिड नियन्त्रण र जनताको उपचारमा सरकारले खर्च गरोस् भन्ने नेपाली कांग्रेसको धारणा रहेको बताए ।
यसैबीच, कांग्रेसका पूर्व महामन्त्री तथा सभापतिका दाबेदार प्रकाशमान सिंहले सरकारजस्तै कांग्रेसलाईपनि बदनाम गराउन दशैं भत्ता सांसदहरुको खातामा हालिदिएको भन्दै आक्रोस पोखेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।